काठमाडौं । नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुलेटिनमा भनिएको छ,‘आज दिउँसो देशको पहाडी भू भागमा आशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ’राती देशको पहाडी भूभागमा आशिक बदली रही बाँकी भू भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।शनिबार पनि कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाँकी पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।











