गोबिन्द्र राज तिमिल्सेना,बाजुराः बाजुरा जिल्लाको मात्रै नभई नेपाल भरको प्रख्यात रमणिय पर्यटकीय स्थलको रुपमा चिनिने कालाजग्रा,पोरखेगढी पर्यटकीय क्षेत्र अहिले हिँउको घुम्टोमा सजिएको छ । केहि समययता सुख्खा डााडापाखाको बिचमा रमाइरहेको यो क्षेत्र अहिले पुरै हिँउको तन्नामा सुतिरहेको देखिन्छ । वरपरको रमाइलो दृश्य,सेताम्य भएका ति हँसिला हिमालहरु,सेताम्य हिँउ संगै नाँचिरहेका ति डाँफे,मुनाले झनै कालाजग्रा र पोरखेगढीको सुन्दरता बढाएको छ । बाक्लो हिँउको घुम्टोमा कालाजग्रा पोरखेगढी निकै सुन्दर देखिने गरेको छ । सिरसिरे चिसो,ठण्डा हावापानीले अहिले उक्त पर्यटकीय क्षेत्रमा जान निकै कठिन रहेको छ । चिसो अत्याधिक हुने उक्त ठाँउमा अहिले पनि मानिसहरु चिसो झेल्दै त्यहाँको भ्रमणमा जाने गरेका छन। भर्खरै मौषमा बदली आएसंग देशभर बर्षा र हिमपात भएसंगै बाजुराको यो क्षेत्रमा निकै बाक्लो हिमपात भएको छ । हिमपातले उक्त क्षेत्र निकै मनमोहक देखिएको छ । दुई पहाडको थुम्कोमा रहेको यो क्षेत्र अहलिे हिँउको दृश्यले निकै मनमोहक देखिएको छ ।
प्राकृतिक छटाले भरिपूर्ण धार्मिक तथा पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको क्षेत्र हो कालाजग्रा तथा पोरखेगढीमा बिभिन्न ठाँउबाट पुजा तथा भ्रमणको लागी मानिसहरु आउने गर्दछन् ।छिमेकी जिल्ला अछाम, दाचुर्ला,बझागं,हुम्ला,मुगु कालीकोट बाट पनि यस क्षेत्रको भ्रमणको लागी पर्यटक आउने गर्दछन् । प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका दृष्टिकोणले सुदूरपश्चिमकै पर्यटकिय क्षेत्रको हिसाबले यसलाई पनि लिने गरीन्छ । बाजुराको बडिमालिका पछिको पर्यटकिय क्षेत्रको हिसाबलाई यसलाई दोस्रो रुपमा लिने गरीन्छ । बडिमालिका पछिको पर्यटकिय तथा सुन्दरताको धनी यस क्षेत्रलाई लिने गरीन्छ । हिन्दुहरूको आस्थाको धरोहर कालीका माईको पुजा आजा गर्नको लागी टाढाटाढा बाट यहाँ मानिसहरु आउने गरेका छन् । यो क्षेत्र अहिले संरक्षण तथा प्रर्बद्धन,विकासको पर्खाइमा रहेको छ। शान्त डाँडाकाँडा, सिरसिरे हावा, कहालिलाग्दा भिरपाखा, अनि अहिले हिँउको दृश्यले बालाजग्रा,पोरखेगढी निकै दृश्यावलोकन गर्न लायक रहेको छ ।
भिरको बाटो, मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला चुचुरा, हेर्दै मन डराउने अग्ला डाँडाहरू, शृंखलाबद्ध पहाडहरू कसरी पार गर्ने,हेर्दा बेरै उकालो, कसरी पुग्ने भोक, थकान, पीडा, चिसो सिरेटोले मानिसहरुको ध्यान समेत त्यहि तिर तानेर प्रकृतिमा बिलिन गराइदिने त्यहाँको सुन्दरता निकै रमाइला सेताम्य डाँडापाखा,ले कालाजग्रा पोरखेगढी अहिले निकै रमणिय रहेको छ । पुश माघको महिनामा हिँउको घुम्टोमा सजिने र बैशाख जेठको महिनामा नौरङगे साडीमा उनिएकी अप्सरा जस्तै