काठमाडौँ: उच्च अदालत पाटनमा भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो। पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ । आजै आदेश आउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।