
मोरङ–खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा स्थित त्रिजुगा खोलमा माछा मार्ने क्रममा स्थानीय कामलिस माझी रहेका छन । उनको बुधवार बेलुकी मृत्यु भएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुशार, करेन्ट लागेर घाइते भएका माझीको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
बुढीगंगा गाउँपालिका–६ सैतानपुरका माझीले आफ्नै घरबाट खोला सम्म लाइन लगेका थिए ।खोलामा करेन्ट प्रवाह गरेर माछा मार्नु गैरकानुनी हो । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
अन्नपुर्ण पोष्टबाट साभार