
मिन बहादुर खड्का/बाजुरा– बि.स २०५३ साल देखि नेपाली कांग्रेस बाट राजनति यात्रा सुरु गेरका युवा नेता शिव बोहोराले आसन्न नेपाली कांग्रेस को जिल्ला अधिवेशन नजिकिदै गर्दा आफ्नो जिल्ला कार्य समितिको सचीवको पदमा उम्मेदवारी रहने बताएका छन् ।
उनी बि .स २०५३ सालमा ने .बि संघ रत्न मा.वि का इकाई अध्यक्ष, २०५५ सालमा रत्न क्याम्पस का इकाई सचीव, २०६० सालमा महेन्द्र रत्न क्याम्पसका अध्यक्ष, २०६२ मा महेन्द्र रत्न क्याम्पस मै विद्यार्थी बि . यु , उप–साभापती २०६६ मा ने .बि संघका केन्द्रिय सदस्य, २०६७ मा माहाधिवेशन प्रतिनिधि प्रत्यासी, त्यसै गरि २०७० मा ने .बि संघ को केन्द्रीय सदस्य समेत रहेका युवा नेता बोहोरा विभिन्न समयमा विभिन्न ठाउँमा नेतृत्व गर्दै आईरहेकाे थिए ।
विद्यार्थी उमेरवाट राजनीति यात्रा सुरु गरेका युवा नेता बोहराले आफु विद्यार्थी उमेरबाट नै नेपाली कांग्रेस पार्टीको लागि ठुलो योगदान दिदै आइरहेको बताएका छन् ।युवा नेता बोहराले बाजुराको बिकासका लागि युवा पुस्ता नेतृत्वमा आउनु पर्ने र बाजुरालाई युवा नेताको खाचो परेको बताए । देशको मेरुदण्डको रुपमा युवालाई लिने गरेको हुन्छ । वास्तवमा युवा बिना बिकास सम्भव नभएको युवा नेता बोहराले बताएका छन् ।बिकासका लागि सक्षम, उर्जावान, कुशल, कर्मठ, र निडर युवाको आवश्यकता रहेको छ । यदि युवा पुस्ता नेतृत्वमा आउने हो भने पक्कै पनि समाजलाई सहि दिशामा लैजान सकिन्छ उनले भने ।
युवा नेतृत्वमा आउनुपर्छ भनेर बाजुराले युवा नेतृत्व खोजिरहेकोले आफुले जिल्ला कार्य समितिको सचीव पदमा उम्मेदवारी दिने युवा नेता बोहोरा बताएका छन् ।