युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
28 पटक पढिएको

लोकतन्त्र बिहानी न्युज, बाजुराः  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवम् प्रतिनिधि सभाका सांसद माननिय ज्ञान बहादुर शाहीले कर्णाली प्रदेशलाई बजेट बिनियोजनमा हेपिएको प्रति आक्रोस ब्यक्त गर्दे बजेट कसैको पनि खल्तीको होइन्,सबैले समान तरीकाले पाउँनुपर्छ,“हामीले भिख मागेको होइन्,अधिकार हो,खोसेर लिन्छौ”भन्दै प्रतिनिधि सभा बैठकका आक्रोस ब्यक्त गरेका छन् । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८१,को गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय,भौतिक पुर्वाधार मन्त्रालय,तथा यातायात मन्त्रालय,प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय योजना आयोगको बिभिन्न शीर्षकहरुमाथि भएको छलफलमा भाग लिदै सांसद पाण्डेले कर्णाली प्रदेशलाई बजेट बिनियोजनमा पछाडी पार्न खोजिएको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशलाई बजेट चाहिदैन्,तँपाईले मनोमानी तरीकाले दिइएको बजेट फिर्ता लैजानुहोस्,भन्दै सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् । कर्णाली प्रदेशलाई सबै क्षेत्रबाट पछाडी पारीएको आरोप लगाउँदै कर्णाली प्रदेशलाई हेप्न खोजिएको र कर्णाली प्रदेशका सबै नागरीकको पेटमाथि लात हान्न खोजिएको उनले बताए। ठुला मन्त्रिहरुले मनोमानी तरीकाले आफ्नो निर्वाचन क्षेत्र,जिल्ला हेरेर बजेट बिनियोजन गर्नुभएको छ,के त्यो सार्थकता हो,पावर र पहुँच हुनेले मात्रै आफ्नो जिल्लामा बजेट खन्याउन पाउँछन्,कर्णालीका नागरीक यस देशका नागरीक होइन्,उनीहरुलाई बिकाश चाहिदैन्,भन्दै टेबुल ठोक्दै सम्माननिय सभामुख मार्फत मन्त्रिहरुको ध्यानाकर्षण गरेका हुन् । सांसद शाहीले गम्भिर भएर कर्णालीका नागरीकको पिडा बुझ्दै संसद बैठकमा आफ्नो बिचार राख्दै बजेट कसैको खल्तीको नभई सबैले समान तरीकाको पाउँनु पर्छ,कर्णाली जस्तो भौगोलिक बिकटाताले पछाडी परेको प्रदेशले झनै प्राथामिकता पाउनुपर्ने हो तर त्यसो नभई कर्णाली प्रदेशलाई बजेट बिनियोजनमा निकै हेपिएको उनले बताए ।

कर्णाली प्रदेशलाई बजेट बिनियोजमा पछाडी पारिएको बताउँदै सांसद पाण्डेले भने,“ के भनौ र खोई,बजेट खाईदिनेलाई,तँपाई परिवार र नाता गोता पाल,देश बसला रोई ”गित मार्फत जसले बजेट खाएका छन्,मनोमानी तरीकाले आफ्नो क्षेत्रमा बजेट खन्याएका छन्,तँपाईहरु आफ्ना नाता,गोता पाल्नुहोस्,जुन जिल्ला जुन प्रदेशलाई बजेट बिनियोजनमा पछाडी पारीएको छ ,त्यहाँका नागरीक,यि देशका पनि नागरीक हुन्,त्यसैले देश रोएर बसला तँपाई बजेटमा रमाउँनुहोस्,केहि छैन्,उनले बताए । संसद बैठकमा बोल्दै उनले भने, भन्छन् “मौका मिल्यो भने एक दिन कुकुरको पनि पालो आउँछ”, एकदिन कर्णालीका मान्छेको पनि पालो आउँछ अनि तँपाईहरु रोएर बस्नुहोला यो कुरा याद गरीराख्नुहोस् उनले बताए । मुलुककमा बजेट बिनियोजनमा निकै चलखेल भएको बताउदै उनले भने बिनियोजन बिधेयकमा भाग लिदै गर्दा किताब पल्टाएर हेर्दा मन्त्रि ज्युहरुले बाउबाजेको पैतृक सम्पती बेचेर,घरमा राखेर,खल्तीबाट निकालेर हालेको जस्तो अनुभुती भएको सांसद शाहीले बताए ।

