युनिकोड    राशिफल    एफएम रेडियाे                        
219 पटक पढिएको

बाजुरा।  बाजुराबाट चल्ने बस व्यवसायीहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बाजुरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर लगायतका ठाउँका लागि छुट्ने बसहरुले तिहारपछिको चापलाई ध्यानमा राखेर भाडा असुली गर्ने गरेको बसमा सवार यात्रुहरुले बताएका छन ।

१६ सय रुपैया भाडा तय गरिएको मार्तडी धनगढीसम्मको भाडा ४ सय रुपैया बढाएर लिने गरेको यात्रुहरुको भनाई रहेको छ । तोकिएको भाडाभन्दा ४ सय कसैलाई थाहै नदिई असुली गर्ने गरेको आरोप यात्रुहरुको रहेको छ । तोकिएको समयमा पनि बस नहिडाउँने र यात्रुको चापलाई देखाएर आफूखुसी भाडा असुल्ने गरेको आरोप बस ब्याबसायीहरु माथि लागेको छ । यात्रुहरुले भाडा ४ सय किन बढेको भनेर सोध्दा उल्टै जान मन छैन्, भन्दै थर्काउने काम समेत मार्तडी काउन्टरबाटै हुने गरेको आक्रोश यात्रुहरुको रहेको छ ।

एक जना यात्रुबाट ४ सय असुल्ने गरेपनि स्थानीय प्रहरी प्रशासन भने मौन रहेको छ । चाड पर्व लक्षित भाडा घटाउनुको साँटो उल्टै कसैलाई थाहै नदिई सम्बन्धी बस धनी र काउन्टरमा बस्नेहरुको मिलोमतोमा भाडा असुली धन्दा सुरु गरिएको आक्रोश यात्रुहरुको रहेको छ । मार्तडीबाट अत्तरिया माथि झर्नेहरुका लागि सिटै नदिने, दिएपनि चर्को भाडा लिने, अत्तरियासम्म गएपनि २ हजार भाडा असुल्ने गरेका छन् । बाजुराबाट सुदूरपश्चिम यातायात, पवनदुत, मालिका, खप्तड डिलक्स, महाकाली यातायात, बैजथान डिलक्स, भेरी, बडीमालिका यातायात सहीतका बससेवा सञ्चालनमा छन् ।

बाजुरा मार्तडीमा रहेको काउन्टर पनि सामुहीक भएकोले सबै समितिका बस र बस धनीलाई जानकारी गराएर काउन्टर समितिबाटै मनोमानी भाडा असुल्नेकाम भइरहेको छ । नजिकै रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेका छ । यात्रुहरुले बेला बेला गुनासो गर्दा समेत प्रहरी नसुनेझै गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!