युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
31 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  सुदुरपश्चिम प्रदेश स्तरीय ठाकी भाका गायन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिजो एक औपचारीक कार्याक्रमका बिच “ हाम्रो कला र संस्कृति गौरवपुर्ण शान,कलाकर्मीको उत्थानको लागी हाम्रो अभियान”भन्ने मुल नाराका साथ कैलालीको धनगढी रिद्धिसिद्धि पार्टी प्यालेसमा आयोजना गरीएको प्रदेश स्तरीय ठाकी भाका गायन प्रतियोगिता सम्पन्न भएको हो । सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान को आयोजना तथा राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेश समितिको सह आयोजनामा सञ्चालन भएको उक्त प्रदेश स्तरीय ठाकी भाका गायन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हिजो सम्पन्न भएको आयोजक सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

सुदुरपश्चिमको पुरानो कला संस्कृतिको संरक्षण तथा सम्र्बद्धन गर्नको लागी उक्त कार्यक्रम आयोजना गरीएको आयोजक सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा सुदुरपश्चिमका ९ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने गरेर करिब २५ जना सहभागी रहेका थिए । अहिलेको समयमा हराउँदै गएको ठाकी भाकाको संरक्षण गर्नको लागी सबै जिल्लाबाट प्रतिनिधित्व गरी सबैको सहभागितामा उक्त प्रतियोगिता सञ्चालन गरीएको थियो । ठाकी भाका सुदुरपश्चिमको एक पुरानो लोक भाका भएका कारण अहिले समयमा उक्त भाक करिब हराउदै गएका कारण त्यसको संरक्षणको लागी प्रतियोगिताको आयोजना गरीएको सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डां.टि.एन.जोशीले बताएका छन् । ठाडी भाका एक मौलिक भाका भएको र यसको संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउदै आगामी दिनहरुमा पनि प्रतिष्ठानले ठाडी भाकाको जर्गेना गर्नको लागी प्रतिष्ठानले निरन्तर यस्तै कार्य गर्दे जाने उपकुलपति डा.जोशीले बताएका छन् ।

आफ्नो गाउँ ठाउँको कला संस्कृतिको जर्गेना गर्न सके भावि दिनहरुमा पनि यसको अस्तित्व बढ्दै जाने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । उक्त डाठी भाका गायन प्रतियोगितामा शेरबहादुर बिष्ट प्रथम,बाजुराकी लक्ष्मी वि.क.द्धितिय,गणेश अबस्थी तृतिय,भागरथी साउँद,र ममता धामी सान्तवना हुनुभएको छ । प्रतियोगितामा प्रथम द्धितिय,तृतिय र सान्तवना हुने प्रतियोगिहरुलाई क्रमशः १० हजार,७ हजार,५ हजार, ३ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरीएको थियो

प्रतियोगिताको निर्णायकको भुमिकामा लाल बहादुर थापा,लाल बहादुर धामी अछामी बड्डो,शोभा थापा,भुवन दाहाल, र ध्वज महरा रहेका थिए । अहिलेको समयमा ठाडी भाका संस्कृतिलाई जोगान निकै नै आबश्यक रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका निर्णयकहरुले बताएका थिए । ठाडी भाका संस्कृतिको संरक्षण गर्नको लागी कार्यक्रम आयोजना गरीएको प्रति उनिहरुले आयोजक सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई धन्यबाद समेत दिएका थिए। ठाकी भाकाको जर्नेना गर्न अझै यस्तै खाले प्रतियोगितको आयोजना आबश्यक रहेको उनीहरुले बताएका थिए ।ठाडी भाका भनेको सुदुरपश्चिमको गहना भएका कारण यसको संरक्षण तथा सम्बद्र्धन गर्न सबै कलाकर्मिहरुले एकजुट भएर लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रशाद सुवेदीले बताए । अझै यसको उत्थान गर्नको लागी सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने कुरामा उहाँले जोड लिएका थिए ।

एक औपचारीक कार्यक्रमका बिच राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष निल गगन रोशन सिहको अध्यतामा स्ञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रशाद सुवेदी रहेका थिए ।कार्यक्रममा बिभिन्न जिल्लाबाट सहभागी प्रतियोगि लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन राष्ट्रिय संगितकर्मि संघ सुदुरपश्चिम प्रदेश सचिव तेज बहादुर बोहराले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!