मन्त्रिहरुको ध्यानाकर्षण गराउँदै बजेट कसैको पनि खल्तीको सम्पती नभई जनताले रगत र पशिना तिरेर करबाट आर्जित गरेको पैशाको बजेट हो,त्यसकारण सबैले समान तरीकाको पाउँनुपर्छ सांसद शाहीले बताए । यहाँ बजेट बिनियोजनमा मन्त्रिहरुले कर्णालीलाई हपेको बताउदै आफु राप्रपाको सांसद बिपक्षी दलको भए ठिकै छ ,तर कर्णालीबाटै २० जना सांसद प्रतिनिधित्व गर्छौ,त्यसमध्ये १२ जना सांसद सत्ता पक्षको छन्,१२ मध्ये २ जना मन्त्रि हुनुहुन्छ,एमाले बाट दुई जना,माओवादी बाट ६ जना,रास्वपाबाट १ जना,र एकिकृत समाजबादीबाट ३ जना सांसद रहेको बताउदै बजेट बिनियोजन गर्दा आफ्नो क्षेत्र कर्णालीका यि सांसदहरु संग छलफल गर्नुभयो,तपाई मन्त्रि बन्न र प्रधामन्त्रि बन्न यिनै सांसदहरुले भोट हालेका हुन् अनि किन उहाँहरु संग छलफल गर्नुभएन् सांसद पाण्डेले बताए । आज देशमा कर्णाली पछाडी पारिदै आयो,यसरी सधै कर्णालीलाई पछाडी पारीदै आयो भने कुनैदिन कर्णाली प्रदेश यो देशबाटै छुट्टिन्छु भन्ने प्रस्ताव राख्यो भने तपाँई के गर्नुहुन्छ ,यसरी धोका दिन पाईन्छ,कर्णालीलाई यसरी हेप्न पाईन्छ,हेप्ने पनि एउटा प्रवृृति हुन्छ,सिमाना हुन्छ,तर तँपाईहरुले अति गर्नुभयो,सांसद शाहीले बताए ।

पहिलो बर्ष रारा सम्म सडक बनाउनको लागी मन्त्रालयबाट ५० करोड बजेट हालीएको थियो । तर अहिले १९ करोड मात्रै छ,पहिलो बर्ष ५० करोड हाल्दा पनि ७ करोड पुगेन्,पहिलेकै ऋृण तिर्न बाँकी छ। अब अहिलेको १९ करोडले के काम हुन्छ,त्यसले यसले के गर्ने उनले बताए । भौतिक तथा पुर्वाधार मन्त्रालयलाई भन्दै गर्दा सांसद शाहीले सम्माननिय पुर्व प्रधानमन्त्रि केपी.शर्मा ओलीलाई सम्झदै उनले भने आज उहाँका कार्यकर्ताले यसरी खल्तीबाट बाउ बाजेको सम्पती बेचे जसरी पैशा हालेर बजेट माथी जे मन लाग्यो त्यहि गर्छन् भन्ने लाग्दैन थियो,यता पुर्व अर्थमन्त्रि बिष्णु पौडेललाई पनि यस्तै बताउदै उनले जे मन लाग्यो त्यहि गरी बजेट माथी ठुलो चलखेल गरीएको उनले बताए । कर्णालीमा बजेट गयो भने के प्रतिपक्षमा भएका सांसदहरुको मात्रै बिकाश हुने हो,कर्णालीका सांसदहरुको आज यहाँ छलफल गरीनुपर्छ कि पर्दैन् उनले बताए । मन्त्रिहरुको ध्यानाकर्षण गराउँदै कर्णालीको पिडा,ब्यथा बुझ्न त्यहाँ घुमेर आउँनुहोस् अनि मात्रै भन्नुहोस्,अनि बजेट छुट्याउनुहोस्,उनले बताए ।कर्णालीको बाटोको अबस्था कस्तो छ, तँपाईहरुलाई के थाहा,तँपाई कर्णालीका सबै जिल्लामा घुमेर आउँनुहोस् अनि थाहा पाउँनुहुन्छ कर्णालीको दुःख त्यहाँका नागरीकको पिडा,ब्यथा,तर तपाँइहरुलाई आफ्नो प्रदेश जिल्लाको मात्रै चिन्ता छ,अरुको प्रदेश जिल्लाको केहि चिन्ता छैन् सांसद शाहीले बताए ।

