लोकतन्त्र बिहानी न्युज,बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिकाले नगर प्रमुख छात्रवृतिका लागी निवेदन पेश गर्न आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दे सूचना प्रकाशित भएको मितिले एक हप्ता भित्र निवेदन पेश गर्न भनेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बार्षिक कार्यक्रम र बुढीनन्दा नगरपालिका नगर प्रमुख छात्रवृति बितरण तथा ब्यबस्थापन कार्यबिधि २०८० अनुसूची २ परिच्छेद २ को दफा ४ (ख) बमोजिम प्राबिधिक शिक्षा अध्ययनरत बिद्यार्थीहरुले तोकिएको समयभित्र फारम भरी पालिकामा बुभलाउन भनेको छ । साथै रितपुर्वक समय म्याद भित्र पेश हुन नआएका दरखास्त फारमलाई मान्यता नदिइने जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।
फारमको लागी नगगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा कोल्टी वा नगरपालिकाको वेवसाइट बाट डाउलोड गर्न सकिने नगरपालिकाले जनाएको छ । सूचना प्रकाशित भएको एक हप्ता भित्र फारम भरेर पालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउन सकिने भएको छ । प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीलाई बिशेष प्रथामिकता दिइने नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । फारमका साथ बिद्यार्थीहरुले नागरिकता प्रमाणपत्रको प्रतिलिपि,सम्बन्धित कक्षामा अध्ययन गर्दे गरेको बिद्यार्थी परिचय पत्रको प्रतिलिपि,अपांगताको लागी आधिकारीक निकायबाट प्रखान गरीएको अपांग परिचय पत्रको प्रतिलिपि,आमा वा बुबा वा दुबै नभएको भए सम्बन्धित वडाबाट आमा बुबा वा दुबै नभएको भनि प्रमाािणत गरीएको सक्कल सिफारिस पत्र,जनजातीको लागी उक्त जाती हो भनेर आधिकारीक निकायबाट प्रमाणित गरेको प्रतिलिपि पेश गर्नुपर्ने भएको छ ।
त्यस्तै हलीया तथा खलीयाको हकमा हलिया खलियाको परिचय पत्रको प्रतिलिपि,अघिल्लो कक्षा उत्तिर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि,विपन्नको हमा वडा कार्यालयबाट विपन्न प्रमाणित गरेको सिफारिस,प्राबिधिक शिक्षा अध्ययन गरिरहेको बिद्यालयको सिफारिस पत्र, र प्राबिधिक छात्रवृतिको लागी आवदेन पेश गर्ने बिद्यार्थीको परिवार कुनैपनि रोजगारीमा आबद्ध नरहेको वडा कार्यालयबाट सिफारिस गरेको प्रमाणित पत्रको पतिलिपि एकसाथ जम्मा गरेर बुझाउनु पर्ने निमित्त प्रमुख प्रशाशकिय अधिकृत सन्तोष कुमार शाह द्धारा हस्ताक्षेरित गरेको सूचनामा भनिएको छ ।
सूचना यहाँ रहेको छ ….












