
संखुवासभा–प्रहरीले मादी हत्याकाण्डमा संलग्न अभियुक्तलाई आज सार्वजनिक गर्दै छ । प्रहरीले एकै परिवारका ६ जनाको हत्या गर्ने लोक बहादुर कार्कीलाई आज(आइतवार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
अभियुक्त कार्कीलाई प्रहरीले चैनपुर ल्याइसकेको छ । संखु्वासभाका डीएसपी लालध्वज सुवेदीले पत्रकार सम्मेलन मार्फत हत्यारा सहित घटना विवरण सार्वजनिक गर्ने वताए । मादी नगरपालिका–१ उमलिङमा गत सोमवार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिवार बिहान अभियुक्त लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई नै आफुले हत्या गरेको स्विकारेका छन । उनी मृतकका परिवारका नाती पर्छन ।
अन्नपुर्ण पोष्टबाट साभार