बैतडीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–६ का ५० वर्षिय शैलेन्द्र धानुक करेन्ट लागेर घाइते भएका हुन्।धानुकलाई आज (बुधवार) बिहान करिब १० बजेतिर करेन्ट लागेको हो। उनलाई सुर्नया गाउँपालिका –८ दोरा टोलमा विद्युतको लाइन तान्ने क्रममा बिजुलीको पोलमा विद्युत प्रवाह भएर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता नन्दराज जोशीले बताए।प्रवक्ता जोशीका अनुसार पोलमा चढेर लाइन खिचिरहेका धानुकको दाहिने हातमा करेन्ट लागेर जमिनमा बजारिएर घाइते भएका थिए। धानुकलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।