युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
420 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३०  जना परीक्षार्थी सहभागी हुने भएका छन् । श्रावण २३ गतेबाट सञ्चालन हुने उक्त ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । जिल्लाभर रहेका ६ वटा परीक्षा केन्द्रबाट सो संख्यामा परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेले बताएका छन् ।

उनका अनुसार माथिल्लो चारवटै पालकिाका बिद्यालयका बिद्यार्थीहरुको लागी जनप्रकाश मा.वि.(क) र जनप्रकाश मा.वि (ख) परीक्षा केन्द्र तोकिएको उनले बताए । जसअनुसार जनप्रकाश मा.वि.(क) परीक्षा केन्द्रमा १८ बिद्यालयका कुल २७५ जना परीक्षार्थी र त्यस्तै जनप्रकाश मा.वि (ख) परीक्षा केन्दमा ४ वटा बिद्यालयका २८४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै यता जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका मा.वि र क्रेटर जोन एकेडेमी परीक्षा केन्द्रमा बडिमालिका नगरपालिकाका र गौमुल गाउँपालिकाका बिद्यालयका बिद्यार्थीहरु सहभागी हुने भएका छन् ।जसमा मालिका मा.वि परीक्षा केन्द्रमा ७ वटा बिद्यालयका २७३ जना परीक्षार्थी त्यस्तै क्रेटर जोन ऐकेडेमीमा १० वटा बिद्यालयका १९३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

तल्लो क्षेत्रका तिन वटा पालिकाको लागी भानोदय मा.वि. नौविस (क) परीक्षा केन्द्रबाट १५ वटा बिद्यालयका ४०८ जना परिक्षार्थी त्यस्तै भानोदय मा.वि. नौविस (ख) परीक्षा केन्द्रबाट १४ वटा बिद्यालयका ३९७ जना गरी जिल्लाभरीबाट कुल १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । सबैभन्दा बढी मालिका मा.वि बिद्यालयबाट १४५ जना बिद्यार्थी सहभागी रहेका छन् भने सबैभन्दा कम बैद्धिक सनातन र बागेश्वरी मा.वि रुगिन एक एक रहेका छन् । त्यो भन्दा पछाडी सदरमुकाम मार्तडीमा रहेको बडिमालिका बोर्डिङ स्कुलबाट दुई जना परीक्षार्थी सहभागी रहेका छन् । बिद्यार्थीहरुको सहजताको लागी माथिल्लो क्षेत्रका बिद्यार्थीहरुको लागी जनप्रकाश मा.वि (क,ख) त्यस्तै तल्लो क्षेत्रका बिद्यार्थीहरुको लागी भानोदय मा.वि (क,ख) परीक्षा केन्द्र निर्धारण गरीएको शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ ।

जिल्ला बाजुराबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका थिए ।जिल्लाबाट साधारण तर्फ २७३४ र प्राबिधिकधार तर्फ १०० जना गरी कुल २ हजार ८ सय ३४ परीक्षार्थी परीक्षामा सहभागी भएका मध्ये ३६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण थिए भने भने ६४ प्रतिशत बिद्यार्थी असफल भएका थिए । जसमा ३.६ देखि ४ जीपीए ल्याउने ८ जना, ३.२ देखि ३.६ ल्याउने ८४ जना, २.८ देखि ३.२ साधारणतर्फ ३ सय ९१ र प्राविधिक धारतर्फ १३ जना गरी ४ सय ४ रहेका थिए । यस्तै २.४ देखि २.८ जीपीए ल्याउने साधारणतर्फ ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना गरी ४ सय ६५ जना, २.० देखि २.४ जीपीए साधारणतर्फ ४३ जना, प्राविधिक धारतर्फ १ जना गरी ४४ जना रहेका थिए ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको थियो, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको छ ।विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्छ । सरकारले यस बर्ष दुई भन्दा बढी बिषयमा (एनजी) ल्याएका बिद्यार्थीहरुलाई पनि परीक्षामा सामेल गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!