युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
502 पटक पढिएको

बल बहादुर बाेहरा,बाजुराः  जिल्ला सदरमुकाम मार्तडी आसपासको सडक फोहरको थुप्रोले भरिएको छ । सडकको चारैतिर फोहरको थुप्रोले गर्दा सदरमुकाम आसपास लगायतका ठाउँहरुको वातावरण बिग्रदै गएको पाईएको छ । सडकको बिचमै जथाभावि ,फोहर फ्याक्नाले सडकको वातावरण प्रदुषित हुनुका साथ रोगहरु फैलने बढि सम्भावना रहेको छ । बाहिरबाट आउने मानिसहरुलाई अन्य चिजहरुले स्वागत गर्नु भन्दा पहिला सडकमै फालेको फोहरले स्वागत गर्ने गरेको छ । सडकमा हिड्ने मानिसहरु पनि नाक च्यापेर हिडिरहेका हुन्छन्, फोहरको उचित ब्यबस्थापन हुन नसक्दा दैनिक महामारी रोगहरु रुघाखोकि,आँउ ,टाईफाईड,ज्वरो,बच्चाहरुमा निमोनिया जस्ता रोगहरु फैलिरहेका छन । फोहरको दुर्गन्धले गर्दा वातावरण पनि प्रतिकुल बन्दै गएको सदरमुकामबाट उत्पादित भएका कुहिने तथा नकुहिने फोहरहरु नगरपालिका फोहर संकलन गर्ने गाडिले फोहर जम्मा गरेर लगेको भएतापनि उचित किसिमको डम्पिङ साईड नहुदा फोहर रोडमै फाल्नुपर्ने बाध्यता रहेको छ । सडकको चारैतिर फोहरको थुप्रो जम्मा भएको भएता पनि यता स्थानिय सरकार भने बेखबर रहेको छ । स्थानिय सरकारले उचित ध्यान दिएको भयो सायद यसरी सडकको बिचमै फोहर नहुन्थ्यो होला तर स्थानिय सरकारले पनि ध्यान नदिदा फोहर जथाभावि फालिएको देखिन्छ ।

नगर सरकारले उचित डम्पिङ साईडको ब्यबस्थापन गर्ने भनेको भएतापनि अहिलेसम्म उचित किसिमको डम्पिङ साईड बनाउन नसक्दा फोहरको उचित ब्यबस्थापन हुन सकिरहेको छैन । नगरले बेला बेला फोहरको ब्यबस्थापन गर्ने कुरा ल्याउछ तर कार्यान्वयन गर्न भने सकिरहेको छैन । ूसमृद्ध नगर सुखि नगरबासिू नगरको नारा भएतापनि उक्त नाराले देखे अनुसारको काम गरिएको देखिदैन ,फोहरको ब्यबस्थापन पनि गर्न नसक्ने स्थानिय सरकारले अरु के( को बिकाश गर्न सक्छ भनेर स्थानियले आरोप समेत लगाएका छन् ।बेला बेला नगरले फोहरको ब्यबस्थापन गर्ने भन्छ,तर सकेको छैन, सडकको फोहरले नगरको वातावरण दुर्गन्धित बन्दै गएको छ । फोहरका कारण हरेक महामारि रोगहरु समेत फैलिनुका साथै बृद्धबृदा,बालबालिकाहरुमा गम्भीर असर पर्ने देखिएको नगरबासिहरुले बताएका छन। जिल्लाकै मुटु सदरमुकामको सडकको फोहरको यो अबस्था देख्दा नगर तथा स्थानिय सरकारले कुनै चासो नदेखाएको पाईन्छ,जिम्मेवार पालिका भएर पनि सानो तिनो फोहरको ब्यबस्थापन गर्न नसक्दा नगर सरकारले पनि नगरबासिहरुको अगाडि मुख देखाउन पनि समस्या परेको देखिन्छ ।