देखिने यो क्षेत्रमा घुम्ने सबैको मन हुदा हुदै पनि सबैका सपना साकार हुदैनन भिरको बाटो सिरटो चल्ने हुदा यहाँ कमजोरी मान्छे त झनै जानै सक्दैनन ,बशन्तको बहाफ लागे संगै यहाँ पर्यटको घुइचो अत्याधिक हुने गर्दछ । तर यो माघ महिनाको समयमा पनि पर्यटकको निकै घुँइचो रहेको पाइन्छ,मानिसहरु रमाइलो गर्न,हिँउ खल्न,कालीका देबिको दर्शन गर्न पनि अहिले हिँउको चिसामा यात्रा गर्दै मानिसहरु त्यहाँ जाने गरेका छन ।
जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ ढम्कने स्थित करिब ४२०० मिटरको उचाइमा रहेको कालाजग्रा त्यस्तै अर्को पर्यटकिय स्थल पोरखेगढी पछिल्लो समयमा पर्यटकिय गन्तब्यको रुपमा चिर परिचित हुदै आइरहेका छन । यि पर्यटकिय स्थलले बडिमालिका ७ को मात्र नभई सिंगो नेपालको पहिचान दिइरहेको छ । चिसो चिसो मौषमसंगै प्रकृतिको रमाइलो घुम्टोमा सजिएको कालाजग्रा,पोरखेगढी बाजुरा जिल्लाको एक रमणिय पर्यटकिय स्थल हुन् । बाजुरा सदरमुकाम मार्तडी बाट करिब तिन चार सय मिटरको पैदल यात्रा हिटेपछि उक्त स्थानमा पुग्न सकिन्छ । एक त बाटो कच्चि र साघुरो भएकाले सो स्थानमा पुग्न कठिन नै हुन्छ । सिरसिरे वतासले मुटुनै छेड्ने हावाको बहाफ जोड संग चल्ने भएकाले एकदमै चिसो हुनेहुदा बाक्ला बाक्ला कपडा लगाएर मात्र जान सकिने उक्त ठाँउमा बिभिन्न ठाँउको अवलोकन गर्न सकिन्छ । पुर्वमा बझाङको शैपाल हिमाल पश्चिमा सिन्तवा हिमाल उत्तरमा बुढिनन्दा नगरपालिकाका कहालिदा भिरपाखा र दक्षिणमा बडिमालिका पर्यटकिय क्षेत्रको दृश्य देख्न पाइने सो क्षेत्रमा डाँफे,मुनाल चिमाली कटुस हत्याजडी जडीबुटी संगै पशुपंक्षीको अबस्था पनि देख्न सकिन्छ ।
हिँउको तन्नामा अहिले कालाजग्रा तथापोरखेगढी रमाइरहेका छन । कालाजग्रा,पोरखे लेकमा अहिले आवतजावतमा पनि निकै असहजता भएको छ । यातायातका साधनहरु पनि अहिले कठिनमा साथ यात्रा गरीररहेका छन । खुला जमिन होस् वा डाँडामा सेतो कार्पेट बिछ्याएजस्तो देखिन्छ। हिउँ खेल्न पुग्नेहरूलाई हिउँको तन्ना बिछ्याएझैं लाग्दा छोडेर घर नफर्किउँ जस्तो लाग्छ। अहिले उक्त क्षेत्र पनि हिउँले स्वर्ग झैं बनेको छ। डाँफे, मुनाल जस्ता चराचुरुंगीको सुमधुर स्वरहरूले गुञ्जायमान रहेका छन । छन् । कालाजग्रा,पोरखेगढीमा बिहान सुर्यको किरणमा सेताम्य भएर मानिसको मन त्यतै तिर तानिरहेको हुन्छ । बिहाीपखको बसाईमा कालाजग्रा,पोरखेगढी झनै रमणिय देखिन्छ । यहा पर्यटक अहिले पनि हिँउ छिचोल्दै त्यहाँ जाने गरेका छन् बिषेषगरी कालाजग्रा तथा पोरखेगढीमा कालीका माईको दर्शन गर्न यो माघको चिसोमा पनि मानिसहरु त्यहाँ जाने गरेका छन। अर्को बिषेष कुरा त कालाजग्रमा गुफातालको दर्शन गर्न पनि पर्यटकहरु त्यहाँ जाने गरेका छन। कालाजग्राको केहि तल होचो फेदीमा निकै अनकन्टार गुफाताल रहेको छ । गुफाताल भित्र पानी रहेको छ ।