बाजुरा: नेकपा एमाले जिल्ला कमिटी बाजुराले बिधान बिपरित निर्णय गरेको पाइएको छ । यहिँ मंसिर १८ गते बसेको नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरेको थियो।
पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि पहिलो पटक जिल्ला कमिटीको बैठक बसेको हो ।पार्टी अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा दुबै जना प्रदेश कमिटीमा निर्वाचित भएपछि सचिव भरत थापालाई कार्यबाहक दिने कार्यकर्ताको अनुमान गरिएको थियो । तर त्यो विषयमा कुनै छलफल र निर्णय नै नगरि अधिवेशनको मिति तय गरेर बैठक सकिएको हो ।
दशक लामो जिल्ला कमिटीको नेतृत्व लिएका शाहीले प्रदेश उपाध्यक्ष भएपनि जिल्ला अधिवेशन आफैले गरेर नेतृत्व हस्तान्त्रण गर्ने चाहना राखेको देखिन्छ । तर नेकपा एमालेको बिधान अनुसार शाहीको पद अहिले रिक्त छ । उनको मात्रै हाेइन जिल्ला कमिटीमा पनि पधातिकारी रहेकाहरु प्रदेश कार्य समितिमा निर्वाचित भएपछि उनिहरु सवैको पद बिधान अनुसार रिक्त मानिन्छ । शाही उपाध्यक्ष, कार्यबाहक अध्यक्ष, नेकपा कालिनको अध्यक्ष हुदै सातौ जिल्ला अधिवेशनबाट पुनः सर्वसम्मत अध्यक्ष बनेका थिए ।
माथिल्लो कमिटीमा निर्वाचित भएपछि मातहतको कमिटी छोड्नु पर्ने प्रावधान भएपनि संक्रमणकालिन अवस्था भएकोले २ महिनाका लागि कार्यबाहक नतोकी पुरानै कमिटीले अधिवेशन गर्ने बैठकले निर्णय गरेको बताइएको छ । तर बिधान अनुसार उक्त बैठकले कार्यवहाक अध्यक्ष टाेक्नु पर्ने हाे । बैठकले अन्य थुप्रै निर्णय गरेको भएपनि उक्त बैठकले गरेको नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाही सुदूरपश्चिम् प्रदेश कमिटीको प्रथम अधिबेशनबाट प्रदेश उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भए । उसो त उनी जगन्नाथ गाउँपालिकाको अध्यक्ष पनि छन् ।
नेकपा एमालेको बिधान २०४९ (प्रथम बिधान महाधिवेशन २०७८ को संसोधन सहित )को बिधानको धारा ६७ को पदरिक्तता सम्बन्धि वयवस्था अनुसार उपधारा ४ मा कुनै पनि कमिटीको पधतिकारी वा सदस्य कुनै अर्को कमिटीको पधातीकारी वा सदस्यमा उम्मेदवार भएमा कुनै पनि पधातिकारी वा सदस्यको पद रिक्त मानिनेछ भनिएको छ । बिहान अनुसार जिल्ला कमिटी बाजुराको अध्यक्ष र उपाध्यक्ष पद अहिले पनि रिक्त छ ।
यस्तै नेकपा एमालेको बिधान २०४९ अनुसार पदपूर्ति गर्ने सम्बन्धि व्यवस्था अनुसा धरा ६८ को उपधारा २ मा अध्यक्ष पद रिक्त भएमा सम्बन्धित कमिटीको बैठक बसी कार्यबाहक अध्यक्ष चयन नहुँदा सम्म कमिटीको वरिष्ठ उपाध्यक्ष/उपाध्यक्षले कार्यबाहक अध्यक्ष भैई काम गर्नेछ भन्ने कुरा उल्लेख गरिएको भएपनि नेकपा एमाले जिल्ला कमिटी बाजुरा भने पद पुर्ती गर्न सकेको छैन ।
एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिबेशन गत असुोज २१ गतेबाट सुरु भई सर्वसम्मत नेतृत्व चयन गरिएको थियो। प्रदेश अभिवेशन सकिएको झण्डै दुइृ महिना समय बित्नै लागेको छ।
