युनिकोड    राशिफल    एफएम रेडियाे                        
562 पटक पढिएको

            ” जिवनमा घटेकाे अधुराे प्रेम”

गाेबिन्द राज तिमिल्सेना,बाजुरा/  जिन्दगिकाे पहिलाे खुड्किलामा कसैलाई मन पराएर मुटुमा राखिन्छ,जसलाई आफ्नाे ज्यान सम्झिन्छ,जिन्दगिका सारा खुसि ल्याएर दिन तैयारि भईन्छ त्याे प्रेम हो । त्यहि प्रेम जिवनकाे कुनै कालखण्डमा कुनै सानाे कुरामा बाझिएर जाेडिएकाे गहिराे प्रेम सम्बन्ध टुट्छ भने त्याे नै हाे “अधुराे प्रेम” जिवनभर साथ दिन नसकेर जिन्दगिकाे दाेबाटाेमा पुगाई बिचमै साथ छाेडेर जान्छन भने त्याे पनि हाे अधुराे प्रेम, जिवनभर साथ दिन्छु भन्नेले,पहिला मायाकाे नाटक देखाउछन्,पछि उसलाई छाेडेर अर्कैको साथमा रमाउछन भने त्याे पनि हाे अधुराे प्रेम ।

वास्तविक जिवनमा यस्ता अधुरा तथा अपुरा प्रेम सम्बन्ध सबैले जाेड्ने गरेका हुन्छन् । कसैले साचाे मनले माया गरेका हुन्छ, तर त्याे साचाे मनले माया गरेकाे प्रेम धेरै बेर टिक्न सक्दैन,साचाे मायाकाे बिचमा काेहि न काेहि पर्खाल बनेर उभिहाल्छन्। जसले धन सम्पतिकाे आडमा माया गरेका हुन्छन्,तिनिहरुले जिवनमा ठुलाे धाेका दिने गर्छन। पहिला एक जना संग मायाकाे नाटक गर्छ्न पछि गएर अरुकाे साथमा रमाउछन्,त्याे हृदय देखि ने माया गरेकाे मान्छेलाई छाेडेर जान्छन् ।

जबजब कसैलाई जिवनमा मन पराउन थालियाे । बिस्तारै बिस्तारै हामी दुई बिचकाे सम्बन्ध गहिराे हुदै गयाे उनिले पनि खुब माया गरेकि थिईन् मैले नि मन मुटु देखि नै माया गरेकाे थिय । दुरिले अलि टाढा भए पनि मायाले हामी झनै नजिक थियाै । बिस्तारै हाम्रो माया फाेन बाटै झन गहिराे बन्दै गयाे तर एक आपसमा देखासिकि भने हामी दुबैकाे भएको थिएन् । फाेनबाटै गहिराे माया बस्न थाल्याे । जिवनमा यस्ताे लाग्थ्याे उनी नै मेराे प्राण हुन,उनी नै जिवनकाे सबथाेक हुन,उनी नै मेराे बाच्ने आधार हुन,भन्ने लाग्थ्याे पहिला पहिला खुबै माया प्रीती हामी दुबैकाे बिच चल्याे । रातिराति खाना नखाएरै फाेनमा बाेलिन्थ्याे ,गफगाफ गरिन्थ्याे रिस उठेकाे बेला गालि गरिन्थ्याे उनी पनि रिसाउथिन् अनि फाेन काट्नु हुन्थ्याे अनि म फेरि फकाउन फाेन गर्थे तर उनी फाेन उठाउदिन थिन । म धेरै पटक काेसिस गर्थे तर पनि फाेन उठ्दैन थियाे । रातभर फाेन नउठ्दा म निकै निरास हुन्थे,मन पराएकाे मान्छेले एकछिन फाेन नउठाउदानि निकै नरमाइलो लाग्थ्याे रातभर कतिपय अबस्थामा राेएर समेत बस्थे त्यहि माया लाग्थ्याे मेरि उनिकाे ।

