लोकतन्त्र बिहानी न्युज,बाजुराः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य ,पुर्व उद्योगमन्त्रि समेत रहेका कर्णबहादुर थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) लाई आफै नसच्चिएको खण्डमा जनताले सच्याउँने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋृषि धमाला संग कुराकानी गर्दे उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकार धमालाले बालेनले राम्रो काम गरेर जनताको मन जित्न सफल भएको प्रश्नको जवाफमा नेता थापाले मेयर शाहलाई उहाँले बिभिन्न कुरामा जवाफ दिदै काठमाडौँ महानगरको फोहर मेला ब्यबस्थापनको ब्यबस्थित ढंगले ब्यबस्थापन गर्न उहाँले कुनै निकास दिनुभयो,उहाँले सक्नुभयो,उहाँले कुनै सुब्यबस्थित ढंगले काम सम्पन्न नगर्ने र आफु स्टाण्ड बाजीको पछाडी लाग्ने कुराले त्यस्तो कार्यको कुनै पनि अर्थ नरहेका कारण उहाँले अर्थहिन काम गरेको र आफुले सम्पन्न गर्ने काम नगर्ने र लोकप्रिय हुन अथवा चर्चा कमाउँन जे पायो त्यहि गरेर बोलेर हुन्छ भन्ने ठान्नुभएको छ भने त्यस्तो नगर्न र आफैलाई सच्चिन भन्दै उहाँले मेयर शाह माथि आरोप लागाएका हुन् ।
नेता थापाले मेयर शाहलाई आफै सच्चिन अभिब्यक्ति दिदैँ यस्ता खालका कार्य नगर्न पनि भनेका छन् । चर्चा कमाउनै को लागी जे पायो त्यहि कार्य गरेर जनताको मन मुटुमा बस्न सफल भईदैन् बरु सफल कार्य गरेको खण्डमा सबैलाई राम्रो हुने हुँदा उहाँ सर्वप्रथम सुध्रिनु पर्ने नेता थापाले बताएका हुन् । मेयर शाहले एमाले अध्यक्ष वलीमाथि लगाएको आरोप्रति नेता थापाले तथ्यहिन बिरोध लोकतन्त्रमा आधारित नभएको र बिभेद भएको बताउदै मेयर शाहले एमाले अध्यक्ष वलीमाथि लगाएको आरोप सत प्रतिशत गलत रहेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीमाथि लगाएको आरोपको कुनै पनि सानो तथ्य अगाडी सार्नु सक्नुहोस,कुरा बाहिर ल्याउन सक्नुहोस अनि मात्र कुरा हुने नत्र खाली कसैलाई आरोप लगाउन नपाइने उनले बताए । प्रचार गरेर कसैलाई बदनाम गर्नको निम्ती त्यसको कुनै पनि अर्थ नभएको त्यो अर्थहिन कुरा र समयको बर्बादी भएको उनले बताएका हुन् ।बिनाकारण कसैलाई आरोप लगाएर मेयर शाह रमाउँनु भएको भए नरमाउँन पनि म आग्रह गर्छु,नेता थापाले बताए । मान्छेलाई आरोप लगाएर लोकतान्त्रिक मुल्य र मान्यता प्रणाली मजबुत नहुने उनको भनाई रहेको छ ।
काठमाडौ महानगरपािलकामा कसैले गर्न नसकेको काम मेयर शाहले गरीरहेको प्रश्नको जवाफमा नेता थापाले मेयर शाहले जोडर लगेर जाने,अनि सार्वजनिक सम्पती भत्काउने,सार्वजनिक ठाउँमै सार्वजनिक कामका निम्ती नै सरकारले लगानी लगाएर क्रियापुर्ती भवन बनाएको कुरा निकाल्दै उक्त सार्वजनिक भवन सबैलाई चाहिने हो तर त्यहाँ नै गएर उहाँले डोजर लगाउनु त्यो राम्रो कार्य हो , त्यो राम्रो कार्य नभई निन्दनीय रहेको उनले बताए । कसै मान्छेले ओहो वालेन शाह गजव हो भन्दै आफु गजन हुनका निँती काम गर्ने की जनताको हक हितका निम्ती काम गर्ने,भोली यस्तै पर्यो भने मान्छे प्रतिबादमा आउँछन् त्यो प्रतिबाद गर्ने बेला उहाँ एक्लो हुनुहुन्छ ,र लखेटिनु पर्छ नेता थापाले बताएका छन् ।
राज्यको सम्पती कुनै ब्यक्ति दोहन गर्न नमिल्ने र निजि बनाउन नमिल्ने संगै सार्वजनिक सम्पती सार्वजनकि कामकै लागी प्रयोग गर्न नमिल्ने कुरा नेपालको कुन कानुन कुन संबिधानमा लेखिएको छ तर मेयर शाहले त्यो गरीरहेको बताउँदै यस्तो कार्य प्रति सच्चनि आबश्यक रहेको बताएका हुन् । मेयर शाह स्ट्याण्ड बाजीमा बढी रहेको बताउदै यस्तो कार्यले समाजको हित नहुने काममा नलाग्न पनि उहाँले मेयर शाहलाई आग्रह गरेका छन् । उहाँको राम्रो कार्यको पछाडी नेकपा एमोलेको सहयोग रहनेछ महानगरमा एमालेका प्रतिनिधि छन् उहाँको पनि सहयोग रहने छ तर उहाँको स्ट्याण्ड बाजीको पछाडी नेकपा एमाले कुनै पनि हालतमा नलाग्ने उनले बताएका हुन् ।
पत्रकार ऋृषि धमालाले बालेनको पछाडी एमालेका वडाअध्यक्ष,प्रतिनिधि,उपमेयर,लुलुलुरु हिडिरहेको कुराको जवाफमा नेता थापाले उहाँले गरेको राम्रो काममा एमालेको स्पस्ट निर्देशन रहेको छ मेयर शाहका राम्रो कामको पछाडी पार्टीका नेताकार्यकर्ता,अध्यक्ष,उपमेयर लागेको र एमालेले प्रशंसा गरेको तर नराम्रो कामको पछाडी कदापी नलागेको उनले बताए। मेयर शाहलाई जनताको हक हितमा काम गर्न उनले आग्रह गरेका छन् । कटाक्षपुर्व कसैलाई दोष लगाउनु ,कुनैपनि सार्वजनिक सम्पतीमाथि दोहन गर्नु , कसैलाई डरधम्कीका साथ चेतावनी दिएर काम गर्नु नराम्रो भएका कारण मेयर शाहले यो कुरामा आफै सच्चिएर अगाडी बढेको खण्डमा राम्रो हुने यदि नसच्चिएको खण्डमा जनताले सच्याउँछन् त्यसकारण सहि ,सत्य,कुरालाई अगाँलेर दैनिक काम कार्य अगाडी बढाउँन मेयर शाहलाई अनुरोध गरेका छन् ।