युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
58 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,असार २०,बाजुराः  जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्ली दानचौरमा असार १७ गते राति आएको अविरल बर्षातले पहिरो गई सडक अबरुद्ध भएपछि उक्त अबरुद्ध  सडक अझै सञ्चालनमा आउँन सकेको छैन्। सडक अबरुद्ध भएको करिब ४ दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा दैनिक यातायातका साधन लगायत मानिसहरुलाई सास्ती खेप्नु परेको छ । रातभरको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि अबरुद्ध भएको सडक सञ्चालन गर्न निकै समस्या भएको छ । रातभर लगातार पानी पर्दा पहिरो पन्छाउन निकै समस्या भएको जिल्ला प्रशाशन कार्यालय बाजुराले जनाएको छ ।

रातभर लगातार अबिरल बर्षा हुन थालेपछि सडक खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभएको छ । सडक सञ्चालन गर्नको लागी प्रहरीको टोली सहित परिचालन गरीएको भएपनि रातभरको अबिरल बर्षातले पहिरो झन बग्न थालेपछि सडक खुलाउन सकस भएको अधिकारी गिरीले बताए । पहिरो बग्ने संगै पानी पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको उनले बताए । चार दिन देखि सदरमुकाम मार्तडी देखि कोल्टीसम्मको यातायत सेवा बन्द भएको छ । सुदुरपश्चिमको गौरवको आयोजना मार्तडी कोल्टी सडकखण्ड हरेक बर्षातको समयमा अबरुद्ध हुदै आएको छ । उक्त ठाउँमा पहिरो बग्न थालेको करिब दुई बर्ष बितिसक्दा पनि पहिरो बग्ने क्रम रोकिएको छैन् । हिउँदको समयमा पनि बग्ने पहिरो बर्षातको समयमा झन बढी बग्न थालेपछि यातायातका साधन लगायत दैनिक मानिसहरुको आवतजावतमा समस्या भएको छ ।

सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।बिचबाटोबाटै अर्को गाडी चढेर जानुपर्ने बाध्यता रहेको छ । अबरुद्ध सडकको वारीपारी सवारी साधनहरुको बाक्लो भिड रहेको छ । बर्खा लागेसँगै सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा जिप यात्रु लगायत स्थानिय नागरीकहरुले सास्ती व्यहोर्दै आएका छन् । सडकको बारेमा यता जिल्ला प्रहरी कार्यालय बाजुरामा सोध्दा प्रमुख जिल्ला अधिकारी,पालिकाका प्रमुख उपप्रमुख,प्रहरीको संयुत बैठक बसेर सडक सञ्चालन गर्न के गर्ने र स्थलगत अनुगमन गरी सडक सञ्चालन को बारेमा आज दिउँसो संयुक्त रुपमा बैठकमा छलफल गरीएको प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् । चारदिन देखि अबरुद्ध सडक सञ्चालन गर्नको लागी आज बिस्तृत छलफल भएको र भोली बिहान स्थलगत अनुगमन गरी सडक सञ्चालनको प्रक्रिया अगाडी बढाइने (डिएसपी) गिरीले बताए । अबिरल बर्षातका कारण सडक चारदिन देखि अबरुद्ध हुँदा यातायातका साधन ठप्प रहनुका साथै मानिसहरुको आवतजावतमा पनि समस्या भएको गिरीले बताए ।

सडक माथिबाट पहिरो खसेपछि जिल्लाको पुर्वी उत्तरी भेगमा रहेका चारवटा पालिकामा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ । सडक माथिबाटपहिरो बग्न थालेपछि सडकखण्ड अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पुर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् । दिनभर केहि मौषममा सुधार भई पहिरो अलि पन्छाए तापनि रातभरको अबिरल बर्षातले गर्दा झनै पहिरो बग्न थालेपछि समसइा सिर्जना भएको हो । पहिरोबाट जिल्लीबासीहरुका जग्गा जमिन समेत बगाएर नदिमा पुर्याएको छ । खेतीयोग्य जमिन पहिरोले बगाउँदा जिल्ली बासी निराश भएका छन् । करिब दुई बर्ष भयो पहिरो बग्न थालेको,बर्षातको समयमा झनै बग्न सुरु हुँदा खेतीयोग्य जमिन बगाएर नदिमा मिसाउँदा चिन्ता थपिएको जिल्ली बासीहरुले बताएका छन् । पहिरो आसपास लगायतका क्षेत्रहरु उच्च जोखिममा रहेका छन् भने परिहोका कारण लक्ष्मी माध्यामिक बिद्यलाय पनि उच्च जोखिममा रहेको छ । पहिरोले ठुलो आकार ओगेट्दा बिद्यालय पनि जोखमिमा परेको हो । पहिरो गएको लामो समय बितिसक्दा पनि यसको रोकथामको लागी कुनै पहल नहुँदा बर्षातको समयमा पहिराले सताउन थालेको छ ।

