
धनगढी: मंगलबार बझाङका प्रेम रावल परिवारसहित रोजगारीका लागि भारत गइरहेका थिए। सिमसिमे पानीमा दुधे बालक र श्रमितीसहित भारत पस्नेको लाइनमा उभियका उनको हातमा एउटा भिजिड कार्ड थियो ।जुन यातायात व्यवसायीहरुले भाडा असुलेर टिकटको सट्टा दिएका थिए। याततात व्यवसायीले भारतको एउटै ठाउँ गइरहेकाहरुको बाटोमै एक गु्प बनाएर होटलमा टिकट काट्न लगाएको उनी बताउँछन् ।
उनले भने, ‘हामी भारतको बेङग्लोर जाने १२ जना छौँ। धनगढी चौराहाको एक होटलबाट टिकट काटिएको थियौँ । तर अहिलेसम्म टिकट दिएका छैनन्। पहिले एक हजार भारुमा पुगिन्थ्यो। आज आउँदा त सिधै ४ हजार भन्नुभयो। यति महंगो किन भन्दा लकडाउनले गर्दा बढेको हो भने ।’
उनको हातमा जय लक्ष्मी सेती लुम्बिनी टुर्स एण्ड ट्रावल्स प्रालीको कार्ड थियो। त्रिनगर–गौरीफन्टा सीमा नाकाबाट रोजगारीका लागि भारत जानेहरुमाथि चरम लुट हुँदै आएको छ। धनगढीका होटल सञ्चालक र सीमा नाकामै अबैधानिक रुपमा टिकट काटेर रोजगारीका लागि भारत पठाउनेहरुले लुट्न थालेका यात्रुहरुलाई लुत्न थालेका छन । एक हजार भारु पर्ने ठाउँको एकै जनाबाट ४ हजारसम्म भाडा असुली भइरहेको हिमाञ्चल प्रदेश गइरहेका एक दम्पत्तिले बताए ।
नेपालबाटै टिकट काटेर भारत पठाउनु अबैधानिक भएको स्वयम ट्रावल्स प्रालिहरुले नै स्वीकार गरेका छन्। नेपालबाट भारत जानेहरुको टिकट काट्न अहिले अनुमती नभएको जय लक्ष्मी सेती लुम्विनी टुर्स एण्ड ट्रावल्स प्रालीका कर्मचारी खगेन्द्र जोशीले जानकारी दिए ।। ‘अनुमति नहुँदा पनि हामीले टिकट दिइरहेका छैनौ। भाडा भने यतै काटिरहेका छौ। भारतको पलियाबाट उनीहरु आफ्नो गन्तव्य जाने गर्छन ।
धनगढी बसपार्कमा रहेका होटलहरुमा भारतका विभिन्न राज्य तथा शहरका लागि बसको टिकट काटिने गरेको छ। यात्रुहरुबाट मनोमानित तरिकाले भाडा असुल्ने गरेका छन ।तर उनीहरुसँग बस भने छैन्। भारतीय बसमा नेपाली पठाउदै आएका उनीहरुले बेलाबेला नेपालीलाई बीच बाटोमै अलपत्र छोड्ने गरेका छन ।उनिहरु माथि भारत पठाउने बाहानामा मजदुरीका लागि भारत जादैगरेका नेपालीहरुबाट बढि भाडा असुली गरी लुत्ने गरेको भन्दै आरोप समेत लाग्न थालेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले यसबारे कुनै जानकारी नभएको बताएका छन ।