
मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति कविराज पण्डितले सहमति भएमा आफु जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
सनिवार बडिमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नेता पण्डितले आसन्न जिल्ला अधिवेशनको पुर्व संन्ध्यामा जिल्ला अधिवेशनलाई सहमतिका आधारमा नेतृत्व चयन गर्ने र अधिवेशन भव्य र सव्य तरिकाले संम्पन्न गर्ने तयारिमा नेपाली कांग्रेस आस्थावान नेता कार्यकर्ताहरु लागि परेको बताएका छन् ।
पत्रकार सम्मेलनमा नेता पण्डितले नेपाली कांग्रेसको बिधान अनुसार दुई पटक उम्मेदवारी दिन पाउने हक रहेको बताएका हुन् । बिधान अनुसार दुई पटक उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ । एउटा कार्यकाल मेरो सम्पन्न भइसकेको छ । बिधान अनुसार मैले एक पटक पुन उम्मेदवारी दिन पाउन्छु । मैले पार्टीका लागि गरेको त्याग तपस्या र बाजुराको बिकासका लागि गरेको पहल कदमिलाई कांग्रेस आस्थावान नेता कार्यकर्ताहरुल मुल्याङकन गरेका छन् । उहाँहरुको माग फेरी जिल्ला सभापतिमा दोहोरिनु पर्छ भन्ने छ । नेता कार्यकर्ताहरुको यस्तो भावना रहेकोले सहमति भएमा फेरी सभापतिमा उम्मेदवारी दिने तयारिमा छु नेता पण्डितल भने ।
क्रियासिल सदस्यको विवाादका कारण केहि दिन पछाडी धकेल्लिएको कांग्रेस अधिवेशन अव छिट्टै हुने नेता पण्डितले बताए । सामान्यतया जोडघटाउमा तलमाथि भएका कारण क्रियासिल सदस्यस्तामा आएको विवाद निरुपरण भइसकेको छ । अव गाउँ अधिवेशन असोज ५ गते, नगर अधिवेशन १२ गते त्यसैगरी जिल्ला अधिवेशन १९ गते तोकियको छ । केन्द्रले गरेको निर्णयलाई हामिले मान्नु पर्ने हुन्छ । केन्द्रले तोके बमोजिम अब अधिवेशन पक्कै हुन्छ । कांग्रेसमा अब कुनै पनि विवाद छैन । अव अधिवेशन कहिले हुन्छ भनेर अलमलमा नपर्न नेता कार्यकर्ताहरुलाई नेता पण्डितले आग्रह गरे । बाजुरा जिल्लाका सबै अधिवेशन सम्पन्न गर्नका लागि औपचारिक रुपमा सन्तोष भण्डारीलाई अधिकृत तोकिसकेको पनि उनले बताए ।
नेता पण्डितले बाजुरा जिल्लाको संदर्भमा क्रियासिल विवादका कारण वडा अधिवेशन हुन नसकेको भएपनि टोल कमिटी गठन गर्ने कार्य निरन्तर भइरहेको र टोल कमिटी गठन कार्य करिव अन्तिम चरणमा पुगिसकेको बताए ।जिल्लाको बिकासका लागि र समाज रुपान्तरणका लागि आफु राजनितिमा आएको बताउदै पत्रकार सम्मेलनमा नेता पण्डितले आफुले चुनाव जित्ने पार्टीलाई बलियो बनाउने, आफ्–आफ्नो पार्टीको उदेश्य हुन्छ नै तर समग्र बाजुरा जिल्लाको बिकासका लागि सबै राजनिति दलका नेता कार्यकर्ताहरु एक ठाउँमा उभिनु पर्ने बताएका छन् । बिकासका लागि एक ठाउँमा उभिन नसकेमा बाजुरा जिल्लाको बिकासको परिकल्पना समेत गर्न नसकिने नेता पण्डितको भनाई रहेको छ ।
पछिल्ला समयमा केहि नेता साथिहरुले राजनितिलाई गलत ढंगले प्रयोग गर्ने गरेका छन् ।आफु निकट कार्यकर्ताहरुलाई गलत ठाउंँमा प्रयोग गरिरहेको पाइएको छ । राजनिति गर्नेले नै जनताको जनभावना बिरोधि कार्य गर्ने गरेका छन् । राजनिति व्यक्तिगत स्वार्थका लागि मात्र गर्नेहरु पनि धेरै छन् । कुरा धेरै गर्ने तर काम कम गर्ने गर्छन् । वास्तवमा राजनिति गर्नेहरु जोगि सरह जनतामा समर्पित हुनुपर्ने हुन्छ । राजनिति घर, परिवार, आफन्तका लागि मात्र नभएर समग्र जनताका लागि गनुपर्ने हुन्छ । कतिपयले अहिले राजनितिलाई सुख सहेल, यास आराम र पैसा कमाउने माध्यमका रुपमा लिने गरेका छन्। यसले गर्दा जनताले नेताहरुलाई बिश्वास गर्ने आधार समेत गुमेको छ । यो सवै नेताहरुका लागि आपत्तिजनक बिषय बनेको छ ।
नेता पण्डितले बिगतको तुलनामा बाजुरा जिल्ला पनि बिकासको गतिमा निरन्तर अगाडी बढिरहेको बताए । बाजुरा जिल्ला आफैमा बिकट अनि बिकासका पुर्वाधारहरुमा निकै पिछडीयको जिल्ला हो । जहाँ अशिक्षा बेरोजगारी, गरिबी,का कारण प्रायजसो धेरै मान्छे अशिक्षीत थिए । चेतनामा निकै पिछडीएका थियौँ । चेतनाकै कमिका कारण थुप्रै प्रकारका खराव प्रचलनहरु जुन अहिले सम्म पनि बिकृतिका रुपमा समाजमा रहिरहेका छन् । बिगतका दिनको संदर्भमा छुवाछुट, महिनावारी,लैङ्गिक हिँसा जस्ता कुराहरुमा अन्य जिल्लाको तुलनामा केहि कम रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा आफु हिजोका दिनमा पनि बाजुरेली जनताको हक हित र बाजुराको बिकासका लागि अग्रपंक्तिमा रहेर काम गरेको थिए । पुनः पनि बाजुराको बिकासका लागि र बाजुरेली जनताका शान्ति र सम्वृद्धिका लागि खटिरहने छु ।बाजुरेली जनताका पिर मर्काहरुमा मलम पट्टि लगाउन अग्रपंक्तिमा रहने छु । म नेतृत्वमा रहेपनि नरहेपनि बाजुरेल जनताको माझमा रहनेछु नेता पण्डितले भने ।
े