जब बर्षातको समय सुरु हुन्छ,पहिरो बग्न थाल्छ अनि मात्रै स्थानिय सरकार तथा जनप्रतिनिधिहरु कान ठाडा बनाउँछन्,अघिपछि पहिरोको बारेमा कुनै चासो नै देखाउदैनन्,जब बर्षात सुरु भई स्थानियका जग्गा जमिन बगाएर सडक अबरुद्ध हुँदा मात्रै स्थानिय सरकारको ध्यान जान्छ स्थानियले बताएका छन् ।पहिरोका कारण मार्तडी कोल्टी सम्मको यात्रामा असहजता भएको छ । माथिबाट ठुलो पहिरो बग्न थालेको छ यातायातका साधन पनि वारपार गर्न असहज भएको छ । बर्षायाम सुरु हुँदै गर्दा सडकको हालत निकै नराम्रो भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो दिन प्रतिदिन बग्दै गएको छ पहिरोले ठुलोठुलो आकार ओगेट्दै गएको छ पहिरोले कतिपय जिल्लीबासीहरुका घरजग्गा बगाई सकेको छ । पहिरोको रोकथाम को लागी बिभिन्न कार्य अगाडी बढाए पनि बर्षायाम सुरु हुने बितिक्कै पहिरो बग्न लाग्दा समस्या हुने गरेको बडिमालिका नगरपालिका वडा.नम्बर.७ का वडाअध्यक्ष धर्मराज पाध्याले बताएका छन । पहिरोको रोकथाम तथा समस्या समाधानको लागी पहल गरीएको भइपनि समस्या समाधान नभएको अध्यक्ष पाध्यायले बताएका छन् । असार १७ गते राति आएको अबिरल बर्षातले गर्दा सडक माथिबाट पहिरो बगेपछि सडक अबरुद्ध हुँदा अझै सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष पाध्यायले बताए । पहिरो पन्छाउन प्रयास भईरहेको छ तर बर्षातले गर्दा समस्या भईरहेको उनले बताए ।

सडक अबरुद्ध हुँदा माथिल्लो क्षेत्रतिरका सबै स्थानिय बासी संगै छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकहरुलाई पनि समस्या भएको छ। बर्षातको समय हुँदा राति लगातार पानी पर्न थालेपछि माटो बिस्तारै भिजेर पहिरो बग्न सुरु भएको हो । पहिरोको रोकथामको लागी बिभिन्न कार्य गरीएको भएपनि उक्त पहिरो अझै रोकिएको छैन् । पहिरो बग्न सुरु भएको करिब दुई बर्ष बित्यो पहिरोको दृश्य हेर्न सबै नेता कार्यकर्ताहरु लगायत बाजुराबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पनि पहिरोको अवलोकन गरे तर पनि पहिरोको रोकथामको लागी कुनै पनि पहल नगर्दा समस्या भएको स्थानियले बताएका छन् ।पहिरोले सडकखण्ड अबरुद्ध हुनुका साथै मानिसहरुको आवतजावत पनि कष्ठकर बनेको छ।पहिरोको रोकथामको लागी कहिँ कतैबाट पनि पहल हुन नसकेको स्थानियहरुले बताएका छन् । चुनावको बेला घरको दैलो दैलो पुगेर हात जोड्ने जनप्रतिनिधि,सांसदहरु पनि जिल्लाको समसइाको बिषमा चुइक्क बोल्दैनन्,चुनाव अघि ठुल्ठुला आश्वासन दिन्छन् जब चुनाव जितिसके पछि जिल्लाको आफ्नो गाउँको समसयाको बारेमा कहिँ आवाज उठाउँदैनन् स्थानियले आरोप लगाएका छन् । सडक अबरुद्ध हुँदा दैनिक यातायातका साधनहरु लगायत मानिसहरुको आवतजावतमा सकस भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!