युनिकोड    राशिफल    एफएम रेडियाे                        
372 पटक पढिएको


४०,१४५ नगद सहित गौमुल गाउँपालिका अध्यक्ष सहितका ८ जना जुवाडे प्रहरीकाे नियन्त्रणमा

बाजुराः गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकाया सहितका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिवार बेलुका जुवा खेलिरहेको अवस्थामा नगद र तास सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकाया, साेही  गाँउपालिका १ का वर्ष ४१ का गोपाल रोकाया, सोही गाँउपालिका ३ मासपालि बस्ने उद्योग बाणिज्य संघ बाजुराका वरिष्ठ उपाध्यक्ष वर्ष ४५ का चक्र रोकाया, वडा १ वर्ष ४१ का दिल बहादुर रोकाया, साँफेबगर नगरपालिलका वडा न. ३ घर भएका मार्तडीका व्यापरी वर्ष ४३ का नवराज कँवर, धनगढी उपमहानगरपालिका २ घर भई मार्तडीमा व्यापार गर्ने सुरज कुँवर, गौमुल ३ बेहरीका बल बहादुर रोकाया, सोही वडा न. ३ धलकाँडाका टेक धामी, गरी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुलाई हाट बजारमा रहेको सुरज बहादुर कुँवरको पसलबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनिहरुको साथबाट ४० हजार १ साय ४५ रुपैँया नगद सहित प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरीको भनाई छ ।
उनिहरुलाई बिहिबार राती साढे ८ बजे नियन्त्रणमा लिएको हो । अन्यका लागि तिहार सकिएपनि बाजुराका जुवाडेहरुका लागि भने अझै तिहार सकिएको छैन ।यता एक गोप्य श्रोतले दिएको जानकारी अनुसार गाँउपालिका अध्यक्षलाई प्रहरीले छोडेको तर अन्य ७ जना भने प्रहरीको नियन्ञणमै रहेको खेलेको छ । जुवा खेलिरहेको अवस्थामा नगद सहित संगै पक्राउ परेका गाँउपालिका अध्यक्षलाई छोड्ने र अरुलाई पक्राउ गरिराख्ने प्रहरीको यो नियतमाथि सर्वसाधरणले प्रहरीले नै कानुनको बर्खिलाप गरेको आरोप लगाइरहेका छन् । गाँउपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले सुमेत कानुनको ठाडो उल्लघन गरेको पुष्टी हुन्छ । उनी आफ्नो इज्जत जोगाउन संगैका साथिहरुलाई जिल्ला प्रहरी कार्यालयमै छोडेर आफु घर फर्किएका छन् । ढोटिले गु थाम्न सकिदैँन भन्ने कु्रालाई अध्यक्ष रोकायाको चरित्रार्थले प्रमाणित गरेको छ। तर प्रहरीले भने नियन्त्रणमा नै रहेको बताएको छ।

सूचना दिन प्रहरीको अटेरी, डीएसपी फोन उठाउदैनन्:

बिहिबार राती यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र सिंह बोहरालाई सोध्दा जुवाडेहरुको एक समुहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको प्रतिक्रिया दिएका छन् । नियन्त्रणमा रहेका कति जना हुन् ? को को हुन् भनेर सोध्दा कुनै प्रतिक्रिया नदिएर टेलीफोन सम्पर्कबाट बिच्छेद भएका छन् । जुवाडेहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइसेकेको स्वीकार गरेका उनले नाम भने खुलाउन चाहेनन् । त्यसपश्चात पटकपटकपटक फोन गर्दा उठेको छैन । यतिमात्र होईन उनले फोन समेत काट्ने गरेका छन् । यता प्रहरी निरीक्षकको सम्पर्क नम्बरमा पटकपटक फोन गर्दा पनि उक्त टेलिफोन पनि उठेको छैन । पटकपटक फोन गर्दा पनि कुराकानीमा नजोडिनुको पछाडी सूचना दिन नचाहेको उनीहरुको चरित्रार्थलाई प्रमाणित गर्दछ । जिल्ला प्रहरी कार्यालय बाजुराले राजनीति दलका नेताहरुको दबाबना परेको सूचना दिन अटेरी गर्दै आएको छ ।

यता प्रहरी निरिक्षक किशोर सिंह एरीले भने ८ जनालाई बिहिबार राती नियन्त्रणमा लिएको बताएका छन् । उनिहरुलाई जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा नगद र तास सहित नियन्त्रणमा लिएको बताएका छन् । आफु काम बिशेष कार्यालय बाहिर गएको बताउदैँ उनले कार्यालयमा सोध्न भन्दै सम्पर्क नम्बर दिए । तर उनले दिएको सम्पर्क नम्बरमा फोन गरेर सोध्दा जुवाडे पक्राउ गरेको कुरा स्विकार गरेपनि को को हुन् भन्ने प्रश्नको जवाफमा कुनै प्रतिक्रिया आएको छैन ।यसरी पटक पटक प्रहरी जुवाडेहरुको नाम लुकाउने खोजेको छ। पटक पटक सोध्दा पनि प्रहरीले नाम सावैजनिक गरेको छैन। पछि फोन गर्ने भन्दै तार्ने काम मात्रै गरेको छ। फेरी फोन गर्दा फोन नै नउठाउने कार्य पटकपटक दोर्होयाएको छ। प्रहरीले भित्रभित्रै मिलोमतो गरेर जुवाडेहरुलाई छोड्ने गरेको आरोप सर्वसाधरणको छ । अन्ततः जिल्ला प्रहरी कार्यालय बाजुराको ९८५८४९०६०० मा टेलिफोन गर्दा सूचना प्राप्त भएको छ सूचना दिन प्रहरीले समेत आफ्नो नाम खुलाउन चाहेनन् ।

के सजाय हुन्छ ?

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन। तर गाँउपालिकाका अध्यक्ष राेकायालाई भने बिना कारबाहीमा  छोडिएको बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!