बाजुरा बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका १ काँडा डाब्रेतोलका ६८ वर्षीया दलसिंह बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुधबार राति साढे ११ बजे चट्याङमा परी डाब्रेतोल गाउँका अन्य १० जना घाइते भएका छन् । ती मध्ये एकजना गम्भीर घाइते भएको बताइएको छ । ।चट्याङ लागेर घाइते हुनेमा ६० वर्षीया पिउली बुढा, १४ वर्षीय अस्मिता बुढा, ५० वर्षीया पशु बुढा, ५० वर्षीय देब बुढा, ५५ वर्षीया कलु बुढा, ४५ वर्षीया कमला बुढा, ६२ वर्षीया झिरु बुढा, १४ वर्षीय चन्दा बुढा, ३५ वर्षीया तुली बुढा र ६५ वर्षीया धना बुढा रहेका छन् ।
धना बुढा भने शक्त घाइते छन् । भने अन्यको शरिर तथा हात खुट्टामा चोटपट लागेर सामान्य घाइते भएका छन्
।चट्याङ लागेर २ बाख्रा १ गोरु र १ गाई पनि मरेका छन ।











