बाजुराः जिल्लाको बुढीन्दा नगरपालिका कोल्टीमा संञ्चालन गरीएको १४ औं जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुढीनन्दा नगरपालिकाले हात पारेको छ ।
कोल्टीको जनप्रकाश माध्यामिक बिद्यालयमा गत माघ १५ गतेबाट संञ्चालन भएको १४ औँ जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बुढीन्दा नगरपालिकाले अन्य ८ वटा पालीकाहरुलाई पछि पार्दै १८ स्वर्ण, २१ रजत र ३ कास्य सहित प्रतियोगिताको बिजेता बन्न सफल भएको हो । १४ औँ जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा बुढीनन्दा नगरपालिका प्रथम, बडीमालिका नगरपालिका द्धितिय र खप्तड छेडेदह गाउँपालिका तृतिय भएका आयोजक जिल्ला खेलकुद समिति बाजुराले जनाएको छ । ।
प्रतियोगितामा उपाधी जित्न सफल बुढीनन्दा नगरपालिकाले १८ स्वर्ण, २१ रजत र ३ कास्य प्राप्त गरेको छ त्यस्तै दोश्रो हुनेमा बडीमालिका नगरपालिकाले १८ स्वर्ण, १४ रजत, ६ कास्य र तेश्रो हुने खप्तड छेडेदह गाउँपालिकाले ८ स्वर्ण, १४ रजत र ४ कास्य हात पारेका छन । त्यस्तै बुढीगंगा नगरपालिकाले ७ स्वर्ण १ रजत ३ कास्य प्राप्त गरी चौथो भएको छ । त्यस्तै क्रमशः त्रिवेणी नगरपालिका २ स्वर्ण ८ रजत, ६ कास्य,स्वामिकार्तिक खापर गाउँपालिका ६ स्वर्ण २ रजत ४ कास्य,गौमुल गाउँपालिका ४स्वर्ण ३ रजत र ० कास्य प्राप्त गरेको छ । जगन्नाथ गाउँपालिकाले २ स्वर्ण २ रजत ४ कास्य र हिमाली गाँउपालिकाले ० स्वर्ण,० रजत १ कास्य प्राप्त गरेको छ । यहि माघ १५ गते सोमवार नेपाली काँग्रेसका सहमहामन्त्रि तथा प्रतिनिधि सभाका सदस्य ब्रदी प्रशाद पाण्डेले उद्धघाटन गर्नुभएको उक्त प्रतियोगिता करिब सातौ दिन पछि सम्पन्न भएको छ ।आँउदो बर्षको १५ औ जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता बुढीगंगा नगरपालिकामा हुने भएको छ ।