कँञ्चनपर : कञ्चनपुरको जिल्ला प्रहरी कार्यलयको कारागारमा कैदीहरुलाई सुत्नाको लागी पालो कुर्नुपर्ने देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । तर अहिले कारागारमा २२जना महिला र ३८८ जना पुरुषलाई राखिएको छ । पछिल्लो समयमा बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ ।
राति सुत्नका लागिसमेत कैदीले पालै पालो सत्दै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा छन् । तर शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै द:ख खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।
कैदीको सङ्खख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारी दिए । “कारागारको क्षमता भन्दा कैदीको सङ्खख््या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उनले भने, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।