कसैलाई कार्यवाहक अध्यक्ष समेत अहिलेसम्म टोकिएको छैन । बिहान अनुसार कुनै कमीटीको अध्यक्ष अर्को कमिटीको पधातीकारीमा चयन भएमा स्वतह अगाडीको पद रिक्त हुने र सम्बन्धितत व्यक्तिले उक्त पद छोड्नुपर्ने वयवस्था छ ।
तर बहालवाला अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष भरत बहादुर बुढाले पदबाट राजीनामा अहिले सम्म दिएका छैनन् । पदबाट राजिनामा दिन नसकेका उनीहरु दुबै जनाले कार्यवाहक समेत नदिएको एक एमाले निकट श्रोतले दाबी गरेको छ । बिहान अनुसार स्वतह पद रिक्त हुने भएपनि उनीहरुले कार्यवाहक दिन नचाहेको र पद पनि नछोडेको आरोप सहित एक एमाले नेताले पदबाट राजिनामा नदिनुको कारण बारे भने स्वयम् व्यक्तिलाई नै सोध्न भनेका छन् ।
बिधान अनुसार अध्यक्ष शाहीले जिल्ला कमिटीको अध्यक्षबाट राजिनामा स्वतह गर्नुपर्ने हो तर उल्टै उनकै अध्यक्षतामा बसेको बैठकले उनी नै आठौं जिल्ला अधिवेशन सम्म अध्यक्ष रहने भन्ने बिधान बिपरित बलजबत निर्णय गरेको एक श्रोतले बताएको छ ।जगन्नाथ गाउँपालिकाका अध्यक्ष, नेकपा एमाले सुदूरपश्चिम प्रदेश उपाध्यक्ष समेत रहेका नेता काली बहादुर शाही अहिले नेकपा एमालेको बिधान बिपरित एमाले जिल्ला कमिटीको अध्यक्ष छन् । अध्यक्ष र उपाध्यक्ष दुबै जनाले पार्टी बिधानको ठाडो उल्लंघन गरेका छन् ।
हाल प्रदेश कमिटी उपाध्यक्ष बनिसकेका शाहीले बिधानको उल्लंघन मात्रै गरेका छैनन् पार्टी बिधानलाई नै चुनौती दिदै प्रदेश कमिटी उपाअध्यक्ष, जिल्ला कमिटी अध्यक्ष गरी तीनपद समालिरहेका छन् । उसो त पार्टीको बिधान एकातिर छ उनी आफैले नैतिकताका आधारमा हाललाई आफ्नो जिम्मेवारी सुम्पिनुपर्ने । तर शाहीले भने उल्टै पुनः आफ्नै अध्यक्षतामा बैठक बसाई अधिवेशन नहुन्जेल सम्मका लागि अध्यक्ष पद नछाड्ने निर्णय गर्न भ्याएका छन् । यसले शाहीको नैतिकता माथी नै प्रश्न चिन्ह खडा गरेको छ। यतिमात्र होईन शाहीको यो प्रवृत्तिले उनी पदका लागि नतिकता पनि बिर्सन तयार छन् भन्ने कुरालाई चरितार्थ गर्दछ ।
जिल्ला कमिटी अध्यक्ष मात्रै नभैई दुई कार्यकाल जनप्रतिनिधि समेत बनेका उनी आफै पार्टीको बिधान बिपरित चलेका छन् । नेकपा एमालेको बिधान अनुसार अहिले जिल्ला कमिटी बाजुरा अध्यक्ष र उपाध्यक्षको पद रिक्त छ । तर बिधान बिपरित निर्णय गरेर पुरानो जिल्ला कमिटीले नै निरन्तर पाएको छ । नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशन
पार्टी भित्र ठुलाबडाले जे गरेपनि हुन्छ भन्ने कुरालाई उनको चरिर्ताथले प्रमाणित गरेको छ ।
उसो त शाही नेकपा एमाले भित्रको बलियो नेताका रुपमा चिनिन्छन् । उनी बलियो भएकै कारण पार्टी भित्र उनी आफू भए सम्म अरुलाई स्थान नदिने, र आफूलाई नै अरुभन्दा अब्बल सावित गर्न जहिले दौडधुप गरिरहेका हुन्छन् । उसो त नेकपा एमाले पार्टी भित्र केही व्यक्तिको व्यक्तिबादी प्रवृति हाबी हुँदै गएको भन्दै पार्टी भित्रकै नेता कार्यकर्ताहरुले टिकाटिप्पणी गर्ने गर्छन् । पार्टी भित्र थुप्रै असन्तुष्ट पक्ष भएपनि निर्वाचनमा भने नेकपा एमाले जहिले एक ढिक्का भएर अगाडि बढ्ने गरेको छ ।