कर्णाली प्रदेशलाई बजेट विनियोजनमा उपेक्षा गरीएको बताउँदै “हामीले भिख मागेको होइन्,अधिकार हो,खोसेर लिन्छौ”सडकमा आन्दोलन हुन्छ,र संसदमा पनि आन्दोलन हुन्छ,एक्लै भए पनि खडा हुन्छौ” उनले चेतावनी समेत दिए । कर्णालीका दश वटा जिल्लामा भौतिक पुर्वाधार मन्त्रालयबाट गएको बजेटको बिबरण सुनाउदै सांसद शाहीले कर्णाली प्रदेश भरको सिंगो बजेट माननिय भौतकि तथा पुर्वाधार मन्त्रिज्युकोे श्रीमतीको र उहाँको निर्वाचन क्षेत्रमा मात्रै छुट्याइएको प्रति आक्रोस पोख्दै यो कस्तो बिभेद हो,कहाँको बिभेद हो,के यो बजेट पैशा,कसैको बाउ बाजेको सम्पती बेचेर आएको हो,यदि हो भने मेरो बिरोध रहन्न,यदि देश र जनताको करबाट उठेको हो भने यसमा बिरोध हुन्छ,उनले बताए । को काँग्रेस,को एमाले,को माओवादी,को राप्रपा,को रास्वपा होइन्,कुरा भेगिएनाताको उठेको उनले बताएका हुन् । कर्णालीका रुँदै गरेका आँसु,जसरी कर्णाली बग्दै आज हिन्द महासागर संग मिसिन्छ,आज त्यसैगरी रुँदै गरेका आँसुबाट साक्षी राखेर भन्दैछु,कर्णालीलाई यसरी बिभेद गर्न पाइन्न,सिंगो कर्णाली प्रदेशलाई दिइएको बजेट आज मन्त्रिहरुको एकै निर्वाचन क्षेत्रमा दिइएको छके यो समान हो,के हामीले रमिता हेरेर बस्ने,उनले बताए । यो तरीकाले बजेट बिनियोजन गरीएको प्रति आफ्नो घोर बिरोध रहेको बताउँदै के आधारमा,कुन आधारमा,कुन बैज्ञानिक आधारमा,यसरी बजेट अपमानित गर्नुभयो, यसको जवाफ चाहिन्छ सांसद शाहीले चर्को श्वरमा बताए । बजेट माथि उपेक्षा गरीएको जवाफ आफुले प्रधामन्त्रि र संसदिय दलका सत्ता पक्षका प्रमुख नेता केपी.शमां वली संग लिने उनले चेतावनी समेत दिए ।

कर्णालीबाट सबै पार्टीका सांसदहरु रहेको बताउदै यो तरीकाले बजेट बजेट पारित गरेर बजेट पास गर्दे गर्दा हामीले भोट हाल्यौ भने कर्णालीका जनताले यो जुनीमा होइन् जुनी जुनीसम्म सराप्ने, उनले बताए । देशलाई कसैको घरबाट,कसैको बाउ बाजेको सम्पती बेचे जसरी ल्याएर जसरी बजेट हाल्न सुरु गरीयो भने यसले राम्रो प्रतिफल नदिने उनले बताए । आज तँपाईहरु मन्त्रिको कुर्षिमा बसेर यति बिभेद गर्नुभयो भने भोली यहि संसद भित्रको कोहि मान्छे मन्त्रिको कुर्षिमा बसेर तँपाईको जिल्लामा सुन्य बजेट हाल्न सक्छ त्यो पनि बिचार गर्नुहोस् उनले बताए । कर्मचारीहरुले तलब पाएको छैनन्,तर सरकारले भने आर्थिक ऐन २०७९ को लाई लिएर कर छुट मात्रै अघिल्लो जुन २०७५/७६ मात्रै ४१ अर्ब कर छुट दिएको तर अहिले यो भन्दा अघिल्लो बर्ष ९९ अर्ब ४२ करोड ३३ लाखको कर छुट दिएर घुस खाने प्रवृति बढेको र यसलाई छानविन गरीयोस् निष्कर्ष निकालियोस् उनले बताए । त्यस्तै सम्माननिय सभामुख मार्फत भन्दै सांसद शाहीले आफुले धेरै गरीन् हातमा समातेको किताब मन्त्रिलाई डाइरेक्ट दिन मिल्दैन सभामुख मार्फत सिंगोे कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै फिर्ता लिदिन हुन र यस्तो खाली बजेट नचाहिएको सांसद शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!