जब भाेलि बिहान हुन्थ्याे म उनिलाई कल नगरि बस्थे उतेबाट कल आउथ्याे अनि लजाएकाे जस्ताे आवाजमा भन्नुहुन्थ्याे ” हिजाे हजुरले कति फाेन गर्नु भयाे मैले उठाईन, सरी नरिसाउनुस ल” भनेर भन्नू हुन्थ्याे तर पनि म बाेल्दिन थिय फाेन उठेकै हुन्थ्याे म नबाेलि चुपचाप बस्ने उहाबाट जवाफ आउथ्याे नबाेल्ने भए म कहिल्यै पनि फाेन गर्दैन ,तर पनि म बाेल्दिन थिय ।मेराे बिचार उनिलाई सताउने मात्रै थियाे उनी फेरि फकाउनु हुन्थ्याे र भन्नुहुन्थ्याे” ए मेराे हजुर अब जहिल्यै पनि फाेन उठाउछु बाबा, अब त बाेल्नुस भनेर जवाफ आउथ्याे ” अनि म बल्ल तल्ल बाेल्थे र भन्ने ” चाेर हिजाे बेलुकि किन फाेन नउठाएकाे अनि,आफू फाेन नउठाउने अनि अहिले यसाे भयाे भन्ने” भनेर म प्रश्न गर्थे उहाँ बताउनु हुन्थ्याे भने त सरि बाबा भनिराछु फेरि किन चाहियाे बढि कुरा भनेर बताउनु हुन्थ्याे । यस्तै प्रक्रिया निरन्तर चलिरहन्थ्याे फाेन बाटै गहिरो माया बसेकाे म अनुभूति गर्थे ।

याे निरन्तर प्रक्रिया करिब एक बर्ष सम्म चल्याे । दुबै बिच गहिराे सम्बन्ध स्थापना भयाे भनेर म अनुभूति गरिरहन्थे । कुनै दिन फाेन नभएको बेला त्याे दिन कटाउन निकै समस्या हुन्थ्याे माया गरेकाे मान्छेले नसम्झदा मन निकै दुख्थ्याे । भन्छन गहिराे माया भयो भने त्याे माया लामाे समयसम्म टिक्दैन भन्छन,म पनि साेच्दथे हाम्रो यति गहिराे माया छ कहिल्यै याे पछि गएर अधुराे त हुने हाेईन् भनेर कतिबेला म साेचिरहन्थे र भन्ने उनिलाई ए चाेर हाम्रो यति गहिराे माया बसेकाे छ धेरै गहिराे माया भयाे भने त्याे माया अधुराे हुन्छ भन्छन कतै हाम्रो माया पनि अधुराे त हुने हाेईन् । उताबाट जवाफ आउथ्याे तपाईंले अरु कतै मन डुलाएकाे भए त अधुराे हुन पनि सक्छ तर मेराे मनबाट मेराे आखले याे सम्बन्ध कहिल्यै अलग हुने छैन भनेर जवाफ आउथ्याे ।माया प्रीती निकै गहिराे बन्दै गयाे कुनै बेला यस्ताे लाग्थ्याे रातभर पनि बाेलिरहु, उनकाे आवाजले पनि मुटुमा शाान्तिकाे आवास अनुभूति हुन्थ्याे, उनिले बाेलेकाे बेलामा म उनकै कुरामा डुलिरहन्थे,मिठाे आवाजमा बाेल्ने मेरि उनी मलाई झनै माया गरेर बाेल्नु हुन्थ्याे त्याे बाेलिले म झनै उनितिर तानिएकाे थिए । जिन्दगिमा लाग्थ्याे सबै थाेक मेरि उनी मात्रै हुन्, उनी संग बाेल्न लागेकाे बेला अरु कसैकाे पनि याद आउन्न थियाे फाेनमा बाेलेकाे बाेल्यै हुन्थ्याे एक दिन उनी संग गफ गर्दा गर्दै पकाउन लगाएकाे भात समेत पुरै जलेर कालाे समेत भएको घटना ताजै छ , राति ८ बजे फाेन गर्न लागेकाे बिहान ६ बजेकाे पनि घटना मनमा ताजै छ । त्यहिसम्म पनि कुरा हुने हामिबिच त्यस्ताे माया बसेकाे थियाे ।

