बाजुराः राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण गरेको छ ।आयोगले दोस्रो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा नं २ का ४१ परिवारलाई निस्सा वितरण गरेको भुमी आयोग बाजुराका अध्यक्ष जनक रोकायाले बताउनु भयो ।
उनका अनुशार पहिलो पटक जुकोटका ३८ परिवारलाई निस्सा वितरण गरेको र आईतबार सोही पालिका वडा नम्मर २ मा वितरण गरिएको हो । निस्सा भनेको लालपुर्जा हैन,यो लालपुर्जा बनाउँनकालागि पहिलो आधार हो।, यसपछि स्थानिय तहले सहयोग ग¥यो भने जनताले चाँडै लालपुर्जा पाउँने छन् बताईएको छ । तर स्थानिय तहले काम तिब्ररुपमा गरीरहेका छैनन्।’
‘आयोगले सक्रियताका साथ काम गरिरहेको छ । यसमा स्थानिय तहले पनि भरपुर सहयोग गरेमा हामीले नापीको लागि तुरुन्त टोली पठाउँने छौं अध्यक्ष रोकायाले बताए ।स्वामिकार्तिक खापर गाउँपालिका–२ का वडा अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा निस्सा वितरण गरिएको बताईएको छ ।











