बाजुरा/ नेपाली काँग्रेसले बाजुराले यहि माघ १३ गतेदेखि माघ २६ गतेसम्म समुदाय स्तरमा मा काँग्रेस अभियान संचालन गर्ने भएको छ । नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार नेपाली काँग्रेस बाजुराले यहि माघ १३ गतेदेखि २६ गतेसम्म समुदायमा काँग्रेस अभियान संचालन गर्ने भएको छ ।
समुदायका नागरिकका समस्या, गुनासा र जनप्रतिनिधिका क्रियाकलाप, शुसासनको अवस्थाका बारेमा जानकारी लिनका लागि समुदायमा काँग्रेस अभियान संचालन गर्न लागिएको र त्यसका लागी जिल्लाका ६९ वटै वडामा नेपाली काँग्रेसका प्रतिनिधि खटाइएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
पार्टीले औपचारिक कार्यक्रममा मात्रै संचालन गरेर जनताका गुनासा सुन्न र कार्यान्वयनका लागि पहल गर्न नसकिने भएकाले समुदायमै गएर काँग्रेसले विभिन्न कार्यक्रम गरी नागरिकका गुनासा सुन्ने बताइएको छ । अभियानका लागि नेपाली काँग्रेस बाजुराकाले प्रत्येक पालिकाका नेता तथा कार्यकर्तालाई आ आफ्नो पालिकामा खटाएको छ भने माघ २६ बाट नेता तथा कार्यकर्तालाले सुमदायमा काँग्रेस अभियान संचालन गर्ने भएका छन् ।