यस्ताे कार्य निरन्तर चल्दै गयाे ।बाहिरका मानिहरु पनि भन्न थाले कतिसम्म फाेन गर्छस, खालि किन पैशा सक्छस् रिचाज हालेर भन्ने गुनासाे आउथे मलाई उनिहरु देखि खुबै रिस उठ्थ्याे सकिए मेरा सकिन्छन तपाईलाई किन टेन्सन चुप लागेर बस्नुस भन्ने, उनिहरु भन्थे तेराे याे सम्बन्ध कहिल्यै पूरा हुदैन अधुराे प्रेम हुन्छ तेराे आजभाेलि केटिहरुकाे भर हुन्न एक जना संग मन मुटु देखि माया गरेका हुन्छन् भने अर्को लाई फाेन गरेर टाईम पास गरिरहेका हुन्छन् तेराे पनि सेम त्यस्तै हुन्छ भन्थे । तरपनि मलाई फेरि रिस उठ्थ्याे मन परेकाे मान्छेलाई नानाथरि कुरा भनेकाे म सहन सक्दैन थिय ।

उनी क्षेत्रि हुनुहुन्थ्यो तर म ब्राहमण थिए ।तर पनि मायामा कुनै जातभात नठानेर मैले चाेखाे मनले माया गरिरहे,उहाँ चाहिँ कुनै बेला भन्नुहुन्थयाे तपाईंको जात म भन्दा ठुलाे छ पछि तपाईंको घरकाले आफ्नाे भन्दा सानाे जातकाे केटि ल्यायेा भनेर मलाई हाेच्याउने त हाेईनन् भनेर भन्नुहुथ्याे म भन्थे माया भनेकाे जातले गर्ने हाेईन्,माया मन र मुटुले ,गरिन्छ ।यदि तिमी जातले माया गर्न चाहन्छाै भने अहिल्यै नलाग्दा ठिक हुन्छ भनेर पनि म भन्थे ।तर पनि उहाले माया गरिराख्नु भयाे । हामी बिचकाे सम्बन्ध यति गहिराे भयाे कि कहिल्यै नछुटाउन सकिने जस्ताे । पहिला पहिला फाेन बाट खुबै कुराकानी हुन्थ्याे पछि तिर गएर प्रत्यक्ष भेटघाट समेत भयाे ,भेटघाट भएको दिन एक आपसमा छातिमा टासिएर धेरै बेर सम्म पनि बस्याै हामी अरु साथिहरुले पनि भन्ने गर्थे तिमी दुई बिचकाे सम्बन्ध कती गहिराे छ ,यस्ताे प्रेम हामिले कतै पनि देखेका थियनाै । तिमी दुईकाे सम्बन्ध साेचेभन्दा पनि गहिराे छ ,सफा स्वच्छ मनले भरिएको माया तिमिहरु दुईकाे बिचमा छ तर गहिराे माया लामाे समयसम्म टिक्दैन भनेर साथिहरु बताउने गर्थे ,हामी दुई बिच निकै गहिराे सम्बन्ध स्थापित भईसकेकाे थियाे ।

ज्यान समेत दिनकाे लागि हामी तयार थियाै, संगै खायाै,हिड्याै त्याे तरिका बाट पनि माया थप बलियाे बन्दै गयाे । तर काे ले कुन तरिकाले माया गरेकाे छ भन्ने कुरा पहिला त थाहा हुन सकेन हाम्रो माया यसरी अगाडि बढ्दै गयाे । म केही काम बिषेषले करिब दुई चार महिनाकाे लागि बाहिर जानू पर्ने काम पर्यो तर यता मन देखि माया गरेकाे मान्छेलाई छाेडेर जान कत्ति पनि मन थियन । तर पनि काम पूरा गर्ने जानै पर्ने भयाे ।राति फाेन गरेर भने म भाेलि बिहानै केही महिनाकाे लागि बाहिर जादै छु,मन नदुखाउनु म छिट्टै आउने छु भने तर उहाँले मान्नुभयन नजानुहाेस् भन्नुभयाे तर पनि म जानैपर्ने थियाे ।त्याे राति उहाले फाेन अफ गरेर सुत्नुभयाे मैले कति फाेन गरे तर अफ भन्याे । भाेलि बिहानै म हिडिसके उता गएर कामकाजमा ब्यस्त भए फाेन गर्ने समय नि मिलेन करिब तीन महिना सम्म फाेन नि हुन सकेन चार महिना पुग्न लाग्दा मैले कल गरे तर तपाईंले डाईल गर्ने भएको नम्बर अहिले ब्यस्त छ भन्याे मैले साेचे कुनै काम परेकाे हाेला र अनि ब्यस्त हुनुहुन्छ त्याे प्रक्रिया निरन्तर चलिरह्याे , फाेन बिजिकाे बिजि हुन थाल्याे तर पनि मैले केही साेचिन् ।

