युनिकोड    राशिफल    एफएम रेडियाे                        
330 पटक पढिएको

बाजुराः जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्वाचित संघिय र प्रदेश सांसदहरुले पुल सार्ने प्रयास गरेको भएतापनि उनिहरुको पहुँच नपुगेरै पहल नभई जिल्लाको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज अहिले प्रयोग बिहिन भएको स्थानियहरुले बताएका छन् । पक्की पुल निमार्ण भएको तिन बर्ष बितिसक्दा पनि उक्त बेलिब्रिज अन्य ठाउँ सार्ने प्रयास भएको छैन् । अन्य ठाउँमा उक्म्त बेलिब्रिज सार्ने पहल नहुँदा नदीमै पुल थन्किएको छ । चुनावको बेला खोक्रा भाषण गरेर सुनाउने बाजुराबाट प्रतिनिधित्व गर्ने संघिय र प्रदेश सांसदहरुले तिन बर्ष सम्म पनि कुनै पहल नगर्दा उक्त बेलिब्रिज अहिले प्रयोगबिहिन बनेको स्थानियहरुले आरोप लगाएका छन् ।

जिल्लाका अन्य सडकखण्डका नदिहरुमा पुलहरु बन्न सकेका छैनन् तर बुढीगंगा नदिमा भने दुई वटा पुल रहेको भए तापनि अन्यन्त्र सार्ने प्रयास भएको छैन् । जिल्लाको मार्तडी कोल्टि सडक खण्डका तिन ठुला नदि र काँडा आटिचौर मार्तडी जोड्ने सडक खण्डको भौनेरा नदिमा मा पुल निर्माण नहुदा अहिले बर्षातमा यातायात पुर्ण रुपमा ठप्प हुने गरेको छ ।बुढीगंगा नदिमा प्रयोग बिहिन रहेको बेलिब्रिज अन्य यि नदिहरुमा सारिदिएको खण्डमा अलि राहत मिल्ने स्थानियहरुको भनाई रहेको छ । उक्त अलपत्र बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने माग स्थानियहरुले बेलाबेला गरेको भएता पनि सुनुवाई भने हुन सकेको छैन् भने अन्यन्त्र सार्ने कुनै योजना समेत बनेको देखिदैन् । अँय ठाउँमा पुल नहुँदा स्थानियहरुले बर्षातको समयमा निकै दुःख कष्ट भोग्नुपर्ने बाध्यता रहेको छ । तर यता बुढीगंगा नदिमा भने एउटा पक्की पुल एउटा बेलिब्रिज रहेको छन् जुन अहिले पक्की पुल संञ्चालनमा छ भने बेलिब्रिज तिन बर्ष देखि प्रयोगबिहिन बनेको छ अन्य ठाउँमा सार्न सकिएको छैन् ।

लामो समयसम्म उक्त बेलिबिज्र सार्नको लागी प्रदेश र संघ सरकार बाट बजेट ब्यबस्थापन हुन नसक्दा बेलिब्रिज अलपत्र अबस्थामा रहेको छ । बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते आएको बाढीले बेलिब्रिज बगाएको थियो भने तत्काल सडक बिभागले ठेक्का खोली ५ महिना पछाडी अर्थात माघ महिना बाट उक्त बगाएको बेलिब्रिज संञ्चालनमा ल्याएको थियो । त्यस लगत्तै एक बर्ष पछाडी उक्त खोलामा पक्की पुल बनिसके पछाडी अहिले उक्त बेलिब्रिज नदि माथी अलपत्र अबस्थामा रहेको छ । उक्त बेलिब्रिज कता सार्ने भन्ने बारेमा कुनै पनि योजना बन्न सकेको छैन् । जिल्लाका अन्य ठाउँका निदहरुमा पुल नहुँदा निकै समस्या भईरहेको छ । दैनिक आवतजावत लगायत अन्य कामकाजहरु समेत बर्षायाममा ठप्प हुने गरेका छन् । जिल्ला बाजुराका हरेक नदिहरुमा पुलहरुको आबश्यक रहेको छ तर उक्त बेलिब्रिज भने तिन बर्ष बितिसक्दा पनि अन्त कतै सार्न सकिएको छैन् ।

