युनिकोड    राशिफल    एफएम रेडियाे                        
361 पटक पढिएको

बाजुराः  जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकामा प्रमुख प्रशाशकिय अधिकृत नहुँदा कार्यालयका कामकाजहरु अस्तब्यस्त भएका छन । अधिकृत बिहिन भएको करिब दुई महिना बित्नै लाग्दा पनि कार्यालयमा अधिकृतको ब्यबस्था नहुँदा कार्यालयका दैनिक कामकाज तथा अन्य स्थानियहरुका कामकाज पनि अस्तब्यस्त अबस्थामा रहेका छन । बडिमालिका नगरपालिकामा जहिल्यै पनि अधिकृतकै समस्या हुने गरेको छ । लामो समय बितिसक्दा पनि कार्यालयमा अधिकृतको अझै ब्यबस्था हुन सकेको छैन। तत्कालिन प्रमुख प्रशाशकिय अधिकृत देबेन्द्र सापकोटाको तिन महिना नपुग्दै सरुवा भएपछि बडिमालिका अधिकृत बिहिन रहेको छ । सापकोटा सह सचिवको परीक्षा दिन गएका थिए । उहाँ बाजुरा नै नर्फकेर उतैबाट सरुवा भएपछि यता बडिमालिकामा अधिकृतको पिरलोले सताएको छ । लामो समयसम्म कुनै पनि अधिकृतलाई टिकाउन नसक्ने तथा दुई तिन महिनौ बितिसक्दा पनि अधिकृतको ब्यबस्था गर्न नसक्ने यो कस्तो पालिका हो भनेर स्थानयिहरुले पालिका प्रति दुखेको पोखेका छन ।

पालिकामा बिभिन्न कामको लागी आउँछौ तर पालिकामा अधिकृत नहुँदा कामै नगरेर घर जान्छौ बडिमालिका नगरपालिका ७ का एक जना स्थानियले बताएका छन । लगातार पालिकामा तिन चार पटक आइसक्दा पनि हाकिम नहँदा आफ्नो कामकाजमा निकै समस्या भएको उहाँले बताएका छन । अन्य पालिकामा लगातार कामहरु भइरहेका छन् यता भने कहिले कार्यालयमा कर्मचारी नहुने,कहिले कार्यालयमा कुनै शाखाका प्रमुख नहुने लामो समय बितिसक्दा पनि अधिकृतको अझै ब्यस्था नहुन सक्दा नगरपालिका प्रति नगरबासीहरु बाक्कदिक्क समेत भइसकेका छन ति स्थानियले बताएका छन । नगरपालिकामा करिब दुई महिना बितिसक्दा पनि अधिकृत नहुँदा कार्यालयका कामकाज प्रभावित भइरहेका छन्,कतिपय खर्चका बिलहरु पनि त्यतिकै राखिएका छने्,कार्यालयमा भुक्तानिको चाप बढीरहेको छ ,कार्यालयमा अधिकृत नभएको महिनौ बित्यो,नगरपालिकाले पनि अझै अधिकृत ल्याउने नल्याउने सुरसार देखाएको छैन,यो तरीकाले कार्यालयका काम तथा स्थानयि नगरबासीहरुका सबै काम ठप्प भइरहेका छन् कार्यालयका एक जना कर्मचारीले बताएका छन । देशभरका स्थानिय तहहरुमा लामो समयदेखि बिबाद नै रहेको छ,स्थानयि सरकार ऐन २०७५ मा नितिगत तथा कानुनी उल्झन धेरै रहेका छन। बडिमालिकामा को कर्मचारी हुन,को जनप्रतिनिधि हुन,कर्मचारीको काम के,जनप्रतिनिधिको काम के छुट्याउनै समृत समस्या हुन्छ यस्तो तरीकाले पनि नगरपालिकामा लामो समयसम्म कोहि पनि अधिकृत बस्न रुचाउदैनन अनि सरुवा भएर जाने मुख्य कारण देखिएको छ ।

