गाेबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्लाको बडिमालिका नगरपालिका वडा. नम्बर ७ ढम्कनेमा रहेको सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल कालाजग्रा घुम्न आउने बाह्य पर्यटक लाई बोका उपहार दिईने भएको छ ।बडिमालिका नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार जिल्ला बाहिर बाट आउने २० भन्दा बढि समुहगत पर्यटक लाई स्वागत गर्नको निमित्त बोका उपहार स्वरुप प्रदान गरिने नगर प्रबक्ता तथा बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाअध्य धर्मराज पाध्यायले आफ्नो सामाजिक सञ्जाल मार्फत सबैमा जानकारी गराएका छन् । पर्यटकिय स्थल कालाजग्रा घुम्न आउने बाह्य पर्यटक लाई बोका उपहार दिईने निणय नगरपालिकाले यो भन्दा अगाडि नै गरिसकेको भएता पनि अन्यौल थियो भने अबका दिनबाट उक्त पर्यटकिय स्थलमा घुम्न आउने जो कोहि बाह्य पर्यटकिय लाई बोका उपहार दिईने भएको छ ।
बाजुरा जिल्लाकै रमणिय तथा रमाइलो दृश्य हेर्न लायक कालाजग्रा समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाइमा रहेका एक धार्मिक तथा पर्यटकिय स्थल हो । यहाँबाट विभिन्न ठाउँमा रमाइला रमाइला दृश्यहरुको अवलोकन गर्न सकिन्छ त्यतिमात्र नभई बुढिनन्दा,अपि शैपाल,बडिमालिका मन्दिरको राम्रो दृश्याअवलोकन गर्न सकिन्छ । सदरमुकाम मार्तडीबाट करिब ७,८घन्टाको पैदल यात्रापछि त्यहाँ पुग्न सकिन्छ, भने गाडिको यात्रामा जाने हो भने करिब ४ घन्टाको यात्रा पछि उक्त ठाउमा पुग्न सकिन्छ । जिल्लाकै सबैभन्दा बढि आलु उत्पादन हुने क्षेत्र ढम्कने गाउँ हुदै लामो उकालो चढ्दै त्यहाँ पुग्न सकिन्छ । दई पहाडको सिमानाको टुप्पोमा अबस्थित उक्त पर्यटकिय स्थलमा घुम्न जाने जिल्लाभित्रकै पर्यटक को घुईचो लाग्ने गर्दछ । प्रायस् अहिलेसम्म अन्य बाहिर जिल्लाबाट भने खासै पर्यटक घुम्न आएको पाईदैन नगरपालिकाको यस्तो निणयले गर्दा अबका दिनमा भने बाह्य पर्यटक को पनि आगमन हुने देखिन्छ । कालागज्रा भौगोलिक हिसाबले निकै धनि रहेको छ , यहाँ विभिन्न प्रकारका जिवजन्तु,बाघ,हरिण,बँदेल,जङ्गलि कुकर, मलसाप्रो ,कालिज,घोरल,झारल,थार लगायतका धेरै भन्दा धेरै जिवजन्तुहरु पाईने गर्छन । त्यस्तै कटुस,भुईचम्मा,तितो,चिमालि,चुथ्रो ,सुगन्ध मगमगाउने फुल लगायत अन्य थुप्रै जडिबुटि पनि पाईन्छन् ।
कालाजग्रालाई देविको रुपमा पनि लिने गरिन्छ । यहाँ घुम्न जाने जतिपनि पर्यटक हुन्छन ती सबै देविको वर माग्नको निमित्त त्यहाँ जाने गर्दछन । यहाँको दर्शन गरे पाप सबै नास हुने,घरपरिवारमा सुख शान्ति मिल्ने,मनले सोचेको सबै पूरा हुने धार्मिक बिश्वास रहेको छ । परापुर्ब कालमा कुनै दुई जना भैंसी गोठाला उक्त ठाउमा भैंसी लगेर गोठालो गरेर त्यहि बसेका छन । ती गोठालाहरु एकआपसमा खुबै मिलनशार र मिहेनति रहेछन्। राति सुतेको बेला दुबै जनाले सपनामा सुनको हरिण देखेछन् । सुनको हरिण देख्दा ती दुबै जना गोठालाई सुनको लोभ चढेछ । सिरानिको माथि राखेर बन्दुक समातेर उक्त सुनै सुनले पोतिएको हरिणलाई मार्नको लागि हरिणको पछाडि दौडिएछन्। लामो दौडाई पछाडि ती गोठालाहरुले बन्दुकको कल तानेर उक्त हरिणको पेटमा हानेछन् र हरिणलाई त्यहि मारेछन् । केही समयपश्चात मरेको हरिण बाट भगवान प्रकट भएछन्। । भनेछन् म कुनै शुनको हरिण नभएर कालिका देवि थिए । तिमिहरुको चरित्र बुझ्नको लागि मैले सुनको हरिणको भेष बदलेर तिमिहरु सामु गए तिमिहरुले मलाई लखट्दै यहाँ लिएर आयौ र मलाई गोलि हान्यौ तर पनि म मरिन किनकि म कालिका देवि थिए । कालिका देविलाई कोहिले मार्न सक्दैन तिमिहरुले नि सकेनौ अब म तिमिहरुलाई स्राब दिन्छु भनेर कालिका देविले भनिछन् र तथास्तु गर्दै ूकालिका देवि कालाजग्रा कि जयू भनेर आवाज फुकाउदै पहाभित्र बिलिन भईछन् । ती गोठालाहरुलाई पनि उक्त शब्द भन भन्दै देवि हराउनु भएछ । ती गोठालाहरुले उक्त शब्द वाचन गर्दै पुनस् बस्ने वास तिर आएछन् र ढुङ्गामा उक्त शब्द कोरेछन र सुतेछन भोलि बिहान गाउका सबै मानिस जादा गोठालाहरु मृत भटिएका र ढुङ्गामा लेखिएको उक्त शब्द स्पस्ट देखेछन् र सोचेछन अब यस ठाउको नाम कालाजग्रा रहेछ कालिका देविले यो वरदान दिएर गईछन भनेर गाउलेले सोचेछन् त्यहि दिनबाट अहिले सम्म उक्त ठाउँ कालाजग्रा नामले प्रशिद्द रहेको छ ।
