बल बहादुर बोहरा,बाजुरा/ जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ३ का सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ।नगरपालिकाको पहिलो वडामा अस्थायी निशा वितरण गरिएको राष्टिय भुमि आयोग बाजुराले जनाएको छ। वडा भित्र वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरीउको हो । जिल्लाका अन्य विभिन्न पालिकामा निस्सा वितरण गरीएको भए पनि बुढीनन्दामा पहिलोपटक सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधारमा र मापदण्ड २०७८ को अनुसूची ६ बमोजिम अनुसार निस्सा वितरण गरिएको छ। वडामा रहेका ६८ जनालाई निस्सा बितरण गरीएको बुढीनन्दा नगरपालिका वडा नं.३ वडा कार्यालयले जनाएको छ ।
राष्टिय भुमि आयोग बाजुरा र बुढिनन्दा नगरपालिकाको समन्वयमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासीको लाागी निस्सा बितरण गरीएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष जङ्गवीर रोकायाको अध्यक्षता संञ्चालन गरीएको निस्सा बिचरण कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य सोविता रोकाया, रहनुभएको थियो त्यसतै बिशिस्ट अतिथिमा राष्टिय भुमि आयोग बाजुराका अध्यक्ष जनक रोकाया रहनुभएको थियो । कार्यकममा वडा सदस्य पदम बहादुर बोहरा वडा सदस्य काली ल्वहार जिल्ला भुमि आयोग अमिन आनन्द कार्कि बुढिनन्दा अमिन बिराज कोइराला ,निवन खड्का,वडाका जनप्रतिनिधि सरकारी कार्यालयका कर्मचारी लगायत स्थानीयहरुको बाक्लो उपस्तिथिमा निस्सा बितरण गरीएको बताईएको छ ।