बाजुरा : सदरमुकाम मार्तडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सदरमुकाम मार्तडीको तुफानडाँडाबाट लोकतान्त्रिक चोकतिर जाँदै गरेको म-२-प-७३१२ नम्बरको मोटरसाइकल त्रीवेणी साना लघु जलविद्युतको कार्यालय पछाडी आफै अनियन्त्रित भैई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह एरीले जानकारी दिनुभयो ।
मोटरसाइकलमा पछाडि सवार अर्का वर्ष १४ का सन्देश सिंह पनि घाइते भएका छन् । उनको निधारमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक एरीले बताउनुभयो । घाइते दुबै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ । मोटरसाइकल चालकले हेल्मेट लगाएको भएपनि दुघर्टना हुँदा टाउको बाट निस्किसकेकाले टाउकोमा नै बढी चोट लागेको बता्इएको छ। चालकलाई बढी चोट लागेकाले थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिसकेको जिल्ला अस्पताल बाजुराका चिकित्सकको भनाईलाई उदृद गर्दै प्रहरी निरीक्षक किशोर सिंह एरीले बताउनुभयो ।