उक्त तालभित्र जान भने निकै कठिन रहेको छ । अहिलेको समयमा यो ताल हिाँउको तन्नामा सजिएको छ । कालाजग्रामा अहिले पुरै हिाँउ मात्रै देख्न सकिन्छ ।सेताम्मे हिउँ भित्र लुकेको कालाजग्रा मन्दिर तथा पोरखेगढी भेट्ने सबैको इच्छा हुन्छ । अहिलेको यात्रा भने निकै कठिन रहेको छ। घुँडा हिउँमा धसेर छिचोल्दै त्यहाँ पुग्नु पर्ने बाध्यता रहेको छ । प्रकृतिलाईसोन्दर्यता दिन र वातावरण सुन्दर देखिने त्यहाँका रमणिय ठाँउले बिषेश भुमिका खेल्ने गर्दछन । प्रकृतिसंग रमाउन र प्रकृतिको काखमा खेल्न प्रकृति सुन्दर हुन जरुरी देखिन्छ । चारैतिरको सौन्र्दयताले मनको गाँठो चुडर लगोस र प्रकृतिको एक अमुल्य उपहार संग गाँसियोस त्यो नै प्रकृतिको गुण हो,प्रकृतिको सौन्दर्यता हो । प्रकृति धमिलो हुन नदिई सफा,स्वच्छ राख्न त्यहाँको ठाँउको सौन्र्दयताले ठुलो भुमिका खेल्ने गर्दछ । जसको उदाहरणको रुपमा बाजुराकोयस कालाजग्रा तथा पोरखेगढीलाई लिन सकिन्छ । यस ठाँउको वातावरण निकै सुन्दर,स्वच्छ,तथा मनमोहक रहेको छ । अन्य सेवा सुबिधा खासै नभएतापनि गोरेटो लदमार्ग भने निमार्ण गरीउको हो । पर्यटकलाई घुक्न सजिलो होस् भन्ने उदेश्यका साथमा पदमार्ग बाटो निमार्ण गरीएको छ ।त्यस्तै प्रकृति स्वर्ग झै अतुलनिय रहेको छ । त्यहाँको प्रकृतिको बारेमा त्यहाँ घुम्न आउने पर्यटकले छुट्टाछुट्टै वर्णन गरेका छन कसैले कालाजग्रा प्रकृतिको खानी कसैले सौन्र्दयताको धनि कसैले स्वर्गको टुक्राका रुपमा वर्णन गरेका । सरकारको नजरमा खासै नपरेतापनी बाजुराको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा बडिमालिका पछि कालाजग्रा तथा पोरखेगढीलाई लिने गरीन्छ ।
यो माघ महिनाको समयमा हिँउको घुम्टोमा सजिएर प्रकृति निकै रमाइलो बनाएको छ । बाजुरा जस्तो बिकट ठाँउमा सरकारको ध्यान नगएर मात्र यहाँको पर्यटकिय स्थलहरु ओझेलमा पर्न लागेका हुन तर तिनिहरुको सैरक्षण,पर्बद्धन हुने हो भने बाजुरा निकै प्रख्यात समेत बन्न सक्थ्यो । यस पर्यटकिय स्थलले प्राय सबै पर्यटको मन लोभ्याउन सम्भव भएको छ । कहाँलिलाग्दा भिरपाखा,अप्ठेरो साँघुरो बाटो मनै चुडेर लग्ने सिरसिरे बतासले गर्दा खासै यात्रा कठिन भएतापनि त्यहाँको सौन्र्दय यति रमणिय रहेको छ । कालाजग्रा पोरखेगढीमा अहिले हिँउ संगै डाँफे,मुनाल नाचिरहेका हुन्छन् । यस क्षेत्रमा चिमाली कटुस हत्याजडी जडीबुटी संगै पशुपंक्षीको अबस्था पनि देख्न सकिन्छ । बिकट ठाँउ र कहालिदो भिरपाखामा सो पर्यटकिय स्थल भएका कारण सरकाले त्यसको अवलोकन गर्न सकिरहेको छैन किनभने यातायातका साधन सो क्षेत्रमा नजाने हुदाँ त्यहा पुग्न कठिन हुन्छ । कालिका माताको मुर्ति र सो क्षेत्रमा पहाड भित्र बिचित्रताको ताल भएका कारण यो क्षेत्र पर्यटको नजरमा परेको हो,यता पोरखेगढीमा पनि निकै आर्कषक डाडापाखा तथा रमणिय क्षेत्र भएका कारण पर्यटकको संख्या ह्वात्तै बढेको पाक्ष्न्छ । यि क्षेत्रको दर्शन गरे सबै पाप नस्ट हुने परिवारमा सुख शान्ति हुनेहँदा सबै श्रदालुभक्तजनहरुले यहाँको दर्शन गर्ने गरेको पाइन्छ ।