जिल्लामा बेलिब्रिज स्थानान्तरणको लागी बेलाबेला सर्वदलिय बैठक बसेको भए पनि अहिलेसम्म कुनै खास योजना बनाउन नसकिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन् । आफु जिल्ला बाजुरामा आईसके पछाडी आफुले बेलिब्रिजको स्थानान्तरण गर्नको लागी आफ्नो क्षेत्रबाट समन्वय सहकार्य पहल गरीरहेको बताएका छन् । बिशेषत यस बिषयमा जिल्लाबाट प्रतिनिधित्व गर्ने माननियहरुले यसबारे चासो दिनुपर्ने उहाँले बताएका छन् । माननियहरुले चाँसो नदिएको भन्ने होइन् तर कडारुपमा चासो नदेखाएका कारण कुनै योजना बन्न नसकी अन्त सार्न नसकिएको उनले बताएका छन् । बेलब्रिज नदि माथि लामो समयसम्म थन्किरहँदा अन्य पुल नभएका ठाउँहरुमा समस्या भईरहेको उनले बताए । यदि बेलब्रिज अन्त कतै ठाउँमा स्थानान्तरण गरेको खण्डमा केहि राहत मिल्ने थियो अधिकारी पौडलले बताएका छन् ।

बेलिब्रिज अन्त स्थानान्तरण गर्नको लागी कुनै पनि संघिय र प्रदेश सांसदहरुले खासमा पहल नगरीएको पाइएको छ । लामो सयसम्म नदिमाथि बेलिब्रिज थन्किदा अन्य ठाउँको लागी निकै समस्या भएको छ । यतासडक डिभिनज कार्यालय साँफेबगरका अनुसार उक्त बेलिब्रिज पुल स्थानान्तरणको लागी कहाँ स्थानान्तरण गर्ने भन्ने बारे कुनै योजना नबनेका कारण सार्न नसकिएको जनाएको छ । साथै पुल स्थानान्तरणको लागी प्रदेश र संघ सरकार बाट बजेटको पनि ब्यबस्थापन हुन नसक्दा समस्या भएको कार्यालयले जनाएको छ । यता स्थानियहरुले भने निर्वाचित संघिय र प्रदेश सांसदहरुलाई नै आरोप लगाएका छन् उनिहरुकै पहुँच नपुगेका कारण पुल सार्न नसकिएको स्थानियको भनाई रहेको छ । मन्त्रालमा गुपचुप भएर बस्ने जिल्लाका समसयाहरुको बारेमा कुनै पनि उठान नगर्ने,अनि हामीले यस्तो उस्तो गरकै हौ ,तर भएन भनेर भन्ने अनेक नाटक देखाउने स्थानयिले बताएका छन् ।

जिल्लाका अन्य सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिमपुर्ण र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यता संगै सवारी साधन सञ्चालनमा समस्या भईरहेका छन् । तर बुढीगंगा नदिमा स्थायि पक्कि पुल बनिसक्दा पनि अस्थायी रुपमा सवारी साधन आवतजावत गराउन बनाईएको बेलिब्रिज अहिले प्रयोग बिहिन बनेको छ । कतै फालाफाल ,कतै बेहाल भनेजस्तै उक्त ठाउँमा पक्कि पुल हुँदा हुँदै पनि बेलिब्रिजलाई अन्त सार्न सकिएको छैन् । बर्षात अगाडी नै उक्त पुल कतै अन्त स्थानान्तरण गरेको खण्डमा त्यस ठाउँमा सहजता मिल्थ्यो तर अब बर्षातको समय सुरु भयो कहि स्थानान्तरण गर्न सकिएको छैन् । त्यहाँ दुई दुई पुल छन् तर अन्य ठाउँमा भने केहि छैन् समस्या हुने स्थानियले दुखेसो पोखेका छन् ।उक्त पुल अन्त कतै सार्नको लागी निर्वाचित संघिय र प्रदेश सांसद तथा स्थानिय सरकारले बिशेष ध्यान दिएर पहल गर्नुपर्ने स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!