युनिकोड    राशिफल    एफएम रेडियाे                        
282 पटक पढिएको

 गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकायाले खेल क्षेत्रले मानिसलाई संसारमा परिचत गराउनमा ठुलो सहयोग गर्ने बताएका छन । आज कोल्टीमा आयोजना गरीएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै रोकायाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्र एउटा यस्तो क्षेत्र हो,जसले मानिसले क्षणमै नसोचेको इज्जत कमाउन सक्ने बताउदै खेल क्षेत्रको बिकाशको लागी सबै तहका निकायहरुले उचित ध्यानमा राखेर अगाडी बढ्नु पर्ने समेत उहाँले बताएका थिए । बाजुरा जिल्ला राजनितिक क्षेत्रमा बदनामी भएतापनि खेल क्षेत्रको हिसाबले बाजुरा निकै प्रचुर सम्भावनाको जिल्ला समेत रहेको उहाँले बताए । जिल्लामा राजनितिकले हामी सबैलाई बदनामी तुल्याएको भएतापनि खेल क्षेत्रले हाम्रो शिर उचाईमा राख्न सहयोग गरेको बताए ।

 

कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले एउटा गहिकिलो उदाहरण दिदै भने संसारमा परिचित हुनको लागी एउटा बिद्धान र खेलाडीले मात्रै संसारको परिचय गराउन सक्छ,अर्थात महान बिद्धान र खेलाडीहरुले संसारमा आफ्नो ठ्लो इज्तत कमाएका हुन्छन्,उहाँले बताए,थप कुराकानीमा जोड दिदै उहाँले भने भनिन्छ राजालाई एउटै देशमा मात्रै चिनिन्छ,बिद्धान सर्वत्र चिनिन्छ,त्यसैगरी खेलाडीहरु पनि बिश्वभर चर्चित रहने उहाँको भनाई रहेको थियो । खेलाडीलाई नचिन्ने प्राय बिश्वभर कमै मात्रामा मानिसहरु भेटिने समेत उहाँले बताए । अहिले देशमा खेल क्षेत्रले उल्लेखनिय उदाहरण दिदै आएको बताउदै जिल्ला बाजुराको खेल क्षेत्रको समग्र बिकाशको लागी हातमा हात जोडेर अगाडी बढे मात्रै थप जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने बताए , अहिले जिल्लामा अन्य क्षेत्र भन्दा खेल क्षेत्रले सोचेजस्तो प्रगती गरीरहेको समेत उहाँले बताए । खेल भनेको देशको इज्तको लागी,ब्यक्तिगत इज्जतको लागी मात्रै नभई खेल क्षेत्रले मानिसको शारिरिक,तथा संबेगात्मक बिकाशमा पनि निकै सहयोग पुर्याउने उहाँले बताए,खेलले मानिसको स्वास्थ्यमा सुधार ल्याउनुका साथै मानिसलाई स्वच्छ,तन्दुरुस्त राख्न पनि यसले महत्वपुर्ण भुमिका खेल्ने बताए, अन्य क्षेत्रमा लागेका ब्यक्तिहरु भन्दा खेल क्षेत्रमा लागेका ब्यक्तिहरुको शारिरिक बिषेषताहरु पनि धेरै फरक पाइने उहाँको भनाई रहेको थियो ।

ब्यक्तिले शारिरीक तन्दुरुस्त हुनको लागी खेल क्षेत्रमा लाग्नुपर्ने कुरामा समेत उहाँले जोड दिएका थिए । कार्यक्रममा बोल्दै जिल्लामा पनि भनेजस्तो खेल क्षेत्रको लागी बिकाश नभएको कुरामा आफु निके दुखित रहेको उनले बताए,जिल्लामा राम्रा राम्रा खेलाडीहरु छन्,ति खेलाडीहरुको हामीले पहिचान गर्न समेत सकेका छैनौ, जिल्लामा खेल क्षेत्रमा रुचि राख्ने धेरै युवाहरुको जमात भएको भएतापनि जिल्लामा उचित गुणस्तीय खेल मैदानको ब्बबस्था नहुँदा खेलाडी प्रतिभाहरु पनि लुक्दै गएका उनले बताए । यदि जिल्लामा उचित गुणस्तीय खेल मैदानको ब्यबस्था भएको भए हामीले जिल्लामै कयौ नयाँ नयाँ खेलाडीहरु समेत उत्पादन गर्न सक्ने उनले बताए । जिल्लामा स्रोत साधको अभावले पनि जिल्लाको खेल क्षेत्रले सोचेजस्तो बिकाशको फड्को नमारेको उनल बताए। जिल्लामा रहेका सबै राजनितिक दलका प्रतिनिधिहरु पनि बढीजसो ब्यक्तिगत स्वार्थमा लाग्ने हुँदा जिल्लाको हरेक क्षेत्र पछाडी परिरहेको उनले बताए । यदि जिल्लामा खेल क्षेत्रको निकै बिकाश गर्ने हामी जति पनि राजनितिक दलका प्रतिनिधिहरु छौ सबैले ब्यक्तिगत स्वार्थमा नलागी जिल्लाको खेल क्षेत्रको बिकाशमा जोड दियौ भने जिल्लाको खेल क्षेत्रको मात्रै नभई अन्य क्षेत्रको पनि बिकाश गर्न सकिने उनले बताए ।

आजका युवा भोलीका देशका कर्णधार हुन,यि युवाहरुलाई खेल क्षेत्रमा तान्नु हामी सबैको दायित्व हो त्यसैले एक जनाले मात्रै नबोली सबैले जनाले खेल क्षेत्रको बिकाशमा आवाज बुलन्द गराउने हो भने जिल्लाको खेल क्षेत्रलाई थप मजबुत बनाउन सकिने उनले बताए । कार्यक्रका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसेका महामन्त्रि ब्रदी प्रशाद पाण्डेयलाई उहाँले आग्रह गर्दे जिल्लाको खेल क्षेत्रको बिकाश गर्न यहाँ एक थुकि सुकी,भन्दा पनि सय थुकि नदी बनाउनु पर्ने बताए, खेल क्षेत्रको बिकाशको लागी तँपाई हामी सबैले लागे पछि मात्रै खेल क्षेत्र जोगाउन सकिने रोकायाले बताए । तपाईले पनि जिल्लाको खेल क्षेत्रको बिकाशको लागी संसदमा आवाज उठाउनु पर्ने कुरामा समेत उनले जोड दिए । जिल्लाको सबैभन्दा माथल्लो तहमा रहेका नेता कार्यकर्ताहरले आवाज उठाएको खण्डमा तल्लो तहका नेता तथा कार्यकर्ताहरुले त्यसै आवाज निकाल्ने समेत उनले बताए । जिल्लामा हरेक प्रकारका खेलाडीहरु छन्,ति खेलाडीहरुको पहिचान गरी तिनिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन सकियो भने जिल्लाको थप खेल क्षेत्रको बिकाश हुने उनले बताए । साथै जिल्लाको खेल क्षेत्रलाई थप सुधार गर्न गाँउ,गाँउ बस्ती,बस्तीबाट सबैले लागेको खण्डमा जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने उनको भनाई रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!