युनिकोड    राशिफल    एफएम रेडियाे                        
416 पटक पढिएको

बाजुरा- बाजुरामा एक महिला मृत फेला परेकी छन् । सोमबार बिहान बडीमालिका नगरपालिका ६ कोर्ध स्थायी घर भएकी अन्दाजी ४५ वर्षीय धौली बडुवाल  गाउँकै बुढाकोर्ध लेखमा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले दिएको जानकारी अनुसार प्रहरीको टोली घटना स्थल पुगेको छ । बिहानै जिल्ला प्रहरी कार्यालय बाट हिडेको प्रहरीको टोली टाढा भएकाले धेरै समय लागेको उनले बताएका छन् । आफन्तले हत्या गरेको दाबी गरेपनि घटना संकस्पद छ भन्ने जानकारी घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले दिएको डिएसपी गिरीको भनाई छ । मृतक बडुवालका १ छोरा र एक छोरी छन् । तर मृतक बडुवाल भने घर देखी माथि बुढाकोर्ध लेखमा एक्लै बस्दै आएको बुझिएको प्रहरी प्रमुख गिरीले बताएका छन् ।

उनले भने, “भरखरै टोली पुगेको छ, निकै टाढा रहेछ, मृत फेला परेको महिला लेखेमा एक्लै बस्ने रहेछन् , उनकी एउटी छोरी भएपनि उनी घरमै बसेको भन्ने जानकारी घटना स्थलतर्फ खटिएको टोलीले जानकारी दिएको छ, अहिले नै यो नै हो भनेर भन्न सकिन्न, अनुसन्धान पछि मात्रै थाहा होला”घटनास्थलको मुचुल्का उठाउने काम अहिले भैरहेको पनि जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलिप कुमार गिरीको भनाई छ । मृतकको शव पोष्ट मातमका लागि जल्ला अस्पताल बाजुरा लिने तयारी भैरहेको पनि प्रहरीको भनाई छ। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृतक महिलाका आफन्तका अनुसार उनी लेखमा बस्दै आएकी थिइन् । उनको साथमा एक छोरी पनि बस्दै आएकी थिइन् तर छोरीको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । बिहान छिमेकी घटना बारे जानकारी पाएको आफन्त खडक बडुवालको भनाई छ । बिहान करिब ७ बजेसम्म गाउँ बाट घाँस काट्न लेख जाने महिलाहरु पुगेर बोलाउन खोज्दा धोका बन्द भएपछि खोलेर हेर्दा बिभत्स हत्या गरिएको अवस्थामा मृत भेटिएको बडुवालले बताए । लेखमा एक्लै बस्ने गरेको मौका छोपेर बिभत्स हत्या गरेको उनको भनाई छ ।

शरिरका विभिन्न भागमा गहिरो चोट लागेकाले जसले गरेपनि हत्या नै गरेको उनको भनाई छ । अहिलेसम्म सम्म कुनै व्यक्ति माथि आफुहरुको आशंका नरहेको पनि उनले बताएका छन् । उनले भने ” मुखमा टाउकोमा, लगायत अन्य धेरै ठाउँमा चोट लागेको छ, कसले कुटपिट गरेरै हत्या गरेका हुन्, तर कसले गर्यो त्यो भने हामी कसैलाई जानकारी छैन”  मृतकका श्रीमानको धेरै पहिला नै मृत्यु भैसकेको छ । तर यता जिल्ला प्रहरी कार्यालयले भने प्रहरीको टोली घटना स्थल पुगेर अनुसन्धान गरिरहेकोले अहिले नै मृत्यु के कारणले भएको भनेर एकिन अहिले नै भन्न नसकिने जनाएको छ ।

नेशान पाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!