कालाजग्रा देविको रुपमा स्थापित यस ठाउँमा विभिन्न बिशेषताहरु भेटाउन सकिन्छ । सुन्दर प्राकृतिक, स्वच्छ हावा,यहाँका भौगोलिक बिषेषताहरु रहेका छन ।टाढाबाट हेर्दा कुहिरोको घुम्टोमा नौरङ्गे साडिमा उनिएकि अप्सरा जस्तै देखिन्छ कालाजग्रा , यहाँ घुम्न जाने कतिपय पर्यटकले “ पहाडभित्र भित्र लुकेको अर्को रमाइलो ठाउँ” भन्ने गर्छन कतिपयले “साईबेरियाको प्राकृतिक सन्दरता” भन्ने गर्छन ।साच्चै कालाजग्रा स्वग जस्तै छ । त्यहाँ गईसके पश्चात् तलतिर झर्ने मन नि लाग्दैन किनकि त्यहाँको सुन्दरताले मन त्यहि तानिरहेको हुन्छ खुट्टामा चुम्बक टासिंएको जस्तो अनुभूति हुने गर्दछ ।उकालो बाटो शिरसिरे हावा संग रमाइलो गर्दै कहालिदा भिरपाखामा ठोक्किदै त्यहाँ पुग्न सकिन्छ । राष्ट्रको नजर नपर्नाले उक्त ठाउँ उचित रुपमा ब्यबस्थित हुन सकिरहेको छैन । बडिमालिका नगरपालिका वडा। नम्बर ७ को पहल तथा समन्वय बाट अलि अलि बिकाशका काम भएतापनि अन्य कुनै बिकाश हुन सकिरहेको छैन् । यदि सरकारको ध्यान जाने हो भने यस ठाउलाई बिकशित गर्दै सबै पर्यटकको आगमन हुने ठाउँ बनाउन सकिने बिश्वास लिन सकिन्छ ।
बडिमालिका नगरपालिका वडा. नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्ययका अनुसार कालाजग्रा लाई भित्रि भन्दा नि बाह्य पर्यटकको धेरै आगमन हुने पर्यटकिय क्षेत्र बनाउन लक्ष्य रहेको उहाँ बताउछन् । जसको लागि आफू सधै लागि परेको बताएका छन्।उक्त क्षेत्रमा रहेको गुफाताललाई पनि पर्बधन गरिने बताएका छन।कालाजग्रामा रहेको अर्को चमत्कारी गुफातालको पनि पर्यटन पर्बद्धन गरीने बताएका छन । यो बर्ष बाट घुम्न आउने पर्यटकलाई बोका उपहार दियो भने अन्य बाह्य पर्यटकको पनि बढि आगमन हुने उहाँ बताउनु हुन्छ ।त्यहाको यात्रा तथा बास बस्नको लागि त्यहि ठाउँ ठाउँमा खर्क स्टे बनाउने पनि उहाँ बताउनुहुन्छ । कालाजग्रालाइ बडिमालिका ७ को मात्रै नभई सिङ्गो बाजुराको पहिचान बनाउन लागि परेको बताएका छन्। उक्त पर्यटकिय स्थल बिकट क्षेत्रमा भएकोले भनेजस्तो बिकाश गर्न नसकिएको बताउदै अबका दिनहरुमा उक्त क्षेत्रको बिकाशका लागि हरपल लागि पर्ने र कालाजग्रालाइ सुन्दर रमणिय तथा धेरै भन्दा धेरै पर्यटकको आगमन हुने क्षेत्र बनाउने उहाँले बताएका छन् । यसैको बिकाश तथा बढि पर्यटकको आगमन गर्नको निमित्त नगरपालिका तथा वडाको समन्वय पहलमा बोका उपहारू प्रदान गरिने कार्यक्रम अगाडि बढाईएको बताएका छन् ।
“ अद्वितिय प्राकृतिक सौन्दयता संग साक्षात्कार गरौ,कालाजग्रा देविको दर्शन गरौ र बोका उपहार लिऔ ” भन्ने उदेश्यलाई आत्मसाथ गर्दै यो नीति तथा कार्यक्रम अगाडि बढाईएको अध्यक्ष पाध्यायले बताएका छन ।यो नीति तथा कार्यक्रम ले उक्त ठाउमा सबैको परिभ्र मण रहने पनि पाध्याले बताएका छन् । यदि जिल्ला बाहिरबाट आउने जो कोहि पर्यटकले पनि बोका उपहार पाउने उहाँले बताएका छन् । बोका उपहारले उक्त क्षेत्रको बढि भन्दा बढि अवलोकन हुने बिश्वास लगेको उहाले बताएका छन् । घुम्न आउने बाह्य पर्यटक ले घुम्न आउनु भन्दा अघिल्लै दिन जानकारि गराउन पनि उहाँले आग्रह गर्नु भयको छ । जसका लागि निम्न नम्बरहरु ९८६०१४०६२६, ९८४३६०८७११ र ९८६८७०१४७२ मा सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नु भयको छ ।