नगरपालिकामा २०७४ सालमा नँया जनप्रतिनिधि आए यता ९ जना प्रमुख प्रशाशकिय अधिकृतको फेरबदल भइसकेको छ । तर लामो समयसम्म कोहि पनि अधकिृत टिक्न पाउदैनन्,कसैलाई बाटोबाटै फर्काइन्छ,कसैलाई कार्यालय बाटै लखेटिन्छ,कसैलाई बस्ने राम्रो बातावरण मिल्दैनने,कसैलाई नगरपालिकाका कर्मचारीहरुले नै थर्काउने,डर त्रास देखाउने हुँदा बडिमालिकामा हधिकृत लामो समयसम्म टिक्न नसक्ने समस्या रहेको छ । यता कार्यालयका शिक्षा शाखा प्रमुख रंगमल बि.क पनि दुई महिना बितिसक्दा पनि कार्यालयमा हाजिर भएको पाइदैन, कार्यालयका बिभिन्न शाखाका प्रमुख यसरी कोहि कतै कोहि कतै हुँदा नगरपालिकाका सम्पुर्ण कामकाज निकै प्रभावित भएका छन । यता शिक्षा शाखा बि.क मंसिर २७ गते कार्यालयमा हाजिर गरेको र मंसिर २८ गतेदेखि पौष २८ गतेसम घरबिदामा बसेको हाजिरीमा पाइएको छ । पौष २८ गतेसम्म शिक्षा शाखा नहुँदा कार्यालयका कामकाजमा थप समस्या समेत भछ । आज माघ महिनाको १० गते भइसकेको छ नत उहाँनै कार्यालयमा हुनुहुन्छ ? नत अधिकृतको नै ब्यबस्था नहुन सकेको छ ? पालिकाको यो अबस्थाले गर्दा पालिकाका कामकाजमा भने निकै समस्या देखिएको छ । कार्यालयमा पालिकाका ९ वटै वडाका स्थानियहरु कामकाजको लागी कार्याललयमा आँउछन् तर कार्यालयमा कर्मचारी नै नहुँदा खाली घर जाने गरेका छन ।

नगरपालिकामा अधिकृत नहुँदा  बिकाश निमार्णका कामहरु समेत बाधा परीरहेको छ । काम सुरु गरौ अधिकृतको कामकाज नभर्य चल्दैन,गरौ पालिकामा अधिकृत नै छैनन् यो तरीकाले पालिकाका ९ वटै वडाका कामहरु समेत प्रभावित बन्दै गएका छन । कार्यालयमा कार्यरत अन्य कर्मचारी समेत अहिले खासै मन लगाएर काम गरेको समेत पाइदैन,हुनत कार्यालयमा हाकिमै नभएको खण्डमा अन्य काम कसरी हुनु, अन्य कर्मचारीहरले पनि कसरी मन लगाएर काम गरुन,यो पनि समस्या रहेको छ । स्थानिय नगरबासीहरु बताउछन्,बडिमालिकामा अहिलेसम्म पनि अधिकृतको ब्यस्था नुहँदा कार्यालयका अन्य कर्मचारी पनि दिनभर घाम तापेर बस्छन,उनिहरुको लागी अन्य बिकल्प पनि छैन,अधिकृत भए सबै कामकाज हुने थिए अब हाकिम नै नभए अन्य कर्मचारीहरुले घाम ताप्नुु बाहेक अन्य बिकल्प नरहेको स्थानयिको भनाई रहेको छ । पालिकामा लामो समयसम्म पनि अधिकृतको ब्यबस्था नुहँदा कार्यालयका दैनिक कामकाजमा निकै समस्या भएको छ । अधिकृतको अभावकै कारण कार्यालयका अन्य कामकाजहरु पनि अस्तब्यस्त अबस्थामा रहेका छन । नगरपालिकामा लामो समयसम्म अधिकृत नहुँदा तथा नगरपालिकाका अन्य कर्मचारीहरुको मनोमानीका कारण नगरपालिकाबाट दिइने सेवा समेत प्रभावित बन्दै गएका छन्। समयमै अधिकृतको ब्यबस्था गरे कार्यालय तथा स्थानयिहरुको कामकाजमा सहजता मिल्ने स्थानयिको भनाई रहेको छ ।

नगरपालिकामा   प्रमुख प्रशाशकिय अधिकृत नहुँदा प्रशाशकिय, लेखा,र आर्थिक कारोबार पनि ठप्प रहेका छन । त्यस्तै बृद्धबृद्धाको बृद्ध भत्ता,बाल भत्ता,शिक्षक तलब लगायत योजनाका सबै कामहरु ठप्प रहेका छन । सबै भन्दा त सरकार बाट पाउदै आएका बृद्धबृद्धाको बृद्धभत्ता रोकिदा गााउका बुढापाखाहरु निकै दुखित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!