युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
319 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार १८, बाजुराः  जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर. ७ जिल्लीमा रहेको पहिरो बग्न थालेपछि पुर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक मंगलबार विहानबाट अवरुद्ध भएको छ । सडक माथिबाटै धमाधम पहिरो बग्न थालेपछि सडक अबरुद्ध भएको हो । रातभरको अबिरल बर्षातले गर्दा पहिरो बग्न थालेपछि मार्तडी देखि कोल्टीसम्म चल्ने जिपहरु लगायत मालबाहक सवारी साधनहरुको लागी आवतजावतमा समस्या भएको छ ।

पहिरोका कारण मार्तडी कोल्टी सम्मको यात्रामा असहजता भएको छ । माथिबाट ठुलो पहिरो बग्न थालेको छ यातायातका साधन पनि पहिरोकै हिलोमा अड्किने सम्भावना रहेको छ वारपार गर्न पनि यातायातका साधनहरुलाई असहज भएको छ । बर्षायाम सुरु हुँदै सडकको हालत निकै नराम्रो भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो दिन प्रतिदिन बग्दै गएको छ पहिरोले ठुलोठुलो आकार ओगेट्दै गएको छ पहिरोले कतिपयका घरजग्गा बगाएको छ । एक बर्ष अगाडी यहि पहिरोले जिल्ली बासीहरुका खेतबारी सबै बगाएको थियो । पहिरो गएको करिब दुई तिन बर्ष बितिसक्दा पनि यसको रोकथाम तथा बैकल्पिक उपायको लागी कसैको ध्यान जान सकेको छैन् ।

पहिरोको उचित रोकथाम को लागी बिभिन्न कार्य अगाडी बढाए पनि बर्षायाम सुरु हुने बितिक्कै पुनः पहिरो बग्न लाग्दा समस्या भईरहेको वडाअध्यक्ष धर्मराज पाध्याले बताएका छन । यसको रोकथामको लागी आफुले पहिले पनि पहल गरेको अहिले पनि पहल गरीरहेको हुँदा पनि समस्या समाधा हुन नसकेको अध्यक्ष पाध्यायले बताए । जब बर्षायाम सुरु हुन्छ तब पहिरो बग्न सुरु हुन्छ यसले बडाबासी मात्रै नभई माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भईरहेको उनले बताएका छन् ।

राति मौषम प्रतीकुल भई पानी पर्दा रातभरको अबिरल बर्षातले गर्दा पहिरो बग्न थालेको हो। पहिरो बग्न थालेपछि दैनिक आवतजावत संगै यातायातका साधनहरु सञ्चालन गर्न निकै समस्या परेको छ । पहिरोमा यातायातका साधनहरु अड्किने हुदा सञ्चालनमा समस्या भएको हो । दैनिक यात्रु बोकेर मार्तडी( देखि कोल्टि सम्म जाने जिपहरुलाई निकै समस्या भएको छ ।पहिराले दैनिक जीवन कष्टकर बन्नुका साथै यातायात साधन सञ्चालन संगै बिद्यालय पढ्न जाने बिद्यार्थीहरुलाई समेत समस्या भएको छ । सुदूरपश्चिमको गौरवको सडकमा रुपमा रहेको मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएपछि अवरुद्ध हुदै आएको छ । पहिरोले सडक अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका नागरिकले सास्ती भोग्दै आएका छन् । हिउदको समयमा सवारी साधन चल्ने भएपनि वर्षायाममा ठाउँ ठाउँमा सवारी साधन फेर्दै जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता माथिल्लदो क्षेत्रका नागरीकहरुलाई रहेको छ ।

असारको महिना लाग्नै लाग्दा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको हो । पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । मार्तडी कोल्टीसम्म सडकखण्ड कालोपत्रे गरेको भए अलि राहत मिल्ने थियो तर अब त्यो आशा पनि नरहेको स्थानिय बताउन्छन् । पहिरो बग्न सुरु भएको करिब दुई बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।पहिरोले सडकखण्ड अबरुद्ध हुनुका साथै मानिसहरुको आवतजावत पनि कष्ठकर बनेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!