बाजुराः नेपाल प्रेस युनियन जिल्ला सदस्यमा मनोनीत मालती घटालालाई सामुदायिक रेडियो अपिले स्वागत तथा बधाई दिएको छ ।बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम ८८ मेघाहर्जमा समाचार सहायकको रुपमा काम गर्दै आउनुभएकी मालती घटलालाई रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा बसेको प्रेस युनियनको तेस्रो बैठकले शुक्रबार उहाँलाई सदस्यमा मनोनीतत गरेको थियो । आज घटाला लाई रेडियो अपिको कार्यालयमा अबिर तथा दोसल्ला ओढाएर टीका ग्रहण गरेर बधाई दिइएको रेडियो अपिका प्राविधिक प्रमुख दृष्ट न्यौपानेले लोकतन्त्र बिहानी न्युज लाई जानकारी दिनुभयो ।
उहाँको प्रगतिको उच्च समान गर्दै थप कार्यकालको शुभकामना दिदै बधाई दिएको सामुदायिक रेडियो अपिले जनाएको। आइतबार बिहान एक अनौपचारिक कार्यकमका बिच प्रेस युनियन सदस्य घटालालाई रेडियो परिवारले बधाई संगै शुभकामना दिदै सफल कार्यकालको कामना गरेका छन।