युनिकोड    राशिफल    एफएम रेडियाे                        
164 पटक पढिएको

बागलुङ–हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।
कतारको रोजगारी गुमेपछि स्वदेश फर्किने प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।
शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९:०० बजे काठमाडौँ आइपुगेका हुन ्। लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए । “कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो”, सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार क्षेत्रीले टेलिफोनमा भने।

छ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए। “सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ”, उनले भने, “कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ।” सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ। काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले बताए ।

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ। नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए। महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ ।

सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दु:खमा साथ दिँदै आएको छ। “समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ”, प्रवक्ता क्षेत्रीले भने, “जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ।”
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!