काठमाडौं – एसिसी प्रिमियर कपमा नेपालले कतारलाई दुई सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी खेलमा नेपालका दिपेन्द्रशिंह ऐरीले अन्तिम ओभरको ६ बलमा सबै छक्का प्रहार गरेका छन । अब कतारले बलिङ गर्ने छ भने नेपालले फिल्डिङ गर्ने छ ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपालले दोस्रो खेलमा कतारलाई २११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। नेपालका लागि ओपनर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे।
आशिफले ४१ बलमा ६ चौकाको मद्दतले अर्धशतक प्रहार गरे। उनले जम्मा ५२ रन बनाएका हुन्। यस्तै दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा नटआउट ६४ रन बनाए।