हरेक समयमा बजारभरिको फोहर संकलन गरेर नगरको टिप्परले बजारभरिको फोहर संकलन गरेर लगेको भएतापनि संकलन गरेको फोहर बिच सडकमै फालिएको देखिन्छ । सडकको चारैतिर फोहरको थुप्रोले गर्दा सडकमा दैनिक आवतजावत तथा गाडिहरुको सञ्चालन,अहोरदोहोर गर्नमा पनि समस्या भएको गाडि चालकहरुले बताएका छन । बिच सडकमै फालिएको फोहरको डंगुरले सडकको अबस्था नराम्रो देखिनुका साथै कतिपय सडकमा हिड्ने बाह्य जिल्लाका ब्यक्तिहरुले फोहरहरुको सडक भनेर हिड्ने गरेको पाईन्छ । दैनिक बजारबाट उत्पादित फोहरहरुलाई बिषेष ठाँउमा ब्यबस्थापन गरेर गाड्ने,पोल्ने काम गर्नुको साटो खुल्ला सडककमा फोहरहरुको बिर्षजन गरेको पाइन्छ, यस्तो प्रकारको कार्यले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने सम्भावना निकै रहेको पाइन्छ । अनियन्त्रित फोहरहरु जभाभावी फाल्नाले फोहरहरुबाट बिभिन्न प्रकारका रोगहरुको उत्पन्न भई वातावरण बिग्रनुका साथ साथै मानव स्वास्थ्यमा पनि असर पर्ने देखिन्छ यसले पछि गम्भिर महामारीको रुप समेत लिन सक्ने भएको भएतापनि उक्त फोहरहरुको ब्यबस्थापनमा कसैले चाँसो दिएको पाइदैन । यता नगर सरकारका अनुसार सदरमुकाममा उत्पादित जतिपनि कुहिने तथा नकुहिने फोहरहरु टिप्परले संकलन गरेर उचित ब्यबस्थापनको लागी सदरमुकाम भन्दा टाढा लगेर उचित ठाँउमा बिर्शजन गर्ने गरेको तर कतिपय सडकहरुमा फोहर थुप्रिनुको कारण वातावरणमा चल्ने हावा,मानिसको लापरबाहि,माथि बिर्शजन गरेको फोहर पल्टिएर तल सडककमा खस्नु प्रमुख कारण रहेको जनाएको छ ।सदरमुकाम भन्दा टाढाको सडकमा अलिकता फोहरहरु देखिएको भएतापनि सदरमुकाम भित्र भने त्यस्तो कुर्नै पनि अबस्था नरहेको जनाएको छ । बजारभित्र ठाँउठाँउमा फोहर संकलनको लागी फोहर मलाई राखेर बजारमा उत्पादित फोहर त्यसमा हाल्ने र फोहरकोृ मात्रा बढेपश्चात बजारभरी संकलन भएको फोहर जम्मा गरी बिर्शजनको लागी टाढा लगेर गाड्ने,काम भईरहेको नगरले जनाएको छ ।

पालिकाले दिएको थप जानकारी अनुसार कसैले देखेको भरमा,कसैले भनेको भरमा,कसैले पनि सहि नमान्न समेत आग्रह गरेको छ । उत्पादित फोहरहरुलाई कुहिने,नकुहिने गरी दुई भागमा बिभाजन गरी कुहिने फोहरुमैला लाई एकठाँउमा र नकुहिने फोहरमैलालाई एक ठाँउमा राखेर उचित ठाँउमा लगेर ब्यबस्थापन गरीएको पालिकाले जनाएको छ । कतिपय सडकहरुमा हावाको बेजोड गतिले गर्दा उडेर आएर सडमा चारैतिर परेको हुनसक्ने जनाएको छ । जानी जानी कोहि कसैले पनि सडकहरुमा फोहरहरुको बिर्शजन नगरी वातावरण प्रतिकुल भएर चलेको हावाहुरीले उडाएर सडककमा फोहर पुर्याएको र सडकको अबस्था नराम्रो बनेको बताइएको छ । यसको लागी पनि थप प्रक्रिया अगाडी बढाएर पुर्ण रुपमा फोहरहरुको उतिच ब्यबस्थापन गरीने बताइएको छ । बजारमा उत्पादित भएको फोहरमैला लाई उचित ब्यबस्थापनको डम्पिङ साइडमा बिर्शजन गरीने पनि बताइएको छ । नगरबासीहरुले तत्काल उक्त फोहरहरुको उचित ब्यबस्थापन गर्न समेत माग गरेका छन । सडकको बिचमा थुप्रिएको फोहरुले गर्दा दैनिक बाह्य जिल्ला धनगढी,अछाम,काठमाण्डौ,नेपालगंज,बर्दिया,बझाङ लगायतका ठाँउहरुबाट आउने मालबाहक सवारी साधनहरुको लागी आवतजावतमा निकै समस्या भएको र तत्काल यो समस्या समाधान गर्न नगरले सडकको फोहरको ब्यबस्थापन गरी सधैको लागी उचित फोहरमैला हरुको ब्यबस्थापन गर्न छिटो काम थाल्नु पर्ने बताइएको छ । जस्तो नगरको नारा रहेको छ,त्यस्तै नगरलाई पनि सफा,सुग्घर,तथा हरेक प्रक्रियाबाट नगरलाई बिकाशको गतीमा अगाडी बढाउन नगरले समयमै ध्यान दिनु पर्ने नगरबासीहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!