युनिकोड    राशिफल    एफएम रेडियाे                        
786 पटक पढिएको

बाजुरा- जिल्लाकाे बडिमालिका नगरपालिका ६ कोर्ध बस्ने ४५ बर्षिय धौली बडुवालको बलत्कार पछि विभत्स तरिकाले हत्या भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

स्थानिय हर्क बडुवालका अनुसार उनको बलात्कार पछि कुटपिटबाट हत्या गरेको दाबि गरेका छन् । धौली बडुवाल कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेखमा गाइबस्तु सँगै गोठ छानामा बस्दै आएकि थिईन् । धौली छाना भित्र सोमबार बिहान आफन्ते मृतक अवस्थामा फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यलय बाजुरा प्रमुख तथा डिएसपी दिलिप कुमार गिरीले भने बलात्कार पछि हत्या हो, वा अन्य कुनै कारण हो त्यसको अनुसन्धान भइरहेको वताएका छन् । मृतक धौलीको टाउको र अनुहारमा गम्भिर चोट रहेको छ । घर ढोका र उनि सुताइएको नजिकै रहेको अदानीमा समेत रगत लागेको प्रहरीले जनाएको छ ।

कारण के हो अनुसन्धान भइरहेको छ, कुटपिट बाट हत्या भएको प्रहरीले जनाएको छ । उनि सँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने उनकै शरिरमा रहेका थिए । उनलाइ लुटपाट गर्ने उद्देश्यले हत्या नभएको अरु नै कारण भएको प्रहरीले बताएको छ । बलात्कार पछि हत्या भएको प्रहरीले पनि आशंका गरेको छ । धौलीको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । पोष्टमार्टम पछि भेजनल स्वाव निकालेर ल्यावका लागि काठमाडौ पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

भेजनल स्वावको परिक्षण पछि बल्तकार पछि हत्या भए नभएको जानकारी हुने प्रहरीले वताएको छ । अनुसन्धानका लागि तिनजनलाइ प्रहरीले नियन्त्रणमा लगेको छ । धौलीको टाउको पछाडी र अनुहारमा गम्भिर चोट रहेको छ । खुडा माथि छातिमा निल र डाम रहेको प्रहरीले जनाएको छ ।

धौलीका श्रीमान नन्द बडुवालको २४ बर्ष पहिला नै मृत्यु भइसकेको छ । उनि सधै अशक्क्त छोरी सँग बस्ने गरेकि थिईन् । छोरी दुइदिन अघि महिनावारी भएपछि बुढाकोर्ध बाट कोर्ध गाउँ झरेकी थिईन् । धौली एक्लै बस्दै आएकि थिईन् । सोमबार बिहान ७ बजे सम्म उनि कतै नदेखिएपछि नजिकै छानोमा बस्दै आएकी जमुना बडुवाल धौली बस्ने ठाउँ पुगेकी थिईन् ।

छानाको ढोका लगाइएको थियो, भित्र खोलेर हेर्दा सुताइएको थियो । पुरै अनुहार भरी चोट र शरिर भरि रगत रहेको थियो । ओछ्यानमा सुताएझै सुताएर उनको शव राखिएको जमुनाले बताईन् । धौलीका छोरा नृप बडुवालले भने लुटपाट उद्देश्यले हत्या नभएको बताए । आमाको शरिरमा लगाएका गहना र उनि सँग भएको पैसा साथमै छन्, आमाको बलात्कार पछि हत्या नै भएको छोराले बताए । हत्या गुर्नपर्ने अरु के कारण थियो, बलात्कार भयो त्यसपछि अरुलाइ भन्ने डरले हत्या गरेको छोरा नृपले बताए । धौली हत्याको अनुसन्धानका लागि प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । आफन्तले पोष्टमार्टम गरेर लास उठाएका छन तर दाेषिलाई कार्वाहि नगरे न्यायका लागि कडा रुपमा खबदारीमा उत्रिने बताएका छन ।

प्रहरीले अनुसन्धान जारी राखेकाे तर वास्तविक घटनाकाे तथ्य पाेष्टमाटम रिपाेर्ट आएपछि खुल्ने बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!