बाजुरा/ बाजुराकाे बडिमालिका नगरपालिका वडा. नम्बर ८ मा रहेकाे लाेकतन्त्र बिहानी मिडिया हाउस द्वारा सञ्चालित लाेकतन्त्र बिहानी मिडिया हाउसकाे कार्यालयमा सिसि क्यामरा जडान गरिएको छ । कार्यालयमा सञ्चालित कामकाे उचित रेखदेख तथा कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यालमा गरेकाे कामकाे बारेमा जानकारी लिन कार्यालयमा सिसि क्यामरा जडान गरिएको मिडिया हाउसका सञ्चालक राम बहादुर दानीले बताएका छन् ।
पछिल्लाे समयमा कार्यालयमा कार्यरत कर्मचारीहरुले कार्यालयको कामकाजमा खासै पार्दशीता नदेखाएको तथा समयमै कार्यालयमा कर्मचारी नजाने तथा कार्यालयमा रहेका समानहरुकाे उचित रेखदेख गरेकाे नपाईदा सबै कामकाे बारेमा जानकारी थाहा पाउनकाे लागि उक्त सिसि क्यामरा फुटेजकाे जडान गरिएको अध्यक्ष दानीको भनाइ रहेकाे छ। आफू काम बिषेषले अन्य राष्ट्र भएकाे कारण अफिसकाे रेखदेख नहुदा समस्या भएको छ,कर्मचारीलरुले पनि मन लगाएर काम नगर्न भएका कारण टाढै बाट सबै कुराकाे बारेमा जानकारी लिन सिसि क्यामरा पठाई जडान गरिएको दानीको भनाइ रहेकाे छ ।
उक्त सिसि क्यामरा जडानले अब कार्यालयको काममा केही भएता पनि थाैरे राहत मिल्ने आफुले बिश्वास लिएको उहाँले बताएका छन् । कार्यालयको कामलाई पनि प्रभावकारी बनाउन सिसि क्यामरा कार्यालयमा आबश्यक रहेकाे हुदा मिडिया हाउसमा क्यामराकाे जडान गरिएको बताईएकाे छ । जिल्लाका अन्य मिडियामा सिसि क्यामराकाे जडान नभएको भएता पनि आफू सञ्चालक रहेकाे मिडियामा सिसि क्यामराकाे जडान गरिएको मिडिया अध्यक्ष दानीको भनाइ रहेकाे छ । मिडियालाई अन्य सङ्घ सस्थाले अन्य मिडियाकाे जस्ताे साथ सहयाेग नगररेकाे भएपनि याे मिडियाले जिल्लाकाे हरेक बस्तु स्थिति तथा जिल्लाकाे समसामयिक बिषयकाेमा आवाज उठाईरहेकाे उहाँले बताएका छन् ।
बि. स.२०७८ साल साउन ११ गते स्थापना भएको यस मिडियाले जिल्लाकाे समग्र बिकाशकाे बारेमा समाचार लेखन,तथा प्रसारण गरिरहेकाे छ । मिडियालाई थप ब्यबस्थित तथा मजबुत बनाएर लैजाने अध्यक्ष दानीको भनाई छ । हाल उक्त मिडियामा ५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।











