बैतडी। बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जिपमा सावर दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ।दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरी घटनास्थल तिर गएको छ।











