बल बहादुर बाेहरा बाजुरा: बाजुरा बुढीनन्दा नगरपालिकाको २ मा भौतिक पुर्वाधार तथा यातायात सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना खुलालु सल्लीसल्ला सडक योजनाको कोल्टीमा कार्यालयको उघाटन गरिएको छ । नेपाल सरकार पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहितको टोली बाजुराको कोल्टीमा पुगेर उत्तर दक्षिर्ण सडक बिभागको कोल्टीमा रहेको कार्यालको उद्घाटन भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब केशव कुमार शर्माको अध्यक्षता संचालन भएको कार्यक्रमको प्रमुख अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहुनु भएको थियो संधिय सांसद माननीय श्री छिरिङ डगोल लामा बिशिष्ट अतिथी कार्णली प्रदेशका सांसद तथा पुर्व मुख्य मन्त्री जीवन बहादुर शाही सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल विकास निर्माण निर्देशनालका निर्देशक प्राविधिक सहायक रथि बिकास पोखरेल उत्तर दक्षिण आयोजनाका निर्देशक प्रेम प्रकाश खत्री क्षेत्रिय निर्देशक सह सचिब श्याम बहादुर खड्का हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया बुढीनन्दा नगरपालिकाका कार्यबहाक नगर प्रमुख नन्द बहादुर रोकाया र जिल्ला प्रशासन कार्यालयका प्रमुख भिमकान्त पौडेल लगाएतका सहभागिता रहेको थियो ।
स्वगत मन्तव्य हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले राखेका थिए भने बाजुरा हुदै हुम्ला जोड्ने खुलालु सल्लीसल्ला सडक योजना र सदमुकाम देखि कोल्टी सम्मको सडक पनि छिटो भन्दा छिटो कालोपत्र पुलको पनि पहल गरिदिन हुन समेत आग्रह गर्नु भएको हो ।