बाजुराः पकेट क्षेत्रमा खोर,गोठ सुधार कार्यक्रमका लागी निवेदन पेश गर्न बडिमालिका नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले आग्रह गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दे बडिमालिका नगरपालिका पशु सेवा शाखाको चलानी नम्बर १९३६ मिति २०८१ बैशाख ९ गतेको प्राप्त पत्रअनुसार आर्थिक बर्ष २०८०,८१ मा सुदुरपश्चिम सरकारबाट अनुदान प्राप्त पकेट क्षेत्रमा खोर गोठ सुधार कार्यक्रम रहेकोले इच्छुक वडाबासीहरुले निवेदन पेश गर्न वडा कार्यालयले सूचना मार्फत भनेको छ ।
बडिमालिका नगरपालिका ८ भित्र रहेका कृषक,कृषक समुह,कृषि फर्म र सहकारी संस्थाले मिति २०८१ बैशाख २३ गतेसम्म कार्यालय समयभित्र यस वडा कार्यालयमा निवेदन पेश गर्न सकिने जनाएको छ । निेवेदन पेश गर्दा अनुसुची १ बमोजिमको निवेदन,अनुसुची २ बमोजि तोकिएको ढाँचामा तयार पारिएको प्राबिधिक र आर्थिक प्रस्ताव,नेपाली नागरिकताको प्रतिलिपि,सम्बन्धित वडा कार्यालयको सिफारिस,कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व देखिने जग्गाधनी लालपुर्जाको प्रतिलिपि,जग्गा भाडामा लिएको भए कम्तीमा ५ बर्षको मन्जुरीनामा वा सम्झौता पत्र ,कृषक समुह,सहकारी कृषि फर्महरु यस कार्यालयमा दर्ता नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपि,र करचुक्ता प्रमाण पत्रको प्रतिलिपि लगायत कागजात साथमा ल्याई निवेदन पेश गर्न सकिने जनाइएको छ
तोकिएको मितिसम्म इच्छुक वडा भित्र रहेका कृषकहरुले सम्पुर्ण कागजात सहित बैशाख २३ गतेसम्म बुझाईसक्न वडा अध्यक्ष चन्द्र बहादुर थापाले हस्ताक्षेरित गरेको सूचनामा भनिएको छ ।
सूचना यहाँ रहेको छ …