ललित नाथ/ जिल्लको बुढीनन्दा नगरपालिकामा उर्जा बिकास कार्यालय संचालनमा आएको छ । २०६२ सालमा स्थापना भएको कार्यालय बुधबारदेखि नियमित संचालनमा आएको उर्जा बिकास कार्यालय बुढीनन्दाका अध्यक्ष जंगवीर रोकायाले बताउनुभयो ।
बिगत एक बर्षदेखि नगरबासिलाई निसुल्क बितरण गरेकोमा अव प्रत्यक यूनिटको १० रुपैया लिने गरी कार्यालयले महशुल उठाउने भएको छ । बुढीनन्दा नगरपालिका भित्रका सबै बिद्युतको ब्यवस्थापनका लागी कार्यालय संचालनमा ल्याईएको हो । कार्यक्रममा उर्जा बिकास कार्यालय बुढीनन्दाका अध्यक्ष जंगवीर रोकाया, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा नेकपा एमाले जिल्ला कमिटी सदस्य सुशिला शाही र बुढीनन्दा नगरपालिका ६ का पूर्ववडाध्यक्ष दलबहादुर भाट लगाएतको सहभागिता रहेको छ ।











