धनगढीः कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट ३ सय १० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।
लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय साजित चौधरी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।