काम सकाएर म गृह जिल्ला आईपुगे राति करिब १० बजेतिर पुगियाे घरतिर खाना खाएर ओच्छ्यानमा पल्टिए फाेन गर्न खाेज्छु तर फाेन काटिन्छ धेरै चाेटि गरे तरपनि भयन । अनि सुते भाेलि बिहान जब उज्यालाे भयाे अनि सिरानिमा राखेकाे माेबाइल समातेर फाेन गरे कल लाग्याे र उठ्याे अनि मनकाे मान्छे बाेल्नुभयाे ” यतिका दिनसम्म फाेन पनि गर्न सक्नुभएन थियाे ,कता हराउनु भयकाे थियाे,अरु कसैकाे चक्करमा लागेर हाेलानि हामीलाई नसम्झेकाे भनेर जवाफ आयाे मैले भने ए बाबा त्यसाे हाेईन म उता लगातार काममा ब्यस्त भए फाेन गर्ने समय नि भयन अस्ति गरेकाे थिय बिजि भन्याे अनि म के गरु भनेर भने ल हुन्छ अनि अरु सुनाउनुहाेस सकुसल पुग्नु भयाे कि नाई भनेर उहाँले साेध्नुभयाे मैले लाटि माया गर्ने मान्छे छदै भय सकुसल पुगिहाल्छु नि तिम्रो आशिर्वाद ले पुग्न सफल भय भनेर भने । उहाले मेराे दिदी काे फाेन आयाे राख्नुहाेस त तपाई भन्नुभयाे अनि मेले फाेन राखे । फाेन राखेकाे करिब २ घन्टा भयाे उनिलाई कल गरे तर पनि बिजि भन्छ राति दुई बजे पनि कल बिजि हुदा मलाई अलि बिस्वास लाग्न छाेड्याेे , राति पनि दिदी काे फाेन त नआउने हाे भनेर मैले मन मनै साेचे , भाेलि बिहान अबेर सम्म पनि फाेन आएन फेरि यतैबाट मैले कल गरे हिजाे अबेर सम्म कल बिजि थियाे त किन हाे भनेर भने उहाले जवाफ दिनुभयाे तपाईंको नम्बर कताबाट कालाे सुचिमा गएछ भन्नुभयाे ।

 

मैले जवाफ दिए हुनत् अब कालाेसुचिमा राखे पनि भयाे नि पहिला पहिला चाेखाेमा मायाकाे प्यार देखाउने यहाँ तमाम भेटिन्छन् पछि गएर सबै यस्तै भन्छन भनेर मेले फाेन कट गरे । त्याे दिन देखि अलि सबै देखि नरमाइलो लाग्न थाल्याे त्यति मन मुटु देखि मन पराएकाे मान्छेले फाेन नै कालाेसुचिमा राखिदिदा दिक्क लाग्न थाल्याे । दिन पर्ती दिन उनकाे फाेन बिजिकाे बिजि हुन थाल्याे कहिल्यै दाजुकाे,कहिल्यै बुबाकाे,कहिल्यै दिदि काे फाेन आयकाे हाे भनेर उनिले मलाई सुनाउन थालिन् । उनकाे यस्ताे बानिले मलाई लाग्याे यिनले दुईटा मान्छे बनाएका रहेछन् । एउटा जीवन बिताउने एउटा समय बिताउने साथिहरु भन्ने गर्थे तेराे सम्बन्ध अधुराे रहन्छन कताकता त्यस्तै अनुभूत हुन थाल्याे । यसरी ज्यान दिने सम्म मन पराएकाे मान्छेकाे फाेन रातादिन ब्यस्त हुुदा मलाई दिक्क लाग्न थाल्याे । त्याे दिन देखि खासै पहिलाकाे जस्ताे सम्बन्ध पनि रहेन् उनकाे फाेन ब्यस्त हुन थाल्याे यता म माया गर्ने मान्छेकाे यस्ताे हर्कत ले गर्दा तनाबमा हुन थाले उनी बिस्तारै मलाई फेान नै गर्न  छाडिन्। म  यता बाट कल गर्छु  ब्यस्त मात्रै  भन्छ । याे दिनहु चलिरह्याे मलाई अब त उनिदेखि पनि दिक्क लाग्न थाल्याे,खानाखाने मन समेत भयन,जिन्दगि नै बाेझ लाग्न थाल्याे,माया भन्ने शब्द देखि घृणाा उत्पन्न हुन थाल्याे,यति माया गर्ने मान्छेकाे फाेन ब्यस्त हुदा मलाई  हतास भयाे,पिडाले सतायाे,रातदिन उनकाे सम्झनाले सिरानि भिज्याे तर उनिले फाेेन गरिनन् ।

