धनकुटा–एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। प्रहरीले हातपात गर्नेलाई तत्कालै नियन्त्रणमा लिएको छ।
स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ । ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ।
भिडियोमा उनीमाथि फूलमाला पहिर्याइदिन लाइनमा बसेका ब्यक्तिले एक्कासी मुक्का हानेको देख्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका ओलीमाथि हातपात भएको हो ।











