गोबिन्द्र राज तिमिल्सेना,श्रावण १,बाजुराः नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रशाद पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पुर्ण बाजुराबासी आमाबुबुा,दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त हुँदै गर्दा यो सफलताको पछाडी बाजुराबासीहरुको ठुलो हात रहेको बताउँदै जुन २०७९ सालमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट आफुलाई प्रतिनिधी सभामा निर्वाचित गराउँन मतदान गर्नुहुने सम्पुर्ण बाजुराबासीहरुलाई मन्त्रि पाण्डले सामाजिक सञ्जाल फेसबुकका माध्यमद्धारा धन्यबाद दिएका हुन्।
आफु नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्नुको पछाडी बाजुराबासीको मत,उहाँहरुको बिश्वास जोएिको बताउँदै उहाँकै मत बिश्वासको कारणले प्रतिनिधि सभामा निर्वाचित हुँदै अहिले नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्न सफल भएको मन्त्रि पाण्डेले बताए । बाजुराबासीहरुको यो माया,साथ सहयोगको आफु ऋृणि रहेको बताउँदै आम बाजुराबासीहरुको त्यो ऋणको सदुपयोग गर्ने गरी काम गर्ने मन्त्रि पाण्डेले बताए । बाजुरा बासीहरुकै एक मतको कारणले आज आफु यो स्थानसम्म आईपुगको र उहाँहरुको मतको पनि कदर गर्ने गरी आफुले काम गर्ने मन्त्रि पाण्डेले बताएका हुन् । बाजुराबासीहरुको अमुल्य योगदानकै कारणले आफुले नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको जिम्वेवारी प्राप्त गरेको उनले बताए । उहाँको योगदानको उच्च कदर गर्दे मन्त्रि पाण्डेले हार्दिक कृतज्ञता ब्यक्त गरेका हुन् । बाजुराबासीहरुको आशा मर्न नदिने पनि मन्त्रि पाण्डेले बताए ।
साथै आफु नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त हुँदा बिभिन्न माध्यमबाट आफुलाई बधाई था शुभकामना ब्यक्त गर्नुहुने सम्पुर्णमा आभार ब्यक्त गर्दे आजबाट प्रत्यक्ष बधाई तथा शुभकामनाको क्रममा फूल,माला,तथा खादाको प्रयोग नगरिदिन हुन पनि मन्त्रि पाण्डेले सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट सबैमा अनुरोध गरेका छन् । मन्त्रिको रुपमा नियुक्त भईसके पछाडी राम्रो कार्यको सफलता नपाउँदा सम्म कसैले पनि भब्य स्वागत नर्गन पनि उनले आग्रह गरेका छन् । बधाई तथा शुभकामनाको मधुर वाण्ीलाई नै विशेष स्वागत,सम्मान र शुभेच्छाको रुपमा स्वीकार गर्ने मन्त्रि पाण्डेले बताए । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त हुनुको पछाडी बाजुराबासीहरुको ठुलो हात रहेको बताउँदै पुनः पनि उहाँले सम्पुर्ण बाजुराबासी आमाबुबा,दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् ।
नेपालको राजनितिमा अहिले केहि निरासा बढेको बताउँदै मन्त्रि पाण्डेले त्यसमा आशा सञ्चार गर्नुपर्ने हुँदा आफुले प्राप्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्वेवारी निष्ठापुर्वक पुरा गर्दे इमान्दारीताका साथ यो जिम्वेवारीबाट मुलुकको हित गर्ने,विकाश,समृद्धिको बाटोलाई अगाडी बढाउने, त्यस्तै युवापुस्ताहरुका बिचमा रोजगारी सिर्जना गर्ने लगायतका बिकल्पहरुका बिषयमा सोच्ने काम आफुले पाएको पर्यटन मन्त्रालयको तर्फबाट जिम्वेवारी बहन गर्ने मन्त्रि पाण्डेले बताएका हुन् । यो क्रममा जोडिएका सबै दाजुभाई,दिदीबहिनीहरु,पार्टीका सम्पुर्ण नेताकार्यकता,साथिहरु त्यस्तै सम्पुर्ण देशबासीहरु संग,सम्बद्ध नागरीक समुदाय,यो क्षेत्रका सम्पुर्ण सरोकारवालाहरु संगआबश्यक सल्लाह सुझाव लिएर आफुले काम गर्ने बचन बद्धता पनि ब्यक्त गरेका छन् । सबैको साथ सहयोग,सल्लाह र सुझावको बलमा पर्यटन मन्त्रालयबाट आफुले काम गरेर बाहिर निस्किदै गर्दा सकारात्मक सन्देश सिर्जना गर्ने,मन्त्रालयका माध्यमबाट बाजुराबासी लगायत सम्पुर्ण देशका नागरीकहरुको जिवनमा केहि सकारात्मक परिर्वतन ल्याउने उदेश्यका साथ काम गर्ने पनि मन्त्रि पाण्डेले बताए ।
वि.सं.२०३० मा आमा विष्णु शोभा पाण्डे र बुवा विष्णुदत्त पाण्डेको कोखबाट जन्मिनुभएका पाण्डे विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने पत्रकारिता र प्रशिक्षण अनुभव र विशेषज्ञता रहेका मन्त्री पाण्डेका राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचना प्रकाशित रहेका छन्।पाण्डे नेविसंघको राजनीतिबाट उदाएका पार्टीको केन्द्रीय सदस्य, पार्टीको सहमहामन्त्री हुँदैे अहिले नागरिकक उड्डयन तथा पर्यटन मन्त्री बन्न सफल भएका छन् ।पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउनसक्ने छवि पाण्डेमा रहेको छ ।
तीन तिन पटक संसदमा प्रतीनिधित्व गरिसकेका पाण्डे पहिलो पटक मन्त्रिको रुपमा सरकारमा सहभागी भएका छन्। २०७० सालको संविधान सभाको समानुपानिक सांसद,र २०७४ मा राष्ट्रिय सभाका सदस्य पनि भइसकेका पाण्डे प्रत्यक्ष निर्वाचन प्रणालीबाट २०७९ मा बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट सहमहामन्त्री पाण्डे नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका हुन् ।