यताबाट म कल गर्छु काटिन्छ, लाग्याे मलाई उहाले खालि समय बिताउन मलाई झुटाेमाया काे प्यार देखाएको रहिछन्। सबैले भन्ने गर्थे तेराे माया अधुराे रहन्छ,सफल कहिल्यै हुदैन सायद त्यस्तै हुने जस्ताे लाग्याे रातदिन भाेकभाेकै उनकाे यादले सतायाे,कतेै गएर हाम फाल्ने आट जस्ताे आयाे तर सकिन् माया गर्ने मान्छेकाे फाेन ब्यस्त हुदा यसाे गर्नु हुन्न भन्ने मनमा साेच आयाे ।सम्हालेर बसिरहे करिब दुई हप्ता पछि उहाले फाेन गरेर भन्नुभयाे” हाम्रो नाता जात मिल्दैन त्यहि भएर हामी बिचकाे याे माया पूरा हुन सक्दैन,तपाई ठुलाे जातकाे मान्छे म सानाे जातकाे केटि याे सम्बन्ध यहि ताेडेनि भयाे मेराे अब बिहे हसदै छ” यसरी जवाफकाे ओहिराे लाग्दा मेराे मुटु भक्कानियाे, आखाबाट बलिन्धारा आँसु बगे,ठिकै हाे पहिला जात छानिनाै मेराे स्वार्थ लुट्याै अहिले आएर नानाथरि जात भातका कुरा गर्यौ ठिकै हाे किन जातका कुरा गर्छौ बरु मेराे घरपरिवारले तिमिलाई नस्विकार्नु ठिकै  हाे तिमिलाई के काे समस्या ,बरु झुटाे माया गरेकाे थिय भनन्  कुरा सकियाे नि किन धेरै कुरा पचाएकाे भनेर मैले भने ।उनिले बताईन् मैले तिमिलाई कहिले पाे माया गरेकाे थिए, त्याे त देखावटि माया थियाे अबदेखि मलाई कल त के सम्झने काेसिस पनि नगर्नु भनेर उतर आयाे मैले भने  जिन्दगिमा तिमिलाई कति माया गरेर मुटुमा सजाएकाे थिय । आज आज आखिर यहि फल पाउन रहेछ्  हुनत भाग्यमा तिमी रहिनछ्याै  मेराे साथमा भन्दा अरुकाे साथमा खुसि हुन्छाै भने जाउ , म यसरी बाचुला या मरु ।