अहिले यो माघ महिनाको समयमा भने कालाजग्रा,पोरखेगढी हिँउको घुम्टोमा आफै रमाइरहेका छन । सेताम्य वरपरका डाँडापाखा,हासिरहेका हँसिला हिमालहरुले कालाजग्रा,पोरखेगढीको सौन्दर्यतालाई निकै बढवा दिई रहेका छन। हिँउको तन्नामा सुतिरहेको कालाजग्रा पोरखेगढी टाढा बाट हेर्दा पनि उत्तिकै आर्कषक देखिन्छ । मानिसहरुको मन नै त्यहि चुडेर लगेको आभास समेत हुन्छ ।यस्तो हिाँउको पहाडमा रमाइरहेको कालाजग्रा,पोरखेगढीमा अहिले मानिसहरु हिँउ खेल्न,त्यहाँको वरपरको वातावरण नियाल्न,कालीका देविको दर्शन गर्न अहिले पनि मानिसहरु त्यहाँ गईरहेका छन् । यस्तो चिसोमा पनि जानै मन लाग्ने उक्त क्षेत्र झन सेताम्य हिँउमा निकै रमाइलो देखिने गरेको छ । मानिसहरु हिँउमा खेल्दै,रमाइलो गर्दे त्यहाँ जाने गरेक छन। सबैको घुलमिलमा डुल्नुको मजा र कालाजग्रा संगै पोरखेगढीको सुन्दरतामा भुल्नुको मजा निकै बेग्लै रहेको छ । प्राय मानिसहरु सबैको साथमा रम्नुको साटो यो सुन्दताको भ्रमणमा जाने गर्दछन किनभने प्रकृतिसंग रमाइलो गर्नु जस्तो अनुपम उपहार अरु कुनै हुन सक्दैन । लामो समयपछि हिउँदमा भरिभराउ हिउँ परेका कारण अहिलेकालाजग्रा र पोरखेगढी निकै रमणिय देखिएका छन । हिाँउमा चिप्लेटी खेल्न, प्रकृतिसंग न्यानो माया गाँस्न,वनभोज तथा रमाइलो गर्नको लागी आन्तरिकतथा बाह्य पर्यटकहरु अअिले धमाधम त्यहाँ गईरहेका छन ।
छिनछिनमा मौसम परिवर्तन भइरहने यि ठाउँमा अहिले हिँउमा रमाउनको लागी पर्यटकहरु निकै जाने गरेका छन । पुश महिनादेखि फागुन महिनासम्म सम्म यहाँका डाँडापाखा तथा हिमालहरु नौरंगे साडीमा बेहुली जस्तै सजिएर बसेका हुन्छन, सेताम्य ति हिमाल,समथल फाँटले मानिसको मन निकै लोभ्याउने गरेको छ । यो माघको महिनामा अहिले कालाजग्रा तथा पोरखेगढी हिउँको दृश्यमा रमाइरहेका छन। हिँउ नपर्दा सम्म प्राय कसे पर्यटकको आगमन नभएको यि क्षेत्रमा जब हिँउ परेपछि धमाधम घुम्न आँउने पर्यटकको लामो घुँइचो लागेको छ । विशेषगरी शान्त एवं मनोरम वातावरण, उपत्यका जस्तो क्षेत्र र घाँसेमैदान यस षेत्रमा रहेका छन । हिँउको तन्नामा सुतिरहेका त्यहाँका जडिबुटी,पनि आफैमा सुन्दर देखिन्छन । धार्मिक तथा ऐतिहासिक सम्पदाका हिसाबले कालाजग्रा तथा पोरखेगढी निकै रमाइला तथा चाखलाग्दा घुम्न लायक स्थल रहेका छन । जिल्ला सदरमुकामबाट कच्ची सडक हुँदै जिप तथा पैदलको सहायताले यि क्षेत्रमा पुग्न सकिन्छ ।