युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
412 पटक पढिएको

 ” कुसुम कान्छाेका ५ वटा गजलहरु”

१: मन पर्दैन छाेडेर जाउ के नै हुन्छ र ।
नाता साईनाे ताेडेर जाउ के नै हुन्छ र ।

मत आज पनि एक्लै भाेलि पनि एक्लै हाे,
तिमी अन्तै बाटाे माेडेर जाउ के नै हुन्छ र ।

भाग्यमा लेखिएको भए काेहि त आउलान् ,
अर्कै संग लगनगाठाे जाेडेर जाउ के नै हुन्छ र ।

बरु सकेसम्म म नै सजाएर राख्ने प्रयास गर्ने छु ,
तिमि दिलकाे तस्बिर फाेडेर जाउ के नै हुन्छ र ।

जब बाेट नै राेगले खाएर सकेकाे बेला पनि,
धेरै मलजल गरी गाेडेर जाउ के नै हुन्छ र ।

२:अभावै अभावकाे जिन्दगी बाच्न गाह्रो हुन्छ ।
मनभरी दुख पीडा छ खुसि साच्न गाह्राे हुन्छ ।

कति दुख पीडा गरेर कमाएकाे बा काे सम्पति ,
माेजमस्ति गरेर सधैभर मलाई मास्न गाह्रो हुन्छ ।

कति चाेट परेकाे छ मुटुमा मलाई मात्रै थाहा हाेला,
पीडा लुकाई दुनियाँकाे अगाडि हास्न गाह्रो हुन्छ ।

बरु अब अर्कै संग नाता साईनाे जाेड्नुपर्छ फेरि,
छाेडेर गएकी तिमी संग माया गास्न गाह्रो हुन्छ ।

बरु आउ तिमी पनि संगै रमाउली के नै हुन्छ र,
रङ्गमञ्चकाे अगाडि मलाई एक्लै नाच्न गाह्रो हुन्छ ।।

३: के थाहा जिन्दगीको मरेर आउन सक्छु ।
माफि नै नमिल्ने भुल गरेर आउन सक्छु ।

जिन्दगीका सारा खुसि तिमिलाई दिने सम्झेछु,
तिमिलाई पाउन सयाै खाेला तरेर आउन सक्छु ।

तिमी मेराे याे मुटुकि धड्कन हाै,मेराे श्वास हाै ,
थाेरै केही हुदा आकाशबाट झरेर आउन सक्छु ।

तिम्रो लागि याे मुटु,याे धड्कन पनि हाजिर छ ,
भनेर हेर तिम्रै घरतिर बसाई सरेर आउन सक्छु ।

माया भनेकाे सुन्दर फुलबारीकाे फुल हाे भन्छन्,
त्यहि बारीमा नै मायाकाे बीउ छरेर आउन सक्छु ।

४:नेपालीकाे छाेराे हु मत मर्न डराउन्न कहिल्यै ।
उर्लिदो साउने भेल पनि तर्न डराउन्न कहिल्यै ।

जसले पनि देशमा गिद्दे नजर लगाएर हेर्ने गर्छ,
उसकाे लागि पनि अहित गर्न डराउन्न कहिल्यै ।

लाखाै दुख पिडाहरु झेलेर भए नि लडिन्छ बरु,
देशमा ती खुसिका पल छर्न डराउन्न कहिल्यै ।

तिमी जस्ता टाउके बिटाउके कति आए कति गए,
लडेर मरिन्छ तर युद्घभुमिमा झर्न डराउन्न कहिल्यै ।

याे देशकै निम्ति बनेकाे हाे याे मेराे छाति पनि हेर,
धारिलाे हतियारकाे अगाडि पर्न डराउन्न कहिल्यै ।।

५: देशमा हत्या,हिसा गर्दै जाने जस्ता छन ।
एकएक गरी जनता मर्दै जाने जस्ता छन ।

ठुलाबलाहरु लाई केही पनि हुन्न रहेछ यहाँ,
गरिबलाई मात्र आँखा तर्दै जाने जस्ता छन ।

जनताकाे लागि केही पनि साेचेका छैनन्,
नेताहरु आफ्नै गाेजि भर्दै जाने जस्ता छन ।

आफुहरु सुख सयलमा रमाउछन्,खान्छन् ,
जनतालाई मात्र दुख छर्दै जाने जस्ता छन ।

यिनका यहि चालामालाले गर्दा आजभोलि,
दिनहुँ युवाहरु सिमा पारी सर्दै जाने जस्ता छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!