उनले यस्ताे जवाफ दिदा म छागाेबाट खसे झै भए।लाग्याे यति सम्म मैले मात्रै चाेखाे मनले माया गरेकाे रहेछु उनले लास्टमा आएर जात माथि दाेष देखाएर यति गहिराे सम्बन्ध टुटाएर गइन,आफैले धिक्कारे र बसे धेरै समयसम्म उनकै फाेटाे हेरेर बसे,कतिपय रात राेए र कटाए,कतिपय रात भाेकभाेकै सुते,हरेक रात उनकाे सम्झनाले छाति पाेल्याे,सिरानि भिज्याे तर पनि छाेडेर गएकाे मान्छेलाई सम्झन  उचित लागेेन तर पनि उनकाे यादले मन पाेलिरह्याे,छातिदुखिरह्याे,हुनत छाेडेर जाने मान्छेलाई केनै भन्न सकिन्छ र भिरतिर जाने गाेरुलाई रामराम भन्न सकिन्छ,तर काधै थाप्न सकिन्नि भने जस्तै छाेडेर जाने मान्छेलाई छाेडेर जान दिनु पर्छ भनेर सम्हालिएर बसे। तर पनि सकिदाे रहेनछ् माया गरेकाे मान्छेलाई भुल्न आजभाेलि पनि उनकाे यादले सताउने गर्छ उनी पराईकाे साथमा  रमाए ता पनि यता आफुलाई उनकाे यादले सताउने गरेकाे हुन्छ । यसरी मनकाे माया अरु तिर जादा मेराे प्रेम अधुराे रहन  पुग्याे ।

यदि तपाईं माया यस्ताे ब्यक्ति संग गर्नुहोस, जसले तपाईलाई सुख मात्रै हाेईन,दुखमा पनि साथ दिन सकाेस ।जिवनमा त्यस्ताे ब्यक्तिलाई कहिल्यै भुल्न सकिन्न जसले दुखमा साथ दिन्छ र जसले दुखकाे भुमरिमा फाल्छ यी दुई ब्यक्तिलाई जिवनमा कहिल्यै पनि भुल्न सकिन्न । किनकि यिनिहरु मुटुमा गहिराे किलाे गडिए जस्तै मुटुमा अटल भएर बसिरहन्छ ।प्रेम भनेकाे मुटु देखि हुन्छ भन्थे तर यहाँ प्रेम कतिपयले धन र सम्पति  र जात माथि गर्ने रहेछन् । दुनियाँमा निस्वार्थ मनले माया गर्ने यहाँ कमै मात्रामा भेटिने रहेछन्,प्राय सबैले धन सम्पति माथि आँखा लगाएर उसकाे धन सम्पतिकाे आडमा माया गर्ने रहेछन्।

पहिला पहिला साचाे मायाकाे प्यार देखाउने धेरै भेटिदा रहेछन् पछि उसकाे धन सम्पति सकुञ्जेल माया गर्दा रहेछन् पछि बिचमै छाेडेर जादा रहेछन् । कति स्वार्थी रहेछ याे दुनियाँ पनि कसैलाई चाेखाे मनले माया गर्न नि नपाउनु,कसैलाई आफ्नाे मुटुभित्र राख्न नि नपाउनु,कसैलाई धेरै मायाले बेर्न नि नपाउनु,कति चाडैं एक अर्का बाट छुट्टाई दिदाे रहेछ। भन्छन धेरै माया भएको प्रेम जीवन भर रहन सक्दैन् साच्चै रहेछ याे दुनियामा धेरै माया गर्नु भनेकाे पाप रहेछ,कसैलाई मन पराएर मुटुमा राख्नु पनि पाप रहेछ अरुले खाेसेर लिन्छन भने त्याे मन पराएकाे मायाकाे के नै अर्थ रह्याे र ।

