धनगढीः कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो।धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्या गरेको अभियोगमा सेट्टी पक्राउ परेका थिए। चन्दका अनुसार बिहीवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुलेको छैन।











