युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
153 पटक पढिएको

बाजुराः जिल्ला प्रसाशन कार्यालय मार्तडी बाजुराले सदरमुकाम मार्तडी देखि कोल्टीसम्म बस सेवा सञ्चालनका लागी अस्थायी अनुमति दिने निर्णय गरेको छ । आज प्रसाशन कार्यालयमा बसेको सर्वदलिय बैठकले बस संञ्चालनको सो निर्णय गरेको हो । बस सेवा संञ्चालनको लागी अस्थायी अनुमति दिइने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभएको छ ।

मार्तडी दखि कोल्टी सडक खण्डमा दिवा तथा रात्रि बस सेवा संञ्चालन गर्न सुझाव सहित स्थानिय जनता तथा यात्रुले पटकपटक ज्ञापन पत्र बुझाउने गरेको,जगन्नाथ यातायात सेवा प्रा.ली.जगन्नाथ गाउपालिका १ पिलुचौर बाजुराको पत्र संख्या २०८०,८१ चलानी नम्बर ७ मिति २०८० चैत्र २२ गते को अनुमति सम्बन्धमा बिषयको पत्रबाट मार्तडी देखि कोल्टी सडक खण्डमा बस सेवा संञ्चालन गर्न अनुमति दिन हुन भनी माग गरेको तथा सुदुरपश्चिम यातायात प्रा.ली.ब्यबसायी र भेरी लगायत ब्यबसायी संघबाट स्थलगत निरिक्षण गरी बस सेवा संञ्चालनको लागी अस्थायी अनुमती माग गरेको सन्दर्भमा तथा मिति २०८० चैत्र २६ गतेका दिन जिल्ला प्रसाशन कार्यलयमा बसेको सुरक्षा निकायाका प्रमुख,सहितको सर्वदलिय बैठकबाट सहमती भईसकेको आधारलाई मध्यनजर गर्दे बस सेवा संञ्चालनको लागी अस्थायी अनुमति दिने निर्णय गरीएको अधिकारी पौडेलले बताउनुभएको छ ।

बैठकबाट बस सेवा संञ्चालनका लागी बिभिन्न निर्णय सहित अनुमती दिएको हो । रात्रि बस सेवाको लागी ८ बर्ष ननाघेका र दिवा बस संञ्चालनको लागी १० बर्ष ननाघेका ५ वटा बस हुनु पर्ने निर्णय गरेको छ । त्यस्तै बुढीनन्दा,बडिमालिका,र बुढीगंगा, नगरपालिकाहरुले आकस्मिक रुपमा आइपर्ने सामान्य खालका मर्मत सम्भारका काम गरी सडक सुचार गराउन सहयोग समेत गर्ने निर्णय गरेको छ । त्यस्तै भाडा दर निर्धारणमा ग्राभेल सडकको हकमा प्रति कि.मि १० रुपैया दरले हुन आउने रकम बराबर भाडा कायम गर्ने निर्णय गरीएको छ । त्यस्तै सडकको वरपर रहका संरचना आआफ्नो क्षेत्रमा पालिकाले हटाउन सहयोग गर्ने र निमार्ण गरीएका संरचनाको क्षतिपुर्तिका सन्र्दभमा नेपाल सरकारले निति नियम अनुसार आबश्यक सहयोग गर्न पहल गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभएको छ ।

बस सेवा संञ्चालनको लागी अनुमती दिइएको भएपनि बस सेवा संञ्चालन गर्न समस्या हुने बस चालकहरुले बताएका छन् । निमार्ण कम्पनीको चरम लापरवाहीका कारण अहिलेसम्म पनि मार्तडी कोल्टी सडक खण्डको राम्रो स्तर उन्नती हुन सकेको छैन् । दिनहुँ चल्ने जिपहरुलाई बेलाबेला समस्या हुने गरेको छ तर बस सेवा संञ्चालन गर्दा बस संञ्चालनमा निकै समस्या आउने बस चालकहरुले बताउने गरेका छन् । लामो समयसम्म बस स.पा संञ्चालन नहुँदा यात्रुहरुले जिपमा महंगो भाडा तिरेर मार्तडी देखि कोल्टी र कोल्टी बाट मार्तडी हुने गरेका थिए । सडकको राम्रो स्तर उन्नती भए संगै बस सेवा संञ्चालन हुँदा अलि सहजता मिल्ने यात्रुहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!