यस्ता घटनाहरुले मन धेरै दुख्ने गर्दो रहेछ आखिर ,जिवनमा सबैभन्दा ठुलाे आमा बुबा भन्छन तर प्रेममा फसेकाे मान्छेलाई आफ्नाे आमाबुबा भन्दा पनि त्यहि प्रेम ठुलाे हुने रहेछ । लाग्छ हामी कतै टाढा गएकाे बेला फाेनबाट आफ्नाे प्रेमीकालाइ कति सम्झन्छाै तर आमा बुबालाई ख्याल नै गर्दैनौ किनभने आमा बुबा भन्दा नि प्रेम ठुलाे लाग्छ साचाे मनले माया गरिरहेकाे मान्छेकाे झनैमाया लाग्ने रहेछ ।त्यहि साचाे माया गरेकाे मान्छेले छाेड्दा खेरिकाे पीडा कस्ताे हुन्छ जसले भाेगेकाे हुन्छ त्यहिले मात्रै थाहा पाउछ जिवनमा अधुराे प्रेमले कस्ताे पीडा दिन्छ त्याे पनि भाेगेकाे मान्छेलाई मात्रै थाहा हुने गर्छ ।मनमा बसेकाे मान्छे पराईकाे घुम्टाेमा सजिदाकाे पीडा,अरुले सिउदाे सिन्दुरले भरिदिदा,मन कति भक्कानिएर आउँछ । माया गर्ने मान्छेले छाेड्दा मुटु छिया छिया हुने रहेछ । हुनत माया दाेहाेराे भए मात्रै सम्भव हुने  रहेछ,एकले मात्रै माया गरेर कहिल्यै पूरा हुने रहेनछ्। भन्थे जिन्दगिमा मायाकाे लागि कसैलाई हात नफैलाउन किन कि माया हात फैलाएर ,खाेसेर पाईदैन माया पाउन आफुलाई मायाकाे लायक बनाउन जरुरि रहेछ । दुनियामा माया भन्ने शब्द यति अमुुल्य छ माया किनेर पाइदैन,माया त मनबाट भएपछि  मात्रै  उक्त माया पाईदाे रहेछ । याे दुनियामा जात ,सम्पति, माथि माया गर्न धेरै भेटिदा रहेेेछन् चाेखाे मनले माया गर्ने यहाँ कमै भेटिदा  रहेछन् ।

 

पहिला तपाईं जिन्दगिमा मायाकाे लायक बन्न चाहनु हुन्छ भने,दुबै पक्षबाट दाेहाेराे माया भयाे भने पछि मात्रै त्याे माया पाउन सक्नु हुन्छ । चाेखाे माया नपाएरै कतिपयले यहाँ ज्यान समेत गुमाउनु परेका घटनाहरु धेरै  छन । तर म मेराे मायाले साथ छाेडेर गएता पनि बरु उनकै यादले पिडाले रुमलिएकाे छु , तर मर्न सकेकाे छैन् किन भने छाेडेर जाने मान्छेकाे अगाडि आफुले राम्रो भएर देखाउनु छ । उनकाे अगाडि आफ्नाे नाम कमाउनु छ । उनलाई याद आओस कि याे मान्छेलाई धाेका दिएर मैले ठुलाे पाप गरे यस्ताे माया गर्ने मान्छे जिवनमा कहिल्यै भेटाउन्न सकिन्न उनमा अनुभुुति हाेस् अनि मात्रै हामी दुनियामा मायाकाे लायक हुन्छाै । तपाईं जिवनमा यस्ताे माया गर्न मान्छेकाे खाेजि गर्नुहोस जसले सुखमा मात्रै  हाेईन्,दुखमा पनि साथ दिउन् अनि मात्रै चाेखाे माया गरेकाे सफलता प्राप्त हुन्छ । जिन्दगिमा प्रेम यस्ताे चिज हाे,जसमा कयौं प्रेमी प्रेमीकाले ज्यान गुमाउछन्  पनि ज्यान जाेगाउछन् पनि । त्यहि भएर जिन्दगिमा माया काे भिख मागेर तपाईं कहिल्यै अगाडि नबढ्नुहाेस,माया भिख मागेर हाेईन,मायाकाे लायक बनाएर तपाईंले सजिलै माया प्राप्त गर्न सक्नुहुन्छ । माया नै संसार,माया नै जीवन भनेेर कहिल्यै अगाडि नबढ्नुहाेस यदि यहि साेच लिएर अगाडि बढ्नुभयाे भने कुनै दिन भर्याङबाट लडेकाे जस्ताे अनुभुति तपाईंलाई  हुनेछ। त्यहि भएर जिवनमा “अधुराे प्रेम” गर्ने धेरै भेटिन्छन् तिनिहरुकाे भरमा कहिल्यै नपर्नु हाेेस् समयमै उनकाे वास्तविकता  थाहा पाएर माया गरेकाे खण्डमा तपाईंले सफलता प्राप्त  गर्नु हुनेछ । ”

कुनै कुनै प्रेम बिचमै अधुरो हुने गर्छ,एउटाले म तिमिलाई प्रेम गर्छु भन्ने  हिम्मत नै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिस नै गर्दैन । यहि कारणले कतिपयका प्रेम सम्बन्ध अधुराे तथा अपुरा हुने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!