जसको फलस्वरूप नेपाली कांग्रेसको कडा प्रतिस्पर्धी एमाले बाजुरा बन्न पुग्छ । एकता नै बल हो भन्ने झै यस अघि भएका निर्वाचनमा जित समेत एमालेले निकालेको छ । यता प्रदेश उपाहअध्यक्षन काली बहादुर शाहीलाई बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेको छैन । अधिवेशन सम्मका लागि अध्यक्ष रहने र आफैले अर्को नेतृत्व चयन गरेर मात्रै जिम्मेवा्री सुम्पिने भन्ने उनको मनसायमा पार्टीका सवै नेताहरुको सहमतिमा बैठकले निर्णय गरेको भनिएपनि पार्टी भित्रैकै केही व्यक्तिले बिधान अनुसार उनले पद छोड्नुपर्ने राय दिएका छन् ।
उनी दुई पटक स्थानीय तहको जनप्रतिनिधि समेत भैसकेका छन् ।दशक बढी समय सम्म उनी एकैले पार्टीको नेतृत्व गरेका छन्। केन्द्रमा केपी ओलि बाहेक अरुले प्रतिस्पर्धामा उत्रिएपनि अध्यक्ष ओली नै अध्यक्ष जसरी बनेका छन्,त्यहिँ बाजुरामा पनि छ । फरक यत्तिमात्र हाे केन्द्रिय अध्यक्ष ओली चुनाबबाट पाि निर्वाचित भएका छन् भने बाजुरा जिल्ला कमिटीका अध्यक्ष कालि बहादुर शाही भने सर्वसम्मतको नाममा उपल्लो तहको नेतृत्वका पहँचमा हुने गरेका आरोप छ । जसको उदाहरणका रुपमा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिवेशनलाई लिन सकिन्छ ।
नेकपा एमालेको नेकपा एमाले बाजुरा भित्र दर्जनौं प्रभावसाली युवा नेताहरु भएपनी उनी पार्टीको उपल्लो निकायका व्यक्तिको आडमा दोश्रो पटक जिल्ला कमिटी अध्यक्ष र जगन्नाथ गाउँपालिकाको अध्यक्ष पनि बने । उसो त नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिबेशनमा उनलाई सर्वसम्मत अध्यक्ष बनाएको भनिएपनी नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीले असन्तुष्टि जनाएको थियो । खप्तड छेडेदह गाउँ कमिटीले पटक–पटक सिङ्गो एमाले गाउँ कमिटीलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने गरेको आरोप सहित जिल्ला कमिटीमा नबस्ने गरि बाहिरिएको समेत थियो ।
सातौं जिल्ला अधिबेशनबाट एमाले बाजुराको नेतृत्व सर्वसम्मत चयन गरिएको भनिएपनी सर्वसम्मतको नाममा जवरजस्त नेतृत्व चयन गरेको आरोप सहित सिङ्गो गाउँ कमिटी बाहिरिएको थियो ।उसो त सातौं जिल्ला अधिबेशनमा अध्यक्षका उम्मेदवार संगै प्रतिस्पर्धामा उत्रिएका अर्का उम्मेदवार नेता लाल बहादुर ओलीलाई मनोनयन नै दर्ता दिइएन । सहमति नजुटेपछी निर्वाचन प्रक्रिया सुरु भैई मनोनयन दर्ता गराउन्छु भन्दा पिन व्यवास्ता गरी केन्द्रिय नेताहरुको हस्तक्षेप भैई मनोनयन समेत दर्ता गर्न नपाएरै जवरजस्त नेतृत्व चयन गरिएको भन्दै सिङ्गो गाउँ कमिटी असन्तुष्ट भएको थियो । तर केही समय पछि पुनः जिल्ला कमिटीमा नेकपा एमाले बाजुरा समाहित भएको थियो । कुन सहमति गरेर पुःन जिल्ला कमिटीमा समाहित भएको थियो भन्ने कुरा भने अहिले सम्म नेकपा एमाले जिल्लान कमिटीले पनि बताएको छैन ।