गोबिन्द्र राज तिमिल्सेना,असार १३,बाजुराः जिल्ला बाजुराबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।जिल्लाबाट साधारण तर्फ २७३४ र प्राबिधिकधार तर्फ १०० जना गरी कुल २ हजार ८ सय ३४ परीक्षार्थी परीक्षामा सहभागी भएका मध्ये ३६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक गरेको थियो ।
जिल्ला बाजुराबाट ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका छन् भने ६४ प्रतिशत बिद्यार्थी असफल भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ल्याउने ८ जना, ३.२ देखि ३.६ ल्याउने ८४ जना, २.८ देखि ३.२ साधारणतर्फ ३ सय ९१ र प्राविधिक धारतर्फ १३ जना गरी ४ सय ४ रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । यस्तै २.४ देखि २.८ जीपीए ल्याउने साधारणतर्फ ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना गरी ४ सय ६५ जना, २.० देखि २.४ जीपीए साधारणतर्फ ४३ जना, प्राविधिक धारतर्फ १ जना गरी ४४ जना रहेको शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेयले बताएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये १ हजार ८ सय २९ परीक्षार्थीले ननग्रेड (एनजी) समूहमा परेका छन् ।जिल्लामा १५ वटा परीक्षा केन्द्र तोकिएका थिए । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको छ ।विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्नेछ । दुई बिषयमा एनजी प्राप्त गरेका बिद्यार्थीहरुको ग्रेडबृद्धि परीक्षा साउन १८ र १९ गते सञ्चालन हुने भएको छ ।
बिबरण यहाँ रहेको छ….