बाजुरा– जिल्लाकाे बडिमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडामा रहेको महिलाहरुको सहभागितामा सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।
नगरपालिकामा लैंगिक हिंसा रोकथाम गर्नका लागि महिलाहरुमा सचेतना तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ अभिमुखिकरण कार्यक्रम गरिएकाे अध्यक्ष थापाले बताएका छन् । यस अभिमुखिकरण कार्यक्रमले महिला माथि हुने घरेलु तथा लैंगिक हिंसा रोकथाम गर्नका लागि ठुलो सहयोग पुग्ने वडा अध्यक्ष थापाले बताए ।
वडाअध्यक्ष चन्द बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख नन्दा कुमारी थापा रहेकी थिईन। मनोसामाजिक कर्ता शुसिला थापाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव गोरख बहादुर रावलले गरेका थिए ।